क्यानबेरामा आफ्नो कम्प्युटर अगाडी बसेर नै अस्ट्रेलियन साइबर जासुसहरूले आईएसका लडाकुहरुलाई हराएको तथ्य बाहिर आएको छ।
त्यसै गरी, एक जासुजद्वारा आफ्नो झुटो पहिचानको बलबुतामा एउटा इस्लामिक आतङ्कवादीलाई धार्मिक युद्ध छाड्न सम्झाएको पनि खुलासा भएको छ।
अस्ट्रेलियाको वैदेशिक जासुस एजेन्सी एवं साइबर सुरक्षा संयन्त्रका प्रमुखहरूले यी तथ्यहरू बाहिर ल्याएका हुन्।
कारबाहीको विवरण

अस्ट्रेलियन सिन्ग्नल्स डाइरेक्टोरेटका निर्देशक माइक बर्गेसका अनुसार, अमेरिकी गठबन्धन सेनाले आतङ्कवादीहरू माथि आक्रमण गर्ने तयारी गर्दै गर्दा, क्यानबेरामा रहेका उनका अधिकृतहरू कम्प्युटर किबोर्ड मार्फत ती उग्रवादीहरूको कमान्ड र नियन्त्रण नेटवर्कहरू काम नलाग्ने बनाउँदै थिए।
“डायेशका सूचना संयन्त्रहरू केही सेकेन्ड भित्रै बिगार्न सफल भयौँ, उनले लोई इन्स्ट्युटलाई सम्बोधन गर्ने क्रममा बताए।
“त्यसपछि आतङ्कवादी समूहका कमाण्डरहरुले इन्टरनेट मार्फत एक अर्कासँग सम्पर्क गर्नै पाएनन्।”
“करिब ११ हजार किलोमिटर टाढा रहेका केही युवा तथा युवतीहरूको किबोर्ड चलाइले ती आतङ्कवादीहरू तहस-नहस भएका थिए,” उनले उक्त सम्बोधनमा बताए।
“सम्पर्कमा विच्छेद भएपछि आईएसका लाडाकुहरु पुनर्संगठित हुन असमर्थ भए अनि गठबन्धन फौजले सहजै तिनीहरूलाई धपाउन सके,” बर्गेसले बताए।
सैनिक कारबाही चल्दै गर्दा साइबर आक्रमणको रणनीति पनि सँगै चालिएको यो नै पहिलो अवसर थियो।
ती कारबाहीका साथ-साथै, अस्ट्रेलियन सिन्ग्नल्स डाइरेक्टोरेटका कर्मचारीहरू इस्लामिक स्टेटको मिडिया संयन्त्रलाई पनि बिगार्न प्रयोग भएको छ। त्यसपछि, आईएस मिडिया प्रपोगन्डा फैलाउन तथा नयाँ लाडाकुहरुलाई आकर्षित गर्न असमर्थ भएको थियो।
नारी शक्ति

बर्गेसका अनुसार, उनकी एक युवा कर्मचारीले टुटे फुटेको अङ्ग्रेजी प्रयोग गर्दै, एक आतङ्कवादी कमान्डरलाई जिहाद गर्ने मनसायले अर्को देश जानबाट रोक्न सफल भएकी थीइन।
अन्य साझेदार एजेन्सीहरूले ती कमाण्डरबाट अब कुनै डर नभएको भनी सुनिश्चित गरेका थिए।
“उनी एकदमै आम पृष्ठभूमि भएकी युवती हुन् जसले असाधारण काम गरेर देखाइन।"
"अलिकता मात्र तलमाथि भएको भए यो पुरै कारबाही खत्तम हुन सक्थ्यो र मोर्चामा भएका हाम्रा जवानहरूको ज्यानै पनि जान सक्थ्यो,” बर्गेसले भने।
अस्ट्रेलियन सिन्ग्नल्स डाइरेक्टोरेट अघिल्लो वर्षसम्म खासै बाहिर नसुनिएको गुप्त सङ्गठनको रूपमा काम गर्थ्यो। नयाँ पुस्तालाई आकर्षित गर्न उक्त संस्थाले बिस्तारै आफ्ना काम कारबाहीहरू सार्वजनिक गरिरहेको छ।
आफूहरूले पुरुष “गीक” मात्रैको खोजी नगरिरहेको बताउँदै निर्देशक माइक बर्गेसले भने, “हाम्रा केही उत्कृष्ट जासुसहरू सूचना प्रविधि सम्बन्धी तालिम नलिएका महिलाहरू छन्!”
