लेबनन विस्फोट: एक अस्ट्रेलियाली लगायत कम्तिमा ७३ को मृत्यु

लेबननको राजधानी बेइरुतमा भएको एक घातक विस्फोटनमा अहिले सम्म एक जना अस्ट्रेलियाली नागरिकको मृत्यु भएको पुष्टि प्रधानमन्त्री स्कट मोरिसनले गरेका छन्।

The scene of an explosion at the port in the Lebanese capital Beirut on August 4, 2020.

The scene of an explosion at the port in the Lebanese capital Beirut on August 4, 2020. Source: Getty

बेइरुतमा भएको एक शक्तिशाली विस्फोटनका कारण कम्तिमा ७३ जनाको मृत्यु हुनुका साथै ३,७०० भन्दा बढी घाइते भएको पनि अधिकारीहरुले बताएका छन्।

आज बिहान च्यानल नाइनसँग कुरागर्दै प्रधानमन्त्री मोरिसनले लेबनिज राजधानीमा प्रायः बीस हजार अस्ट्रेलियालीहरु रहने गरेता पनि कोरोनाभाइरस सङ्कटका कारण उक्त संख्यामा कतिको परिवर्तन भएकोबारे आफु स्पष्ट नरहेको बताए।

"एक जना अस्ट्रेलियालीको मृत्यु भएको मैले पुष्टि गर्न सक्छु, जुन धेरै दुखद हो," उनले भने।

प्रधानमन्त्री स्कट मोरिसनले बेइरुत स्थित अस्ट्रेलियाली दुतावास पनि "व्यापक रूपमा प्रभावित" भएको बताएका छन्। तर दुतावासका कुनै कर्मचारी गम्भीर रूपमा घाइते नभएको पनि उनले बताए।

"यस दुखको अवस्थामा हामी लेबनिज अस्ट्रेलियाली समुदायको साथ् मा रहेका छौं," मोरिसनले भने।

"यसका कारण अस्ट्रेलियाली गिर्जाघर र मस्जिदहरुमा प्रार्थना सभाहरु आयोजना हुने अवस्था रहेता पनि, कोरोनभाइरस अन्तर्गतका प्रतिबन्धहरुका माँझ उपयुक्त कदम चाल्न पनि म आग्रह गर्दछु।"

विदेश मन्त्री मारिस पेयेनले दुतावासका ९५ प्रतिशत झ्यालहरु फुट्नुका साथै दुतावासको बाहिरी भागमा रहेको एक कक्ष पूर्ण रूपमा क्षतिग्रस्त भएको बताएकी छन्।

"कर्मचारीहरुलाई फुटेका शिशाका कारण केहि चोट लागेता पनि, त्यति गम्भीर नरहेको र सबैको उपचार भैसकेको छ," उनले भनिन्।

विस्फोटनको कारण?

गत केहि वर्ष यतैकै सबै भन्दा शक्तिशाली भनि वर्णण गरिएको, मङ्गलवारको उक्त विस्फोटन, मध्य बेइरुत शहर नजिक रहेको एक बन्दरगाह स्थित गोदाममा भएको बताइएको छ।

लेबनिज प्रधानमन्त्री हसान डियाबका अनुसार विस्फोटन भएको गोदाममा झन्डै २,७५० टन एमोनियम नाइट्रेट नामक रसायन सामाग्री भण्डारण गरिएको थियो।

"गत छ वर्ष देखि यतिको मात्रामा एमोनियम नाइट्रेटलाई उक्त गोदाममा, सुरक्षा प्रवन्ध बिना राखिनु अस्विकार्य रहेको छ," प्रधानमन्त्रीलाई उदृत गर्दै उनका एक प्रवक्ताले बताए।

साथै बुधवारलाई शोकको दिन घोषणा गरिने भन्दै प्रधानमन्त्रीले विस्फोटनका जिम्मेवारहरु माथि कडा कारवाही हुने पनि बताएका छन्।

उक्त घटनाको दृश्य रहेका भिडियोहरुमा विस्फोटन भएको स्थानबाट दुई किलोमिटर टाढा रहेका अग्ला भवनका मानिसहरुलाई पनि लडाएको बताइएको छ।

र घटनास्थल र त्यस वरपरका क्षेत्रमा व्यापक मात्रामा क्षति भएको छ।

स्थानीय रेडक्रस अधिकारीका अनुसार मृतक र घाइतेहरुको संख्या झनै बढ्ने सम्भावना रहेको छ।

Lives and properties destroyed in Beirut and hospitals are at maximum capacity. Please pray for Lebanon, God help us 🙏 pic.twitter.com/umEoxrLAAv — Nappy Blaze 🍥 (@Nappyblaze) August 4, 2020

Share

2 min read

Published

Updated

By SBS Nepali

Source: Reuters, SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now