Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE starting June 12 2026

सम्पर्क ट्रेसिङका क्रममा झुट बोलेको भन्दै साउथ अस्ट्रेलियाली प्रिमीयर आक्रोशित

राज्यमा शुक्रवार देखि रिजनल भिक्टोरिया सँगको सीमा क्षेत्रका दुई नयाँ स्थानमा कोरोना जाँच केन्द्रको स्थापना गरिएको छ ।

South Australia Premier Steven Marshall arriving to address the media during a press conference in Adelaide.
South Australia Premier Steven Marshall arriving to address the media during a press conference in Adelaide. Source: AAP

साउथ अस्ट्रेलियन प्रिमीयर स्टीवन मार्सलले वुडभिल पिज्जा बारमा भेटिएको कोभिड–१९ एक मामला पछि राज्यको सम्पर्क ट्रेसिङ टिमलाई गुमराहमा पारिएको भन्दै आक्रोशित बनेका छन् ।

आज साउथ अस्ट्रेलियामा कोरोनाका तिन सङ्क्रमण देखिएता पनि ती सबै विदेशबाट आएर होटेल क्वारीनटीनमा रहेका व्यक्तिहरू रहेको बताइएको छ ।

हाल उडभिल पिज्जा सँग जोडिएका २५ सङ्क्रमण भेटिएका छन् भने ती सँग प्रत्यक्ष सम्पर्कमा रहेका ४५ सय भन्दा बढिलाई अनिवार्य क्वारीनटीनमा राखिएको छ ।

मार्सलले मानिसहरूको स्वार्थी क्रियाकलापका कारण राज्य गम्भीर मोडमा पुगेको बताए ।

मार्शल भन्छन् “उनीहरूले कथा बुने र त्यसको पछि हामी लाग्यौ,यति बेला हामीलाई थाहा छ कि उनीहरूले हामी सँग झुट बोले ।”

सङ्क्रमित व्यक्तिले आफू उडभिल पिज्जाबारमा पिज्जा खरिद गर्न गएको भने झुट बोलेको जब कि उसले त्यहाँ कैयन सिफ्ट काम गरेको माशर्लले बताए ।

प्रिमीयर मार्सलले आपतकालिन व्यवस्था ऐनमा अनुरोध गरिएमा जानकारी उपलब्ध गराउन आवश्यक रहेको तर प्रश्नहरूको उत्तर गलत दिएमा कुनै कारवाहीको प्रावधान नभएकोमा गुनासो पोखे ।

हाल नयाँ समूहलाई ट्रेसिङ र आइसोलेसनमा राख्नुपर्ने भएता पनि राज्यमा प्रतिबन्धहरू केही खुकुलो बनाइने भएको छ ।

प्रहरी आयुक्त ग्रायन्ट स्टेभेन्सले भने “यो झुटको नतिजा हामी आज ६ दिने लकडाउनमा छौ । ”

राज्यले ६ दिनका लागि जारी गरेको लकडाउनलाई केही अगाडी नै खुकुलो गर्ने उद्देश्यले तुरुन्त लागु हुने गरी एकै परिवारका सदस्यहरू व्यायामका लागि भेला हुन सक्ने बनाइएको छ ।

यसै गरी शनिवार राति देखि घरमै बस्नु पर्ने नियम हटाइने र रेष्टुरेष्ट क्याफेहरू पनि खोलिने बताइएको छ । तर एक व्यक्ति बराबर चार स्क्वाएर मिटरको दुरी कायम गर्नु पर्नेछ । यसका अलावा घरमा भेला हुने सङ्ख्या १० जना अधिकतम तोकिएको छ ।


2 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now