डढेलोका कारण रगतको अभाव हुँदै गर्दा रक्तदान गर्न आह्वान

अस्ट्रेलियाको पूर्वी तटीय इलाकाहरूमा लागेको भीषण डढेलोका कारण राष्ट्रिय रगत सञ्चयमा प्रतिकूल असर पर्ने जनाउँदै रेडक्रसले स्वस्थ मानिसहरूलाई रक्तदानका लागि आह्वान गरेको छ।

Several blood donation centres in NSW have been forced to close due to the bushfire emergency.

Several blood donation centres in NSW have been forced to close due to the bushfire emergency. Source: AAP

भीषण डढेलोका कारण न्यु साउथ वेल्स र क्विन्सल्याण्डमा रगतको अभाव सृजना हुने र त्यसले अस्ट्रेलियाको राष्ट्रिय रगत आपूर्ति मै असर पुग्ने चिन्ताका बिच अस्ट्रेलियन रेडक्रसले रक्तदानका लागि मानिसहरूलाई आग्रह हो।

न्यु साउथ वेल्सका टारी, कफ्स हार्बर, पोर्ट मक्वारी र बाइरन बे स्थित रक्तदान केन्द्रहरू आगजनीका कारण बन्द भएको पनि बताइएको छ।

अस्ट्रेलियामा माग हुने कुल रगतको ५० प्रतिशत भन्दा बढी आपूर्ति न्यु साउथ वेल्स र क्विन्सल्याण्डबाट हुने एक अनुमान छ।

रेडक्रस रक्त सेवाकी प्रवक्ता हेलेन वल्शले बुधवार, बाँकी राज्यहरूले रक्तदानमा सहयोग गरेर माग अनुसारको आपूर्ति कायम राखिदिने आशा व्यक्त गरेकी छिन्।

“आगलागीको अप्रत्याशितताका कारण रक्तदानमा कस्तो प्रभाव परेको छ भनेर यो हप्ताको अन्त्य भन्दा अगाडी बताइहाल्न सक्ने स्थिति छैन,” उनले भनिन्।

“हामीले बन्द गर्नुपरेका रक्तदान केन्द्रहरूबाट न्यु साउथ वेल्सलाई चाहिने कुल मागको १५ प्रतिशत रगत आपूर्ति गर्ने गरेका थियौँ।”

Blood donation
Source: Pixabay

माथि उल्लिखित बन्द गरिएका रक्त सङ्कलन केन्द्रहरू बाहेक मेटल्याण्ड, न्युक्यासल र गस्फर्डमा पनि एपोइण्टमेन्टहरू रद्द हुनसक्ने वल्शको भनाई रहेको छ।

“रगत अति आवश्यक स्रोत भएको कारणले गर्दा हामी पर्ख र हेरको स्थितिमा बस्न सक्दैनौ। त्यसैले रक्तदान गर्न मानिसहरूलाई अहिले आह्वान गरिरहेका छौँ, आउनुहोस् र राष्ट्रिय रगत सञ्चयलाई सहयोग गर्नुहोस्।”

“धेरै मानिसहरूलाई रक्त सेवा साँच्चीकै नै राष्ट्रिय स्तरको सेवा हो जहाँ रगत जन्य पदार्थहरू देशैभरि बाँडिन्छ भन्ने कुराको हेक्का नै रहँदैन,” उनले प्रस्ट पारिन्।

“त्यसैले, कृपया यदि तपाईँ रक्तदानका लागि योग्य हुनुहुन्छ भने अस्ट्रेलियाका कुनै पनि दाता केन्द्रमा सम्पर्क राख्नुहोस् र हाम्रो रगत सञ्चयमा टेवा पुर्‍याउनुहोस्।”

रक्तदान गर्न १३ १४ ९५ वा donateblood.com.au मा गएर आफू नजिकैको दाता केन्द्रमा समय लिनुहोस्।

डढेलो सम्बन्धी अद्यावधिक रहन न्यु साउथ वेल्स ग्रामीण अग्नि सेवाको वेबसाइट हेर्नुहोला।

audio-x-generic.png

Share

2 min read

Published

Updated

By Evan Young

Presented by आभास पराजुली




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now