SKIP TO MAIN CONTENT

बल्ल पायो एनआरएनले लाप्राकमा घर बनाउने अनुमति

गए अप्रिल महिनामा गोर्खा जिल्लाको लाप्राकमा भूकम्प पीडितहरुका लागि ५७३ घर निर्माण गर्नेभनि गैर आवासीय नेपाली संघ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बीच भएको सहमति अहिले आएर कार्यान्वयन हुने देखिएको छ।

Nepal PM Pushpa Kamal Dahal with NRN President Shesh Ghale laying the foundation for building houses in Laprak, Gorkha
गए अक्टोबरमा लाप्राकमा एकीकृत वस्ती शिलन्यास गर्दै प्रधानमन्त्री पुष्प कमल दाहाल र एनआरएन अध्यक्ष शेष घले Source: NRN

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS


Skip to article content

गए अप्रिल महिनामा गोर्खा जिल्लाको लाप्राकमा भूकम्प पीडितहरुका लागि ५७३ घर निर्माण गर्नेभनि गैर आवासीय नेपाली संघ र राष्ट्रिय पुनःनिर्माण प्राधिकरण बीच भएको सहमति अहिले आएर कार्यान्वयन हुने देखिएको छ।

गए वर्षको विनाशकारी भूकम्प पछि गुप्सिपाखामा शरण लिरहेकाहरुका लागि उक्त नमुना बस्ती निर्माण गर्ने सहमति भएको थियो।

एनआरएन द्वारा जारी गरिएको एक बिज्ञप्तिका अनुसार यसअघि सरकारले दिएको अनुमतिमा एनआरएनले 'कार्यबिधिअनुसार' वस्ती निर्माण गर्नुपर्ने सर्त थियो । जसको अर्थ लाभाग्राहीकै हातमा सरकारले तोकेको तीन लाख रुपैयाँ हस्तान्तरण गर्नुपर्ने थियो ।

तर, लाप्राकका स्थानीय वासिन्दाले गैरआवासीय नेपाली संघले नै वस्ती बनाइदियोस् भन्दै प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएपछि सरकारले 'पाइलट प्रोजेक्ट'का रुपमा गैरआवासीय नेपाली संघले नै घर बनाइदिन पाउनेगरी नयाँ निर्णय गरेको बिज्ञप्तिमा बताइएको छ।

लाप्राकको नमुना बस्ती निर्माणमा कार्यविधिमा रहेको ३ लाखको सिलिङ लागू नहुने र पीडितको खातामा पैसा जम्मा गर्नु पर्ने र घर पीडितले बनाउनु पर्ने व्यवस्था पनि लागू नहुने एनआरएनको भनाइ छ।

गैर आवासीय संघका अध्यक्ष शेष घलेले पुनःनिर्माण प्राधिकरणको अनुमतिका साथ् आजैदेखि गाउँ पुगेर काम थाल्ने बताएका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now