बाल शोषण सम्बन्धी सामाग्रीहरू माथि कडा कदम चाल्नु पर्‍यो: अस्ट्रेलिया

अस्ट्रेलियाले आफ्ना चार प्रमुख मित्र राष्ट्रहरूलाई बाल शोषण सम्बन्धी सामाग्री माथि कडा रूपले प्रस्तुत हुन आग्रह गर्ने बुझिएको छ।

Federal Minister for Home Affairs Peter Dutton speaks to the media during a press conference at the Commonwealth Parliamentary offices in Sydney, Tuesday, November 20, 2018. (AAP Image/Dean Lewins) NO ARCHIVING

Source: AAP

अङ्ग्रेजी बोलिने प्रमुख पाँच देश मिलेर बनेको एक सुरक्षा साझेदारी समूहको लन्डनमा हुने एक बैठकमा अस्ट्रेलियाद्वारा अन्य चार राष्ट्रलाई बाल शोषण सम्बन्धी सामाग्रीहरू माथि कडा कदम चाल्न आग्रह गर्ने बताइएको छ।

अस्ट्रेलियाका तर्फबाट उक्त बैठकमा भाग लिने गृह मामिला सम्बन्धी मन्त्री पिटर डट्टनले “फाइभ आइज” भनिने पाँच देशका जासुसी सञ्जालका अन्य सदस्य राष्ट्रहरूलाई उक्त विषयलाई गम्भीरतापूर्वक लिन आग्रह गर्ने जनाइएको छ।

अस्ट्रेलिया बाहेक संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा र न्युजिल्याण्ड सम्मिलित उक्त पाँच राष्ट्रको टोलीको लन्डनमा हुने भनिएको उक्त बैठकमा बाल शोषण सम्बन्धी छलफल आवश्यक रहेको बारे डट्टनले भने, “अहिले द्रुत गतिको इन्टरनेट जमानामा अपराधीहरूले सोझै आफ्नो घरैबाट बाल शोषणका सामाग्रीहरू प्रत्यक्ष प्रसारण गर्न सक्ने क्षमता राख्छन्।”

Australia must develop an effective national response to the sharing and creation of child exploitation material online.
Australia must develop an effective national response to the sharing and creation of child exploitation material online. Source: Shutterstock

गत साल मात्र अनलाइनका माध्यमबाट हुने भनिएको बाल शोषण सम्बन्धी घटनाहरू दोब्बर रूपले बढेको अस्ट्रेलियन सङ्घीय प्रहरीले बताएको थियो।

डट्टनका अनुसार बेलैमा यस्ता सञ्जालमाथि अङ्कुश लगाउन जरुरी छ।

यसका लागि उनले गुगल, फेसबुक तथा ट्विटर जस्ता प्रमुख डिजिटल सेवा प्रदायकहरू माथि बाल शोषण सामग्रीहरू सम्प्रेषण गर्नबाट आफ्ना प्रयोगकर्ताहरू माथि रोक लगाउन दबाब दिनुपर्ने बारे पनि उक्त बैठकमा बोल्ने अपेक्षा गरिएको छ।

सन् २०१४ मा पिटर डट्टनले अध्यागमन मन्त्रालय सम्हाले देखि २८ जनाको अस्ट्रेलियन नागरिकता खारेज भएकोमा ११ जनालाई बाल यौन दुराचारको दोषी पाइएको थियो।


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now