'यात्राका लागि तैयार रहनुहोस्': अस्ट्रेलिया सरकारका यात्रा सम्बन्धी पछिल्ला सल्लाहहरू

विश्वभर मङ्गकीपक्स र कोभिड–१९ केसहरू उकालो लाग्दा अन्तर्राष्ट्रिय यात्रा झनै जटिल बन्दै गएको अस्ट्रेलियाली सरकारको विदेश मामिला एवम् व्यापार विभागले बताएको छ।

AUSTRALIA-SYDNEY-COVID-19-BORDER REOPENING

Passengers at Sydney Airport in Australia. (file) Credit: Xinhua News Agency/Xinhua News Agency via Getty Ima

मुख्य बिषय:

  • खोप नलागकाएका अस्ट्रेलियालीहरु अन्तर्राष्ट्रिय यात्राका लागि नजान विदेश मामिला एवम् व्यापार विभागको सुझाव
  • यात्राका क्रममा सम्भावित खतरालाई मध्यनजर गर्दै आकस्मिक योजना बनाउन अस्ट्रेलियाका उपस्वास्थ्य प्रमुखको सुझाव
  • र अटागीद्धारा जोखिममा रहेका विशेष समूहलाई यात्राको चारदेखि ६ हप्ता अघि मङ्गकीपक्स विरुद्धको खोप लिन सुझाव

मेलबर्न निवासी निशा अन्टिल आगामी सेप्टेम्बरमा आफ्नो परिवारसहित भारत जाने तैयारीमा छिन्।

तर विश्वभर बढी रहेका मङ्गकीपक्स र कोरोनाभाइरसका केसहरूका कारण यात्रा सोचेजस्तो नहुने हो कि भन्ने चिन्ताले उनलाई सताइरहेको छ।

महामारीका बेला अस्ट्रेलियाले सीमा बन्द गर्दा उनका पति भारतमै लामो समय फस्नु परेका कारण पनि उनमा डर पैदा भएको हो।

“सबैभन्दा चासोको विषय भनेको चाहिँ भारत र अस्ट्रेलियाको उडान बन्द हुने वा ट्रान्जिटमा समस्या आउने हो कि भन्नेमा हो,” दुई सन्तानकी आमा एन्टिलले भनिन्।

भारत जान चाहने मानिसहरूका लागि सरकारले जारी गरेको सुझाव भनेको चाहिँ, 'उच्च तहको सावधानी अपनाउनुहोस्' भन्ने हो।

छोटो सूचना दिएर कोभिड–१९ प्रतिबन्ध, स्थानीय लकडाउन वा कर्फ्यु लाग्न सक्ने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ।

Nisha.jpeg
Nisha Antil and her family Credit: Nisha Antil

विदेश मामिला एवम् व्यापार विभागका प्रवक्ताले यात्रा गर्दा सधैँ जोखिम रहने एसबीएसलाई बताए।

“अन्तर्राष्ट्रिय यात्राको अवस्था झनै जटिल छ, यात्राका लागि तैयार रहँदा सबै पक्षहरूका बारेमा पूर्ण जानकार हुन् आग्रह गर्छौ,” प्रवक्ताले भने।

यात्राका लागि तैयार रहनुस् भनेको के हो त?

१. आफ्नो गन्तव्यका बारेमा अनुसन्धान गर्ने

अस्ट्रेलियालीहरुले स्मार्टट्राभलर नामक सरकारी एप मार्फत यात्रा सम्बन्धी पछिल्ला जानकारीहरू लिन सकिन्छ।

उक्त एपमा १७८ वटा स्थानहरूका बारेमा त्यहाँका आवश्यताहरु र जोखिमहरूका बारेमा जानकारी राखिएको छ।

यसै गरी अस्ट्रेलियाली कन्सुलर कार्यालयमा पहुँच कसरी राख्ने भन्ने जानकारी पनि उक्त एपका उपलब्ध रहेको छ।

अस्ट्रेलिया भित्रँदै गरेका यात्रुहरूले चाहिँ, आउनु अघि सीमा प्रतिबन्ध र स्थानीय आवश्यकताहरूका बारेमा थाहा पाउनु पर्दछ।

स्मार्टट्राभलरका सामाग्री अङ्ग्रेजी, थाई, इन्डोनेसियाली, अरबी, भियतनामी र सरलीकृत एवम् परम्परागत चिनिया भाषामा उपलब्ध छ।

२.खोपमा अप टु डेट रहनुस्

खोप नलगाएका अस्ट्रेलियाली नागरिक, स्थायी बासिन्दा एवम् अन्तर्राष्ट्रिय यात्रुहरू अस्ट्रेलियाबाट जुनसुकै समय बाहिरिन सक्दछन्।

तर कतिपय देशहरूमा चाहिँ त्यहाँ जाँदा कोभिड–१९ खोप लगाएको प्रमाण देखाउनु पर्दछ।

परराष्ट्र एवम् व्यापार विभागका प्रवक्ताले कोभिड–१९ विरुद्ध खोप नलगाएका अस्ट्रेलियालीहरुलाई स्वास्थ्य जोखिमका कारण विदेश भ्रमण नगर्नका लागि सुझाव दिन्छन्।

३.वैकल्पिक अथवा आकस्मिक योजना बनाउनुहोस्

अस्ट्रेलियाका उपस्वास्थ्य प्रमुख माइकल किड विदेश भ्रमणका क्रममा बिरामी परे वा आइसोलेसनमा बस्नु परेको खण्डमा वैकल्पिक योजना तैयार राख्न सुझाव दिन्छन्।

“सबै अस्ट्रेलियालीहरुले स्थानीय रूपमा लागु हुने जनस्वास्थ्य सम्बन्धी निर्देशनहरूको पालना गर्नु जरुरी छ,” प्राध्यापक किडले भने।

तपाई बिरामी हुनु भयो वा तपाईँको यात्राको योजना बिग्रियो भने दैनिक रूपमा धेरै स्थानको भ्रमण गर्नु भन्दा थोरै स्थानमा भ्रमण गर्नु समझदारी हुन्छ
माइकल किड उपस्वास्थ्य प्रमुख

४.यात्रा बिमा गर्नुहोस्

कोभिड–१९ सम्बन्धी स्वास्थ्य समस्या एवम् यात्रा स्थगन सम्बन्धी घटनाहरू बिमाको सीमा भित्र पर्छ की पर्दैन भनेर ध्यान दिन पनि सुझाव दिइएको छ।

स्मार्टट्राभलरले बिमा खरिद गर्दा प्राप्त गर्ने सुविधाहरूको विकल्पहरूकाबिच छान्न सजिलो होस् भनेर च्वाइँस नामक संस्थासँग सहकार्य गरेको छ।

मङ्गकीपक्सको अवस्था के छ त?

विश्वमा मङ्गकीपक्सका केसहरू बढ्दै जाँदा, २३ जुलाईमा विश्व स्वास्थ्य सङ्गठनले यसलाई महामारी घोषणा गरेको हो।

१ जनवरीसम्म विश्वका ८३ देशमा २३,००० भन्दा बढी केस र ८ जनाको मृत्यु रेकर्ड भइसकेको छ।

अस्ट्रेलियामा चाहिँ हालसम्म ५८ वटा मङ्गकीपक्सका केसहरू फेला परेका छन्। ती मध्ये अधिकांस विदेशबाट फर्किएका मानिसहरूमा भेटिएका हुन्।

स्वास्थ्य एवम् बृद्धास्याहार सम्बन्धी विभागका प्रवक्ताले मङ्गकीपक्सका सङ्क्रमण भेटिएका मुलुकमा यात्रा गर्दा वा त्यहाँबाट फर्कँदा विशेष ख्याल राख्नु पर्ने सुझाव दिएका छन्।

“भाइरसबाट सङ्क्रमित भएको शङ्का लागे तुरुन्तै स्वास्थ्य सहयोग लिईहाल्नु पर्दछ,” प्रवक्ताले भने।

विदेश भ्रमणमा जाँदा मङ्गकीपक्स विरुद्धको खोप लिनु पर्छ?

विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्क अनुसार ९८ प्रतिशत केसहरू पुरुषसँग सहवास गर्ने पुरुषहरूमा देखिएको छ।

र दोस्रो पुस्ताको स्मलपक्स खोप एसिएएम२००० मङ्गकीपक्स विरुद्ध प्रभावकारी नभएको पनि देखिएको छ।

कमजोर प्रतिरक्षा प्रणाली र एचआइभी भएका मानिसहरूलाई यो खोप सिफारिस गरिएको छैन।

तर अस्ट्रेलियाले धेरै सुरक्षित र तेस्रो पुस्ताको खोप जेनोसको आपूर्ति सुरक्षित गरेको छ।

कमजोर समूहहरूले अर्को हप्ताबाट उक्त खोप लगाउन सक्नेछन्।

अस्ट्रेलियाको खोप सम्बन्धी प्राविधिक सल्लाहकार समूहले जेनोसलाई कम्तीमा २८ दिनको अन्तरमा लगाउन सुझाव दिएको छ।

रोग प्रतिरोध क्षमता कम भएका मानिस, बालबालिका र गर्भावस्थामा रहेकाहरूले पनि जोखिमको मूल्याङ्कन गरी लगाउन सक्ने अटागीले बताएको छ।

अटागीले निम्न समूहका मानिसलाई जेनोस खोप लिनका लागि सिफारिस गरेको छ:

१. विगत १४ दिनमा मङ्गकीपक्स भाइरसको सम्पर्कमा आएका र सार्वजनिक स्वास्थ्य अधिकारीहरूले खोपका लागि सल्लाह दिएका।

२.समलिङ्गी, पुरुष र महिला दुवैसँग सम्पर्क राख्ने वा पुरुष पुरुषका बिचमा सम्पर्क राख्ने अन्य मानिसहरू।

३.यौनकर्मी, जसका ग्राहक उच्च जोखिममा छन्।

४.माथिको जोखिममा रहेका मानिसहरू यात्राका क्रममा मङ्गकीपक्सको प्रकोपमा परेका मुलुकमा जाने भए, प्रस्थान गर्नु चारदेखि ६ हप्ता अघि।

५.एसिएएम२००० स्मलपक्स खोपका प्रदायकहरू।

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus


Share

4 min read

Published

Updated

By Yumi Oba

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now