अस्ट्रेलियाली राजनीति प्रतिको जन विश्वास "अहिले सम्मकै सबै भन्दा कम"

अस्ट्रेलियन नेशनल युनिभर्सिटी(एनएनयु)ले एक अनुसन्धानले अस्ट्रेलियाली जनताको आफ्नो सरकार माथि रहेको विश्वास सन् १९५६ यताकै सबैभन्दा कम रहेको पाएको छ।

Minister for Home Affairs Peter Dutton, Prime Minister Scott Morrison and Treasurer Josh Frydenberg.

Minister for Home Affairs Peter Dutton, Prime Minister Scott Morrison and Treasurer Josh Frydenberg. Source: AAP

गएको सङ्घीय चुनावमा आधारित उक्त अध्ययनका अनुसार हरेक चार अस्ट्रेलियालीहरू मध्ये जम्मा एक जनाले मात्र आफ्ना राजनैतिक नेतृत्व एवं संस्थाहरूलाई पत्याउँछन् भने ५९ प्रतिशत मानिसहरूलाई अस्ट्रेलियाली लोकतन्त्रले समातेको बाटो सही लागेको बताएका छन्।

सन् १९५६ मा तत्कालीन प्रधानमन्त्री गफ व्हिट्लमलाई पदबाट हटाउँदा जम्मा ५६ प्रतिशत अस्ट्रेलियालीहरूले मात्र यहाँको राजनैतिक व्यवस्था प्रति आफ्नो आसा रहेको बताएका थिए।

तर, सन् २००७ सम्म आइपुग्दा भने ८६ प्रतिशत अस्ट्रेलियाली जनताले आफूहरू यहाँको लोकतन्त्रसँग सन्तुष्ट रहेका बताएका थिए, जुन हालसम्मकै सबैभन्दा उच्च सङ्ख्या हो।
Finance Minister Mathias Cormann.
Finance Minister Mathias Cormann. Source: AAP
यो अध्ययनलाई नेतृत्व गरेका एनएनयुका एक जना प्राध्यापक इयान मक्अलिस्टर भन्छन् कि उनले विगत चार दशकयताका सबै चुनावको चिरफार गरेका छन् र यसपालि जस्तो अस्ट्रेलियाली राजनेताहरूले जनता सामु आफ्नो विश्वास कहिल्यै पनि गुमाएका थिएनन्।

"हाम्रो लोकतन्त्रको स्तर किन घट्यो भन्ने बारेमा व्यापक सार्वजनिक चिन्ता छ।"

उनका अनुसार मानिसहरूको विश्वास फेरी जित्नु अस्ट्रेलियाली राजनेताहरूका लागि अत्यन्त महत्त्वपूर्ण कार्यहरू मध्य मात्र होइन यसका लागि तत्काल आवश्यक कदमहरू चाल्न अपरिहार्य नै भैसकेको अवस्था छ, विशेष गरेर लोकतन्त्र माथि विश्वभर नै प्रश्न चिन्हहरू खडा भइरहेका बखत।

“यो खतराको घण्टी हो,” प्रोफेसर मक्अलिस्टरले थपे।

लोकतन्त्र माथि विश्वासको सङ्कट मडारिरहेको सङ्केत उक्त प्रतिवेदनले दिँदै गर्दा प्रधानमन्त्री स्कट मरिसन भने अपवादका रूपमा खडा भएको देखिएको छ।
Kevin Rudd at the ALP election campaign launch in 2007
Kevin Rudd at the ALP election campaign launch in 2007 Source: AAP
सन् २००७ मा तत्कालीन प्रधानमन्त्री केभिन रड पछि हालसम्मै कै सबैभन्दा लोकप्रिय राजनेताका रूपमा उनको उदय भएको पनि उक्त अध्ययनबाट खुल्न आएको छ भने संसद्मा विपक्षी दलका पूर्व नेता बिल शर्टन सन् १९९० यताकै कुनै पनि राजनैतिक दलका सबैभन्दा कम लोकप्रिय नेताका रूपमा देखा परेका छन्।

गएको चुनावमा सत्ताधारी लिबरल-नेशनल गठबन्धनले राम्रो अर्थतन्त्र, उचित कर एवं सक्षम नेतृत्व भजाएर जीत आफ्नो पोल्टामा हाल्न सफल भएको थियो भने विपक्षी लेबरले पर्यावरणीय मुद्दाहरूमा आफूलाई अगाडी पाएको थियो।

उक्त चुनावमा दुई तिहाइ मतदाताहरूले नीति माथि केन्द्रित हुँदै आफ्नो मत दिएका थिए जसमा अर्थतन्त्र, स्वास्थ्य र पर्यावरणीय मुद्दाहरू मुख्य थिए।

१,२०० भन्दा बढी मतदाताहरूसँग गरेको प्रश्नोत्तरमा आधारित दि अस्ट्रेलियन इलेक्सन स्टडी नामक उक्त अध्ययनले यसपालिको चुनावमा भोट दिँदा मौसम परिवर्तन सबैभन्दा प्रमुख विषय रहेको बताएका थिए।

Share

Published

Updated


Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand