केही मुलुकले चीनबाट आउने यात्रुका लागि कोभिड–१९ मापदण्ड लागु गर्दा अस्ट्रेलिया भने पर्ख र हेरको स्थितिमा

यो कोभिड–१९ सम्बन्धी साप्ताहिक अपडेट हो।

Virus Outbreak Travel Testing

FILE - Passengers wearing masks walk through the Capital airport terminal in Beijing on Dec. 13, 2022. Source: AP / Ng Han Guan/AP/AAP Image

मुख्य बुँदा

  • न्यु साउथ वेल्स र भिक्टोरियामा कोभिड–१९ केस सङ्ख्या कम हुदै।
  • चीनबाट आउने यात्रु निगरानीमा रहे पनि, नयाँ नियम भने जारी भएको छैन।
  • अधिकारीहरुद्वारा नयाँ वर्षका लागि कोभिड–१९ सुरक्षित योजना बनाउन आग्रह।

न्यु साउथ वेल्समा कोभिड–१९ केस सङ्ख्या यस हप्ता केही घटेको छ।

अघिल्लो हप्ता ३८,६१० केस सङ्ख्या दर्ता भएकोमा यस हप्ता भने २७,६६५ जना कोभिड सङ्क्रमित बनेका छन्।

कोभिड सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पनि उल्लेख्य रूपमा घटेको छ, अघिल्लो हप्ता ७८ जनाको मृत्यु भए तापनि यस हप्ता आधा कम अर्थात् ३२ जनाले सङ्क्रमणका कारण ज्यान गुमाएका छन्।

यता भिक्टोरियामा पनि सङ्क्रमण र मृत्यु सङ्ख्या दुबै घटेको छ।

अघिल्लो हप्ता २४,२३८ केस सङ्ख्या र १०० जनाले ज्यान गुमाएकोमा यस हप्ता मृत्यु सङ्ख्या ६९ र सङ्क्रमण सङ्ख्या जम्मा १६,५६८ रहेको छ।

यता चीनमा कोभिड-१९ सङ्क्रमण उच्च रहेको भए पनि ८ जनवरीदेखि चीन भित्र यात्रा गर्नेका लागि क्वारेनटिनको नियम हटाइन लागेको छ।

सरकारले विदेश जानेका लागि पनि पासपोर्ट सेवा सुरु गर्न लागेको छ।

चीनमा बढ्दो कोभिड केस संख्याकाबीच अमेरिकाले ५ जनवरीदेखि आफ्नो मुलुक भ्रमण गर्ने चिनिया यात्रुहरूका लागि कोभिड–१९ जाँच गर्नु पर्ने अनिवार्य नियम ल्याएको छ।

जापान, भारत, इटली र ताइवानले भने उक्त नियम यस अघि नै लागु गरिसकेका छन्।

यता अस्ट्रेलियाले भने अवस्थालाई नियाली रहेको बताएको छ।

प्रधानमन्त्री एन्थोनी एल्बनिजीले सेभेन सनराईजसँग बोल्दै, स्वास्थ्य निर्देशन अनुरूप नियम ल्याइने बताएका छन्।

“अहिलेको अवस्थामा चीन र अस्ट्रेलियाबिचको यात्रामा कुनै पनि परिवर्तन गरिएको छैन।”

अस्ट्रेलियाका प्रमुख चिकित्सा अधिकारी पल केलिले प्रधानमन्त्रीको भनाइलाई पुष्टि गदै चीनमा फैलिएको भेरीएन्ट अस्ट्रेलियामा यस अघि नै फैलिसकेको बताए।

यता विपक्षी अध्यागमन मन्त्री डान तेहानले भने रेडियो नेशनलसँग बोल्दै सरकार आफ्नो निर्णयहरूमा पारदर्शी हुनु पर्ने र चिकित्सकीय सल्लाह जारी हुनु पर्ने बताएका छन्।

“अघिल्लो सरकारले स्वास्थ्य सल्लाह जारी गर्दथ्यो, अस्ट्रेलियालीको सुरक्षा पहिलो प्राथमिकतामा राख्थ्यो,” उनले भने।

यता नयाँ वर्ष आउँदै गर्दा अधिकारीहरूले कोभिड सुरक्षित योजना बनाउनका लागि आग्रह गरेका छन् ।

लक्षण भए जाँच गर्न, सकभर खुला ठाउँमा भेला हुन र सकेसम्म एउटा मास्क लगाउन वा आफूसँगै राख्नका लागि अनुरोध गरिएको छ।

यसै गरी खोपको सबै मात्रा लगाउन र बुस्टरका लागि योग्य रहेको बारेमा पनि जाँच गर्न आग्रह गरिएको छ।

बिदाको अवधिमा आफ्नो जीपीसँग भेट नभएको अवस्थामा राष्ट्रिय कोरोना भाइरस हेल्पलाईलाई १८०० ०२० ०८० मा सर्म्पक गर्नका लागि पनि अनुरोध गरिएको छ।

हेल्पलाईन २४ घण्टा सातै दिन खुल्ने र आफू एन्टीभाइरलका लागि योग्य रहे नरहेका बारेमा समेत जाँच्न गर्न आग्रह गरिएको छ।

सार्वजनिक बिदाका समयमा निम्न विपद् तथा जानकारी प्रदान गर्ने सेवाहरू उपलब्ध रहेका छन् :

लाइफ लाइन

- १३ ११ १४. बहिरोपन भएका वा सुन्न गाह्रो हुनेहरूले लाइफलाइनलाई ०४७७ १३१ १४४ मा टेक्स्ट पठाउन सक्ने छन्।

माइन्ड म्याप_यूथ पोर्टल

- १८०० ८६२ १११

एक्सेस मेन्टल हेल्थ टिम - १८०० ६२९ ३५४ वा ०२ ६२०५ १०६५

सुसाइड कल ब्याक सर्भिस - १३०० ६५९ ४६७

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

By Yumi Oba

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now