अस्ट्रेलियाद्वारा अक्सफोर्ड कोरोनाभाइरस खोपको आपूर्तिका लागि सम्झौतापत्रमा हस्ताक्षर

बेलायत स्थित अक्सफोर्ड विश्वविद्यालयले हाल परीक्षण गरिरहेको कोभिड-१९ खोप सफल ठहरिएको खण्डमा, अस्ट्रेलियामा त्यसको आपूर्ति हुने सम्झौता सङ्घीय सरकारले गरेको छ।

Samples from coronavirus vaccine trials are handled inside the Oxford Vaccine Group laboratory in Oxford, England, June 25, 2020.

Samples from coronavirus vaccine trials are handled inside the Oxford Vaccine Group laboratory in Oxford, England Source: AAP

बेलायत स्थित अक्सफोर्ड विश्वविद्यालयले हाल परीक्षण गरिरहेको कोभिड-१९ खोप सफल ठहरिएको खण्डमा, अस्ट्रेलियामा त्यसको आपूर्ति हुने सम्झौता सङ्घीय सरकारले गरेको छ।

मोरिसन सरकारका अनुसार यदि अक्सफोर्ड खोप सुरक्षित तथा प्रभावकारी ठहर भएको खण्डमा प्रत्येक अस्ट्रेलियालीले ती खोपको आवश्यक मात्रासम्म निःशुल्क पहुँच हुने गरी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो।

प्रधानमन्त्री स्कट मोरिसनले अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर कोरोनाभाइरस खोपको तेस्रो चरणको परीक्षण गरिरहेको बेलायती औषधि निर्माता कम्पनी आस्ट्राजेनेका र अस्ट्रेलिया बिच सम्झौता भएको बताएका छन्।

"अक्सफोर्ड खोप विश्वमै सब भन्दा उन्नत र आशाजनक हो, र यस सम्झौता अन्तर्गत हामीले प्रत्येक अस्ट्रेलियालीका लागि खोपको मात्रासम्मको प्रारम्भिक पहुँच पाएका छौँ," श्री मोरिसनले भने।

"यदि यो खोप सफल भयो भने हामी तुरुन्तै आफैँ खोपहरू बनाउने र आपूर्ति गर्ने छौँ र २.५ करोड अस्ट्रेलियालीहरूका लागि निःशुल्क उपलब्ध गराउने छौँ।"

तर, प्रधानमन्त्रीले उक्त खोप सफल हुने कुनै ग्यारेन्टी नरहेको पनि स्पष्ट पारेका छन्।

यसै कारण आफ्नो सरकारले अन्य खोप निर्माताहरूसँग पनि वार्ता अगाडी बढाइरहेको मोरिसनले थपे।

"आजको दिन आसाको दिन हो, " उनले भने।

आस्ट्राजेनेकाको अलावा सङ्घीय सरकारले बेक्टन डिकिन्सनसँग पनि सिरिन्ज तथा सुई आपूर्तिका लागि एक सहमति गरेको पनि बताइएको छ।

तेस्रो चरणको परीक्षण सफल भएमा सरकारले वितरण, आपूर्तिको समय र मूल्य सहितको अन्तिम औपचारिक सम्झौता

गर्नेछ।

हाल उक्त अक्सफोर्ड खोपको परीक्षण युके, ब्राजिल र साउथ अफ्रिकामा भइरहेको छ भने संयुक्त राज्य अमेरिकामा पनि छिट्टै सुरु बताइएको छ।

सङ्घीय स्वास्थ्य सचिव प्रोफेसर डा. ब्रेन्डन मर्फी नेतृत्वको एक विशेषज्ञ कार्यदलले उपलब्ध सबै उपायहरूको अध्ययन गरिरहेको डेपुटी प्रमुख चिकित्सकीय अधिकारी पल केलीले बताए।

यता, मेलबर्नमा मुख्य कार्यालय भएको अस्ट्रेलियाली बायोटेक कम्पनी सीएसएलले भने आफ्नो हालको प्राथमिकतामा क्विन्सल्यान्ड विश्वविद्यालयसँगको सहकार्य नै रहेको बताएको छ।

तथापि, अक्सफोर्डको खोप पास भएमा स्थानीय रूपमा त्यसको निर्माण गर्न आफूहरूले आस्ट्राजेनेका र सङ्घीय सरकारसँग छलफल गरिरहेको पनि सीएसएलले उल्लेख गरेको छ।

"अस्ट्रेलियामा नै खोप निर्माण गर्नु पहिले केही प्राविधिक कारणहरू हल गर्नुपर्ने हुन्छ र त्यसबारे छलफल जारी छ," सीएसएलले एक विज्ञप्ति मार्फत भनेको छ।

0c8f5ba4-f9d6-418f-b76c-b93a2e6f4008

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।

 

मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।  

 

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

 

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

 

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्: 

88df8a89-2c04-41a7-baa8-58337fe4219c

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


Share

3 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now