SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको न्युनतम पारिश्रमिकमा ३.५ प्रतिशतले वृद्धि

फेयर वर्क कमिशनले शुक्रबार न्युनतम पारिश्रमिक ३.५ प्रतिशतले वृद्धि गर्दै १८ डलर ९३ सेन्ट कायम गर्ने निर्णय गरेको छ। न्युनतम पारिश्रमिक पाउने कामदारहरुले आगामी महिना अर्थात जुलाई १ देखि आफ्नो पारिश्रमिकमा हप्ताको २४ डलर ३० सेन्ट बढी पाउने भएका छन्।

Explotación laboral
Source: AAP

2 min read

Published

Updated

By Hannah Sinclair, Sunita Pokharel

Presented by SBS Nepali

Source: SBS News



Skip to article content

 आगामी जुलाई पश्चात नया काम खोज्दा अथवा पुरानै काममा पनि आफ्नो रोजगारदाताबाट १८ डलर ९३ सेन्ट पुरा हकका साथ माग्न सक्नु हुनेछ। 

फेयर वर्क कमिशनले शुक्रबार आफ्नो बार्षिक नियमनमा न्युनतम पारिश्रमिकमा ३.५ प्रतिशतले वृद्धि गर्दै प्रति घण्टा १८  डलर ९३ सेन्ट कायम गर्ने निर्णय गरेको छ। 

आगामी जुलाई देखि लागु हुने गरि गरिएको न्युनतम पारिश्रमिक वृद्धिलाई विभिन्न युनियनहरुले श्रमिकको सामान्य जिबनयापन गर्न सहयोग गर्ने राम्रो प्रयासको संज्ञा दिएका छन्। 

 युनियनहरुले ७.२ प्रतिशत अर्थात हप्ताको ५० डलर वृद्धिको माग गरिरहेकोमा तुलनात्मक रुपमा धेरै कम वृद्धि भएता पनि, यो निर्णय पश्चात एक हप्तामा श्रमिकहरुले पाउने साबिकको पारिश्रमिमा २४ डलर ३० सेन्ट थपिने छ।

एक हप्तामा हुने कमाइस्वरुप ७१९ डलर २० सेन्ट पाउदा यो निर्णयबाट सबैभन्दा कम पारिश्रमिक पाउने २३ लाख अस्ट्रेलियालीहरु लाभान्वित हुनेछन।

राष्ट्रियफेयर वर्क कमिशनका अध्यक्ष इएन रोशका अनुसार, यहि समयलाइ अघिल्लो वर्षसंग तुलना गर्ने हो भने, आर्थिक सूचकांक अहिले राष्ट्रिय स्वास्थ्य अर्थतन्त्र र श्रम बजारको सकारात्मक बिन्दुमा रहेको छ।  

उनले भने "राष्ट्रिय न्युनतम पारिश्रमिक वा आधुनिक पुरस्कार जुन कुनै प्रकारबाट पारिश्रमिक पाउने कामदारहरुका लागि वास्तविक पारिश्रमिकमा वृद्धि अत्यन्त उपयुक्त हुने परिस्थिति रहेको छ।" 

अस्ट्रेलियन ब्यापार परिषद (एसीटीयु) द्वारा प्रस्तावित ५० डलर बृद्धिका कारण न्युन पारिश्रमिक कमाउनेहरुले रोजगारी नपाउने जोखिम हुने निर्णायक मण्डलको निष्कर्ष थियो।  

श्रम बजारमा पहिले नै पिछडिएको न्युन आय भएकाहरुको समूहमा तेत्तिको ठुलो परिमाणको वृद्धिले गर्दा काम पाउन गाह्रो हुने वा कामको घण्टा कम हुनजाने तर्फ पनि ध्यान दिनु पर्नेमा रोशले जोड दिए। 

एसीटीयु सचिब स्याली म्यक्म्यानसले प्रतिहप्ता ५० डलरको युनियनहरुको माग र रोजगारदाताहरुको १३ डलरको मागकोबीच भएको यो वृद्धि पर्याप्त नभएपनि कमिशनद्वारा प्रदान गरिएको उच्च वृद्धि भन्दै निर्णयको स्वागत गरेकी छन।

पत्रकार सम्मेलनमा म्यक्म्यानससंग छेउमै रहेका कामदारहरु भने यो कदमबाट असन्तुष्ट देखिएका थिए । शपिंग मलहरुमा सरसफाई गर्ने सरिता सिटौला यो बृद्धिले उनलाई घर किन्न वा बालबच्चाको पालनपोषणमा न्युन सहयोग गर्ने बताउछिन।  

८  बर्ष पछिको सबैभन्दा धेरै पारिश्रमिक वृद्धिबारे कुरा गर्दै नेपालबाट २ वर्ष अगाडी अस्ट्रेलिया आएका सुजे श्रेष्ठ र लगभग २ वर्ष नै अस्ट्रेलियामा बिताएकी रोमी श्रेष्ठ यो वृद्धिलाई केहि नहुनु भन्दा हुनु बेस भन्दै खुसीको खबर कै रुपमा लिन्छन। 

रोमी श्रेष्ठ तत्काललाइ हेर्दा ठुलो उपलब्धि नभएपनि संचय कोष (सुपरएनुयशन) जस्तो दिर्घकालिन रुपमा लिने सुबिधाहरुमा सकारात्मक असर पार्ने बताउछिन।

सुजे पनि महंगीमा यो बृद्धिले न्युनतम पारिश्रमिक पाइरहेकाहरुलाई केहि राहत हुने बिचार ब्यक्त गर्छन।

यस लेखको अंग्रेजी संस्करणका लागि यहाँ  क्लिक गर्नुहोस।  


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now