त्यहाँको स्थानिय अधिकारीहरुको अनुसार, पहिरोमा परेर काठमाडौं र खोटाङमा तीन–तीन जना, ओखलढुङ्गा, पर्सा, रामेछाप, सिन्धुली, मकवानपुर, ललितपुर र धादिङमा एक–एक जना तथा भोजपुरमा र काभ्रेमा दुई–दुई जना गरी १७ जनाको मृत्यु भएको छ।
नेपालको जल तथा मौसम विभागले पूरै नेपाली भूभागमा अविरल वर्षाको क्रम भोलि आइतवारसम्म चल्ने बताएको छ।
बिबिसिका अनुसार, अस्ति बिहीवारदेखि, मुख्य रूपमा प्रदेश नम्बर १, २ र ३ र सबै चुरे क्षेत्रका खोलाहरूमा बाढीको भेलसम्बन्धमा सचेत गराइएको थियो।
यसअघि नै राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले मेची, निन्दा, विरिङ, मावा-रतुवा, नुनखोला, लोहन्द्रा, बुढीखोला, खेसिलिया, सुनसरी खोला, त्रियुगा, वालन, खुट्टी, चुरिया खोला, खाडो, माहुली, रातो, हर्दी, लगायतका साना नदीहरू आसपासमा सतर्क रहन सूचना जारी गरेको थियो।
यो प्राकृतिक प्रकोपका कारणले बिभिन्न स्थानमा आठ जना बेपत्ता छन भने १३ जना घाइते र अर्को करिब १२ सय मानिसहरू विस्थापित भएका छन्। उद्धार र विपद् प्रतिकार्यको काम तीव्र बनाइएको अधिकारीहरूको भनाइ छ।
