SKIP TO MAIN CONTENT

बार्नबी जोइस पुन: बने अस्ट्रेलियाका उप-प्रधानमन्त्री

माइकल मक्कोर्म्याकलाई नेश्नल पार्टीको प्रमुखबाट अपदस्थ गरेर बार्नबी जोइस बने नयाँ नेता छन्।

Nationals member for New England Barnaby Joyce during Question Time in the House of Representatives at Parliament House in Canberra, Tuesday, February 23, 2021. (AAP Image/Mick Tsikas) NO ARCHIVING
Barnaby Joyce has reclaimed his job as leader of the federal Nationals party after ousting Michael McCormack in a leadership spill on Monday morning. Source: AAP

2 min read

Published

Updated



Skip to article content

प्रधानमन्त्री स्कट मोरिसनको मौसम परिवर्तन सम्बन्धी नीतिमा व्यापक असर पुर्‍याउने गरी गठबन्धन सरकारको एक घटक - नेश्नल पार्टी अफ अस्ट्रेलियाको नेतृत्व फेरी एक पटक बार्नबी जोइसको पोल्टामा पुगेको छ।

सोमवार बिहान भएको नेश्नल पार्टी नेतृत्वको लडाइँमा माइकल मक्कोर्म्याकलाई पराजित गर्दै उनी पुनः गठबन्धन सरकारमा फर्किन सफल भएका छन्।

योसँगै क्विन्सल्यान्डको न्यु इङ्गल्यान्ड चुनावी क्षेत्रलाई सङ्घीय संसद्मा प्रतिनिधित्व प्रदान गर्ने बार्नबी जोइस पुनः एक पटक अस्ट्रेलियाको उप-प्रधानमन्त्री बन्ने भएका हुन्।

नेश्नल्स पनि भनिने गठबन्धन सकारको साझेदार उक्त पार्टीले नेतृत्व चयनका लागि भएका मतदानको सङ्ख्या बारे जानकारी सार्वजनिक गर्ने गरेको छैन।

तर पार्टीका ह्विप डेमियन ड्रमले बार्नबी जोइस अब आफ्नो पार्टीको नयाँ नेता छानिएका र उनी अस्ट्रेलियाको उप-प्रधानमन्त्री बन्ने पुष्टि गर्दै भने, "बार्नबी जोइस सङ्घीय तहमा नेश्नल पार्टीका नेता चुनिएका छन्।" 

सन् २०१८ फेब्रुअरीमा आफ्ना एक पूर्व कर्मचारी विक्की क्याम्पियनसँग अन्तरङ्ग सम्बन्ध राखेको पुष्टि भएपछि उनले नेश्नल पार्टीको नेतृत्वबाट राजीनामा गर्नुपरेको थियो।

Barnaby Joyce and partner Vikki Campion (file image)
Barnaby Joyce and partner Vikki Campion have two sons. Source: AAP

पार्टीको नेतृत्वबाट मतदान प्रक्रियाबाट हटाइएपछिको आफ्नो प्रारम्भिक प्रतिक्रिया दिँदै माइकल मक्कोर्म्याकले "यसलाई प्रजातन्त्र भनिन्छ" भन्ने टिप्पणी गरेका छन्।

सङ्घीय मन्त्रिपरिषद्मा जोइसको पुनर्आगमनसँगै मोरिसन सरकारको मौसम परिवर्तन सम्बन्धी नीतिमा व्यापक हेरफेर हुनसक्ने बताइएको छ।

गत हप्ता नेश्नल पार्टीका एक वरिष्ठ सदस्य तथा मोरिसन सरकारमा जलस्रोत लगायत उत्तरी अस्ट्रेलियाका लागि मन्त्री कीथ पीटले प्रधानमन्त्रीको शून्य उत्सर्जन बारे अभिव्यक्ति भन्दा उल्टो टिप्पणी गरेर गठबन्धन भित्रको अन्तर्विरोध उजागर गरिदिएका थिए।

सन् २०५० सम्ममा अस्ट्रेलियाको उत्सर्जनलाई शून्यमा पुर्‍याउने आफ्नो इच्छा रहेको स्कट मोरिसनले बताएका थिए।

तर, नेश्नल पार्टी भित्र उक्त उत्सर्जन लक्ष्यलाई लिएर निकै कडा प्रतिरोध छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now