अस्ट्रेलिया: भेट्टिए कोरोनाभाईरसका बिरामी

चीनबाट शुरु भएको यो रोग, अन्य देशहरु सँगसँगै अस्ट्रेलियासम्म पनि आईपुगेको छ।

People wearing face masks arrive at Heathrow Airport in London. Internationally, airports are setting up screening processes to catch the deadly virus.

People wearing face masks arrive at Heathrow Airport in London. Internationally, airports are setting up screening processes to catch the deadly virus. Source: EPA

भिक्टोरया राज्यका स्वस्थ्यकर्मीहरुले चीनबाट गत हफ्ता मेलबर्न आएका एक चिनियाँ नागरिक कोरोनाभाइरकले संक्रमित भएको बताएका छन्।

सार्स जस्तै डरलाग्दो र बिरामीको सम्पर्कमा आउँदा सर्न सक्ने यो रोग पहिलोचोटि अस्ट्रलियामा पनि देखा परेको हो।

चीनको वुहान शहरबाट शुरु भएको यो रोग अहिले हङ्गकङ्ग, जापान, अमेरिका थाईल्याण्ड, अमेरिका लगातयका ठाउँहरुमा संक्रमित भईसकेको छ।

उनलाई अहिले छुट्टै स्वस्थ्य कक्षम राखिएको र अरुलाई यो रोग नसरोस् भन्न हेतुले सबै सावधानीहरु लिईएको कुरा चिकित्सक एन्जी बोनले बताएकी छिन्। अहिले उनी भिक्टोरिया राज्यको प्रमुख स्वस्थ्य अधिकारी हुन्।

Wuhan, China
Medical staff in Wuhan, China take a patient suspected of carrying a new corona virus into hospital. Source: EPA/STRINGER CHINA

अहिले बिरामी व्यक्ति अलग्गै बसेका छन् र समुदायले यस विषयलाई लिएर नअत्तालिन, बोनले आग्रह गरिन्। 

संक्रमित व्यक्ति, चीनको गोन्झाओ शहरबाट – चाईना सदर्न एहरलाईन्सबाट मेलबर्न आईपुगेका थिए। सोहि विमानमा रहेका अन्य यात्रुहरुलाई अधिकारीहरुले स्वस्थ्य परिक्षणका लागि सम्पर्क गरिरहेको बताएका छण्।

 हालै मात्र पत्ता लागेको उक्त भाईरसका कारण अहिलेसम्म १७ जनाको ज्यान गईसकेको छ र पाँच  सयभन्दा बढी मानिसहरु यस रोगबाट संक्रमित भएका छन्। तर यो संख्या निकै बढी हुन सक्ने अनुमान लगाईएको छ।

कोरनाभाईरसको शुरु भएको वुहान शहर, माछा-मासुको आपुर्तिको एक केन्द्रको रुपमा पनि हेरिन्छ र यो रोग यहि रहेको पशु-पंक्षी बजारबाट शुरु भएको अनुमान लगाईएको छ।

अहिले त्यहाँका अधिकारीहरुले त्यस शहरलाई जोड्ने सबै यातायात र उडान रद्द गराएका छन्। एक करोड दस लाख जनसंख्या भएको उक्त शहरका मानिसहरुलाई विशेष कारण बिना शहर नछोड्न आदेश दिएको छ।

चिनियाँहरुको नयाँ बर्ष आउनै लाग्दा कोरोनाभाईरसको संक्रमणका कारण त्यहाँको कतिपय शहरहरुमा उत्सवका कार्यक्रमहरु रद्द भएका छन्। 

चीनमा, त्यहाँ मनाईने नयाँ बर्ष सबैभन्दा ठूलो पर्वको रुपमा हेरिन्छ। १० ज्यानुवरी देखि १८ फ्रेबुररीसम्म मनाईने यो पर्वमा झण्डै तिन अर्ब यात्राहरु तय गरिने अनुमान लगाईएको छ। 

 यसैबिच, असट्रेलियाको सरकारले वुहान शहर जानेलाई थप सतर्कता लिन अपील गरेको छ। केहि दिन अघि जारी  गरेको एक विज्ञप्तिमा त्यहाँ भ्रमणको क्रममा कुनै पनि श्वास-प्रश्वासको सम्सया भएमा तुरुन्तै चिकित्सकलाई भेट्न सल्लाह दिईएको छ।

वुहान र सिड्नीबिच सोझो हवाईमार्ग स्थापित रहेको छ र हाल हफ्तामा तिन वटा उडान रहेको छ। यसै कुरालाई ध्यानमा राख्दै, अस्ट्रेलियाको सरकारले यहाँको विमानस्थलमा यस किटाणुबाट  सुरक्षित रहन थप प्रबन्ध गरेको बताएको छ।

 

 

 


2 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now