SKIP TO MAIN CONTENT

बलात्कार आरोपित बलरामको मुद्दा जुन अन्त्यसम्म स्थगित

दक्षिण सिड्नीमा एक महिलाको कथित बलात्कार गरेको आरोप लागेका नेपाली नागरिक बलराम शिवको मुद्दा आगामी जुन महिनाको अन्त्य सम्मको लागि स्थगित गर्दै अदालतले उनलाई जमानत नदिने पनि फैसला गरेको छ।

NSW Police Force detectives escort the man through Sydney Airport.
NSW Police Force detectives escort the man through Sydney Airport. Source: NSW Police Force

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सन् २०१७ मा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिला माथि कथित यौन हमला गरेको आरोपमा गए शनिवार संयुक्त राज्य बाट सिड्नी ल्याइएका बलराम शिवलाई सोमबार ६ मेको दिन सदरल्याण्ड अदालत समक्ष प्रस्तुत गरिएको थियो।

३५ वर्षीय शिवलाई जमानत नदिने निर्णय गर्दै न्यायाधीश पी बगडेनले मुद्दाको सुनवाईलाई आगामी जुन महिनाको अन्त्यसम्मको लागि स्थगित गरेका छन्।

दक्षिण सिड्नी स्थित सदरल्याण्ड अदालतको उक्त निर्णयको मतलब हालको लागि उनी हिरासतमै रहने छन्।

A tourist who allegedly raped a woman in a Sydney apartment before fleeing the country hours later has been extradited from the United States.
A tourist who allegedly raped a woman in a Sydney apartment before fleeing the country hours later has been extradited from the United States. Source: NSW Police Force

आरोप के हो?

न्यु साउथ वेल्स प्रहरीका अनुसार पर्यटन भिसामा अस्ट्रेलिया आएका बलराम शिवले सन् २०१७ को जुन महिनामा कार्लटन स्थित अपार्टमेन्टमा एक २१ वर्षीय महिला माथि कथित यौन हमला गरेको आरोप रहेको छ।

घटना भएको केही घटना पछि आरोपित व्यक्ति संयुक्त राज्य गएको प्रहरीको भनाइ छ।

संयुक्त राज्यसँगको सुपुर्दगी सन्धिकासाथ सङ्घीय महान्याधिवक्ता समक्ष बुझाइएको आवेदन पछि प्राप्त वारेन्टको आधारमा न्यु साउथ वेल्स प्रहरीका सेन्ट जर्ज इलाका कमाण्डका केही सदस्य न्युयोर्क पुगेका थिए।

१७ जनवरी २०१९ मा न्युयोर्क प्रहरीद्वारा हिरासतमा लिइएका उक्त पुरुषलाई लस एन्जलस लागिएको थियो र गए मे २ को दिन न्यु साउथ वेल्स प्रहरी समक्ष सुपुर्दगी गरिएको थियो।

शनिवार, ४ मेको दिन सिड्नी ल्याइएका उक्त पुरुष माथि प्रहरीद्वारा अनुमति बिना यौन सम्पर्क राखेको दुई आरोप र अभद्र क्रियाकलापमा संलग्न भएको पाँच ओटा आरोप लगाएको हो।

आइतबार पनि पश्चिम सिड्नीको पारामाटा अदालतमा पनि उनको जमानत अस्वीकार भएको थियो।

त्यहाँबाट उनको मुद्दा सदरल्याण्ड अदालत सारिएको हो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now