SKIP TO MAIN CONTENT

भीषण वर्षाको सम्भावनाका बिच न्यु साउथ वेल्समा पाँच स्थानका बासिन्दालाई सुरक्षित स्थानमा सर्न आदेश

यो अस्ट्रेलियाको पछिल्लो बाढी सम्बन्धी अपडेट हो।

NSW FLOODS
SES members prepare for possible flooding in New South Wales. (file) Source: AAP / JASON O'BRIEN/AAPIMAGE

3 min read

Published

Updated

Presented by Krishna Pokhrel

Source: SBS



Skip to article content

Key Points

  • मङ्गलवार र बुधवारका दिन न्यु साउथ वेल्सका थुप्रै स्थानमा बाढी आउन सक्ने सम्भावना
  • बाढीको सम्भावना भएका स्थानलाई खाली गर्न आदेश
  • आपतकालिन सेवा विभागद्वारा बितेको २४ घण्टामा बाढी सम्बन्धी ४८ उद्दार

टुमट क्याराभानपार्क, एडिलङ्गका केही भाग, बुरोअरा, कुटामुन्द्रामा रहेको मुटामा क्रिक र विलो वेन्डका केही स्थानमा बस्ने मानिसहरूलाई सुरक्षित स्थानमा सर्नका लागि चेतावनी जारी भएका छन्।

मौसम पूर्वानुमान विभागका अनुसार स्कोन, क्यानोविन्ड्रा र गुन्डागइमा ठुलो बाढी आउने सम्भावना छ भने बाथहर्स्टमा आज सामान्य बाढी आउने सम्भावना छ।

टुमटमा पनि सामान्य खालको बाढीको सम्भावना रहेको बताइएको छ।

यसै गरी नानामीमा बुधवार साँझ र फोर्ब्समा शुक्रवार ठुलो बाढी आउन सक्ने बताइएको छ।

तर उत्तर पूर्वी भागमा भने पानी पर्न बन्द हुने विभागको भनाई छ।

विभागले हुरी बतासले क्षति पुर्‍याउने भन्दै केही स्थानका लागि चेतावनी जारी गरेको छ।

बितेको २४ घण्टामा राज्यको आपतकालिन विभागले ४८ वटा उद्धार गरेको बताएको छ।

सहयोगका लागि ७५९ जनाले माग गरेको र हुरी बतासले क्षति पुर्‍याएका ४२ वटा स्थानबाट सहयोगको माग आएको बताइएको छ।

बतासले विशेष गरी रुख ढालेको र घरमा क्षति पुर्‍याएको गुनासाहरू आएको बताइएको छ।

यसैबिच अधिकारीहरूले बुरोवामा सोमबार बाढीले बगाएको एक कारमा सवार दुई जनाको खोजी कार्यलाई तीव्रता दिएका छन्।

प्रेस्टन्स क्रिकमा बाढी आएको स्थानमा सडक पार गर्ने क्रममा युट भ्यान बाढीले बगाएको प्रहरीले खबर प्राप्त गरेको थियो।

उक्त गाडीमा रहेका दुई जना बाहिर निस्कन सफल भए पनि अन्य दुई जना भने बाढीमा बगेका थिए।

मङ्गलवार बिहानै, बुरोवाका बासिन्दालाई तेज गतिमा बाढी आइरहेको भन्दै, सुरक्षित स्थानमा सर्नाका लागि आदेश जारी गरिएको थियो।

“बिरोवा ड्याम भरिएर खतराको स्तरमा पुगेकाले प्रभावितलाई स्थान खालि गर्नका लागि आदेश दिइएको छ,” आपतकालिन सेवा विभागले जनाएको छ।

प्रभावितहरूले बुरोवा सो ग्राउन्डमा आश्रय लिन सक्ने बताइएको छ।

यता टुमट क्याराभान पार्क क्षेत्रका मानिसहरूलाई पनि केही दिनदेखिको लगातारको वर्षाको कारण मुरुमबिड्गी नदी र आस पासका क्षेत्रमा बाढीको सम्भावना रहेको भन्दै खाली गर्न भनिएको छ।

कोटामुन्द्राको मुटामा क्रिकमा बसोबास गर्नेहरूका लागि पनि सुरक्षित स्थान सार्नका लागि आदेश जारी गरिएको छ।

यसै गरी स्नोइ माउन्टेन हाइवे र ब्याटलो रोडका मानिसहरूलाई पनि स्थान खालि गर्न आदेश दिइएको छ।

एडिलोङ्गको टुमट र सेल्वीन स्ट्रिटमा पनि बाढीको सम्भावना पछि मानिसहरूलाई सुरक्षित स्थानमा सर्न भनिएको छ।

राज्यभर 'वाच एन्ड एक्ट' चेतावनीहरू जरी भएका छन्।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स 

एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now