अस्ट्रेलियाली निर्देशिकाले ल्याउने बाँझोपनको उपचारमा सुधार

पोलीसीस्टिक ओभरी सिनड्रम (पीसीओएस) महिलाहरुहरुमा बाँझोपन को प्रमुख कारणको रुपमा रहेको छ। तर यो समस्या मातृत्वको लागि बाधक नहुने दाबी गरिएको छ। अब अस्ट्रेलियालिद्वारा अगुवाई गरिएको बिस्वब्यापी निर्देशिकाको सहि रोग मुल्यांकन र प्रभावकारी उपचारका माध्यमबाट प्रभावित महिलाहरुप्रतिको दृष्टिकोणमा सुधार हुने बताइएको छ।

Eilidh Di Natale and 10-day-old baby Helina

Source: SBS

आमा बन्नु एलिएट नटालीको लागि अत्यन्त सुखद अनुभव भएको छ। 

एक समयमा चिकित्सकहरुले मेलबर्नकी नटालिलाई आमा बन्न धेरै संघर्ष गर्नु पर्ने सम्भावना भएको बताएका थिए।

"मेरो श्रीमान र मलाई  हामी बास्तवमा नै अभिभावक बनेको कुरा अत्यन्त आश्चर्यजनक लाग्छ। हामी हरेक दिन एक अर्कालाई हेर्छौं र  कहाँबाट यो बच्चा आयो भनेर सोच्छौ। हामी धेरै नै खुसी छौं।"

चार वर्ष अगाडी किन्डर-गर्टेनकि शिक्षिका नटालीलाई पीसीओएस रहेको थाहा भएको थियो।

उनी भन्छिन, "यो जांचको निष्कर्ष मेरो लागि ठुलो झट्का थियो। प्रमुख प्रश्न भनेको के म आमा बन्न सक्छु भन्ने थियो।  र यहि कुराले मलाई केही बर्ष धेरै तनाव दियो।"

यस्तो तनाव यो समस्यामा रहेका प्राय महिलाहरुले अनुभव गर्दछन।

राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषदको पीसीओएसको सम्बन्धमा अनुसन्धान गर्ने केन्द्रकी प्रमुख प्रोफेसर हेलेना टीडी आफुले उक्त तनाब हटाउन चाहेको बताउँछिन् ।

"सबैभन्दा दुखद कुरा भनेको महिलाहरुलाई उनीहरु आमा बन्न नसक्ने भनिनु हो। अनि त्यसमा पटक्कै सत्यता छैन। पीसीओएस भएका अस्ट्रेलियाका कति महिलाहरु जसले राम्रो उपचार पाएका छन् उनीहरुले पनि यो समस्या नरहेका महिलाहरुको जत्तिनै संख्यामा परिवार बनाउन सक्छन्।"

यो समस्याबाट १३ प्रतिशत प्रजनन उमेर समुहका महिलाहरु प्रभावित छन् भने आदिबासी महिलाहरुमा तिन मध्ये एकजनामा यो समस्या देखिएको छ।

सामान्यतया यो समस्याका लक्षणहरुमा अनुहार तथा शरीरमा अत्याधिक रौँ आउने, महिनाबारिमा अनियमितता, तौल बढ्नु, डंडिफोर र डिप्रेसन रहेका छन्। 

तर ती लक्षणहरु सधै देखिदैन, प्रोफेसर टीडीका अनुसार पीसीओएस धेरैजसो गलत तवरले जांच गरिन्छ। 

"यो एकदम जटिल अबस्था हो, चिकित्सकहरु सामान्यतया यसको जांच र उपचारका बारेमा जानकार हुन्छन भन्ने जरुरि छैन।  त्यसैले यो समस्या भएका महिलाहरु निकै अफ्ठ्यारो परिस्थितिबाट गुज्रनु पर्छ।"

मेलबर्नकै लोर्ना बेरी यो समस्या आफुमा भएको थाहा पाउन १४ बर्ष लागेको बताउँछिन् । 

"खासमा मैले प्रार्थना गरेको थिए यो अबस्था आफुमा रहेको थाहा पाउन।  यसको असर यति धेरै थियो किनभने  एउटा पहेली नै पत्ता लगाएको थिए। मैले थाहा पाए किन मैले युवावस्था देखिनै आफ्नो तौललाई लिएर संघर्ष गर्नु परेको थियो।  मेरो अनियमित महिनाबारी र २० बर्षको उमेरमा गर्भवती हुन समस्या भयो जबकि त्यो उमेरमा त्यस्तो नहुनु पर्ने हो।"

सामान्यतया यो समस्याका लक्षणहरुमा अनुहार तथा शरीरमा अत्याधिक रौँ आउने, महिनाबारिमा अनियमितता, तौल बढ्नु, डंडिफोर र डिप्रेसन रहेका छन्।

१७ राष्ट्रका स्वास्थ्य बिज्ञहरु सम्मिलित मेलबर्नको मोन्याश बिस्वबिद्धयालयका बिज्ञहरुको अगुवाईमा नयाँ स्रोतहरुको बिकास गरिएको छ जसले यो सिनड्रमको बारेमा चिकित्सक र महिलाहरुलाई उचित जानकारी दिन्छ।

प्रोफेसर टीडीका अनुसार यो उपलब्धिलाई समेटेर, भिन्न भाषा र न्युन शुल्कमा आस्क पीसीओएस (AskPCOS) भन्ने मोबाइल एप उपलब्ध हुनेछ।

यसको मुख्य संदेश भनेको यी लक्षणहरुको उपचार हुन सक्छ र यो समस्या हुनु भनेको बाँझोपन होइन भन्ने नै हो।


Share

2 min read

Published

Updated

By Phillippa Carisbrooke

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now