SKIP TO MAIN CONTENT

भिक्टोरियाका एक नेपाली शेफलाई २३ वर्ष जेल सजाय

ब्यालाराट स्थित एक भारतीय रेस्टुरेन्टमा कार्यरत नेपाली शेफ हरिप्रसाद ढकाललाई आफ्ना एक ग्राहकको हत्या गरेको आरोपमा २३ वर्षे जेल सजाय सुनाइएको छ।

Abdullah Siddiqui was fatally stabbed at a Ballarat restaurant in 2016.
Abdullah Siddiqui was fatally stabbed at a Ballarat restaurant in 2016 Source: Facebook

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS


Skip to article content

५१ वर्षे ढकालले सन् २०१६ सालमा ब्यालाराट करी हाउसमा आएका एक पाकिस्तानी मूलका ३८ वर्षे अब्दुल्ला सिद्दीकीसँग भएको झगडा पछि उनी माथि पटक पटक छुरा प्रहार गरी उनको हत्या गरेको भिक्टोरियाली सर्वोच्च अदालत समक्ष बताइएको थियो।

गत मे २३ मा ब्यालाराट स्थित अदालतमा १२ सदस्य जुरीद्वारा ढकाल दोषी भएको ठहर गरे पछि आजको लागि सुनवाईको मिति तोकिएको थियो।

आफ्नो फैसला सुनाउँदै न्यायाधीश लेक्स लाज्रीले भने कि प्राय मद्यपान नगर्ने सिद्धिकीले घटनाको दिन एक जिम बिम नामक मदिराको बोतल लिएर उक्त रेस्टुरेन्ट पुगेका थिए।

Ballarat curry house
Source: SBS

घटनाको समयमा सिद्धिकी रेस्टुरेन्टको एक्लो ग्राहक रहेको र आफ्नो खान सकेर काउन्टरमा थप पिरो खान ल्याउन भन्दा शेफ ढकालले उनलाई धेरै मदिरा सेवन गरेको कारण फर्किन भनेका थिए।

त्यस पछि पाकिस्तानी आइटी कर्मचारीले हिन्दी भाषामा शेफ विरुद्ध अपशब्द प्रयोग गरेको र दुवै बिच मारपिट भएको अदालत समक्ष बताइएको थियो।

यसै क्रममा ढकालले छुरा प्रयोग गरी १७ पटक सम्म प्रहार गरेका थिए।

त्यस घटनामा सिद्धिकीको टाउको, घाँटी, हात लगायतका ठाउँहरूमा चोट लागेको थियो भने उनको नसाहरू, रुद्र घण्टी, मेरुदण्ड एवं मस्तिष्कमा नराम्रो क्षति पुगेको थियो।

न्यायाधीश लाज्रीले सजाय सुनाउँदै भने, "म मृतक आक्रामक थियो भन्ने स्वीकार गर्दछु र तपाईँले त्यसको अनायास नै जवाफ दिनुभयो"।

"तर उनको आक्रमकताको अनुपातमा तपाईँको उनीमाथि छुरा प्रहार गर्ने प्रतिक्रिया चाहिने भन्दा बढी थियो। "

ढकालले आफ्नो वकिल - थियो अलेक्जेंडर - मार्फत श्री सिद्धिकीको आफूबाट हत्या नभई आत्म-रक्षा गर्न खोज्दा उनको ज्यान गएको जिकिर गरेका थिए।

अलेक्जेंडरले अदालतलाई ढकालले श्री सिद्धिकीले चर्का चर्कीको क्रममा एउटा चक्कु लिएको देखेर आफू डराएको बताएका थिए।

२३ वर्ष सजाय पाएका ढकालले कम्तीमा १७ वर्ष जेल सजाय भोग्नु पर्ने छ।

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now