SKIP TO MAIN CONTENT

बिदेशी चिकित्सकलाई अस्ट्रेलियामा काम गर्न रोकको प्रस्ताब

A file image of a doctor at the Royal Liverpool University Hospital, Liverpool
A file image of a doctor at the Royal Liverpool University Hospital, Liverpool Source: AAP

1 min read

Published

Source: The Australian


Skip to article content

अस्ट्रेलियाको स्वस्थ्य विभागले विदेशमा पढेका चिकित्सकहरुलाई यहाँ काम गर्न पाउने अनुमतिमा (भिसा ) रोक लगाउने प्रस्ताब गरेको छ।

द अस्ट्रेलियन नामक पत्रिका मा प्रकाशित समाचार अनुसार, हाल Skilled Occupation List अन्तर्गत रहेका चिकित्सक, सर्जन लगायतका स्वास्थ्यकर्मीहरुलाई, बिदेशमा पढेर तालिम लिए पनि यहाँ काम गर्न पाउने हाल उपलब्ध रहेको अधिकारको, कटौती को प्रयासमा उक्त बिभाग रहेको छ। तर समाचारमा जनाइए अनुसार म्यालकम टर्नबुलको सरकारले अहिलेसम्म उक्त प्रस्ताबमा सहमति जनाईसकेको छैन।

यसरी विदेशबाट आउने स्वास्थ्यकर्मीहरुमा कमी आएको खण्डमा, यहाँका स्थानीयहरुलाई त्यस क्षेत्रमा लाग्न प्रोत्साहन दिदै, खासगरी मुख्य शहरहरुभन्दा बाहिर बढ्न मागलाई पूर्ति गर्ने उक्त बिभागको योजना रहेको बताईन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now