SKIP TO MAIN CONTENT

बसमा करेन्ट लाग्दा जन्ती गएका ६ जनाको ज्यान गयो

धनुषा जिल्लाको सबैला भन्ने स्थानबाट जन्ती लिएर सिन्धुली फर्कँदै गरेको बसमा शुक्रवार साँझ करेन्ट लाग्दा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

Electrical Power Lines
Electrical Power Lines Source: Pixabay, aitoff

1 min read

Published

Updated

By Sunita Pokharel


Skip to article content

जन्ती सवार रहेको बसको छतमा एक टिनको बाकसले  विद्युत् हाइ टेन्सन लाइनको तार छुँदा करेन्ट प्रवाह भई बसमा सवार ६ जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ। 

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार ४० -४५ जना सवार रहेको ना ५ ख १७५२ नम्बरको लालिमा डिलक्सको बसमा करेन्ट लाग्दा घाइते भएका १० जनाको जनकपुर अञ्चल अस्पतालमा उपचार भइरहेको छ।

घाइते भएकाहरू मध्ये सह चालकको अवस्था गम्भीर रहेकाले उपचारका लागी अन्यत्रै रिफर गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले एसबीएस नेपालीलाई जानकारी दिए।

तर उनले कति भोल्टको करेन्ट प्रवाह भएको हो भन्ने बारे यकिन गर्न नसकिए पनि हाइ टेन्सन लाइनको तार छोएकोले करेन्ट शक्तिशाली भएको अनुमान गर्न सकिने बताएका छन्।

बेहुला र बेहुली भने अर्को गाडीमा सवार रहेकाले सुरक्षित छन्।

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now