SKIP TO MAIN CONTENT

गर्भाशय क्यान्सर: सुरु हुनु अघि नै रोकथाम गर्न सकिने

लाजका कारणल‍े गर्भाशय क्यानसरको लागि गरिने पूर्व परिक्षणहरुमा धेरै महिलाहरुले भाग नलिने तथ्यांकहरुले जनाउछन्।

Cervical cancer could soon be eliminated as a public health issue, say global medical experts.
Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

महिलाहरूलाई लाग्ने गर्भाशय क्यान्सरका कारण अस्ट्रेलियामा यो बर्षमात्र २५६ महिलाको ज्यान जाने बताइन्छ।

तर आश्चर्य त के भने, यो क्यान्सर सुरु हुनु अघि नै रोकथाम गर्न सकिने बताइन्छ, तर यहाँ बस्ने आधाभन्दा बढी महिलाहरूले यससम्बन्धी नियमित जाँचको वास्ता गरेका छैनन्।

एच पी भी भाइरसका कारण लाग्ने यो क्यान्सर रोक्नका लागि खोप सुरु भइसकेको छ।

खोप नलिएका महिलाहरूको पनि जाँच गर्दा यी भाइरस छ भने पत्ता लाग्छ, र यसको रोकथामको प्रक्रिया सुरु गर्न सकिन्छ।

प्रत्येक दुई वर्षमा गरिने प्याप परिक्षणसँगसँगै, अस्ट्रेलियाको सरकारले सन् २०१७ देखि एच पी भी परीक्षण पनि सुरु गरेको छ।

सन् १९९१ देखि सुरु भएको परीक्षण कार्यक्रमका कारण गर्भाशय क्यान्सरका कारणले मारिनेहरूको सङ्ख्या आधाले घटेको छ।

अस्ट्रेलियाको विद्यालय जानेहरूले खोप लिने मौका पाए पनि, प्रवासीको रूपमा यहाँ आई बस्ने महिलाहरूको खोप लिने दर उच्च नरहेको बताइन्छ।

त्यसैले, यहाँ आउने बित्तिकै यो आवश्यक खोप लिन स्थानीय स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।

कतिपय महिलाहरू अगाडि नआउनुको कारण लाज रहेको सर्वेक्षणहरूले देखाउँछ।

एक चौथाइ महिलाहरू आफूले परीक्षणको लागि चासो नदेखाउनुको कारण- एच पी भी परीक्षण सहज र स्वाभाविक नभएको बताउँछन्- खास गरी यौन अङ्गसँग यो सम्बन्धित रहेका कारण।

Indian woman
I slowly started having open, honest conversations about female sexuality with other women. Source: Getty Images

तर लाज, वा डरका कारणले रोकिने रोगलाई पनि फैलने मौका दिँदा ज्यान नै पनि जाने खतरा रहेको हुन्छ।

त्यही भएर, न्यु साउथ वेल्सको परिवार नियोजनसम्बन्धिकी सरकारी अधिकारी, डाक्टर क्लेर बोर्माले- आफ्नो असहजताको बारेमा सम्बन्धित चिकित्सकलाई सुनाएमा, परीक्षण भयरहित वातावरणमा हुने सम्भावना बढी रहन्छ भनी आश्वासन दिन्छिन्।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now