SKIP TO MAIN CONTENT

ब़ाब डिलनलाई नोबेल साहित्य पुरस्कार

Bob Dylan gets Nobel prize for Literature
Source: AFP

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अमेरिकी गायक ब़ाब डिलनलाई बहुप्रतिष्ठित नोबेल साहित्य पुरस्कारले सम्मानित गरिएको छ। डिलनलाई उनले अमेरिकी कला संस्कृति, खासगरी गायनमा कवितात्मक शैली प्रवेश गराएको बिशेष योगदानलाई कदर गरिदै पुरस्कार दिईएको बताईएको छ।

७५ बर्षीय यी गायकले सन् १९६० को दशकदेखि नै अमेरिकी ईतिहासलाई आफ्नो केन्द्र बनाउदै, समाजमा रहेको विसंगतिहरु सबंधमा गीत लेख्ने र गाउने गर्दै आएका छन्। उनका बहुचर्चित गीतहरु मा "ब्लोइंग इन द विन्ड" र :"टाइम्स, दे आर चेंजिंग"  रहेको छ।

पुरस्कार प्रदान गर्ने नोबेल समितिले बिगत ५४ बर्ष देखि गायक डिलनले आफूलाई निरन्तर सिर्जनशील बनाउदै, कला र साहित्य क्षेत्रमा ठूलो योगदान पुर्रयाएको उल्लेख गरेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now