SKIP TO MAIN CONTENT

भारत निर्वाचन परिणाम : कलाकारहरूको जित र हार

भारतीय संसद्को तल्लो सदन लोकसभाको ५४३ सिटहरूका लागी भएको निर्वाचनमा भारतीय सिने जगतका केही कलाकारहरूको उम्मेदवारी परेको थियो। पर्दामा दर्शकहरूको मन जितेका केही कलाकारहरू संसद्मा देखिने भए पनि केहिले निराशा पाएका छन्।

Sunny Deol, BJP MP
Bollywood actor and Bharatiya Janata Party (BJP) and Shiromani Akali Dal's (SAD) joint candidate from Gurdaspur, Sunny Deol (2-L).AAP Image/EPA/RAMINDER PAL SIN Source: AAP Image/EPA/RAMINDER PAL SINGH

5 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS Hindi


Skip to article content

२०१९ को लोकसभा निर्वाचनमा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक जीत हासिल गर्दा यतिखेर धेरैको ध्यान खिच्न सफल भएका छन् सानो र ठुलो पर्दामा देखिने कलाकारहरूले।

कलाकारिताबाट दर्शकको मन जित्न सफल त्यस्ता कलाकारहरू मध्ये कतिपयले राजनीतिज्ञका रूपमा पनि सफलता पाएको देखियो भने केही चर्चित कलाकारहरूले पर्दामा पाएको समर्थन निर्वाचनमा पाउन सकेनन्।

निर्वाचनमा सफल र असफल केही कलाकारहरूको बारेमा चर्चा गर्दा आफ्नो जितले धेरैलाई चकित बनाएकी स्मृति इरानीको नाम पहिलो स्थानमा आउँछ।

स्मृति इरानी- जित (भाजपा)

Smriti Irani
Union Minister and BJP candidate from Amethi constituency Smriti Irani (L). (Photo by Sameer Sehgal/Hindustan Times/Sipa USA). Source: AAP Image/Sameer Sehgal/Hindustan Times/Sipa USA

स्मृति इरानीले १७ औँ लोकसभा निर्वाचनमा जित हासिल गरेर संसद्मा आफ्नो उपस्थिति पक्का त बनाइन नै तर उनको जित मात्र होइन उनले प्रधान मन्त्रीका दाबेदार मानिएका काँग्रेस पार्टीका राहुल गान्धीलाई हराउनुले उनको चर्चा अझ बढी भयो।

काँग्रेस पार्टीको गढ मानिने अमेठीमा भारतीय जनता पार्टीबाट उठेकी इरानीले काँग्रेसका अध्यक्षलाई नै पराजित गरिन।

सोही स्थानबाट राहुल गान्धीले तिन पटक जित हासिल गरेका थिए भने उनकी आमा सोनिया गान्धी, सञ्जय गान्धी र राजीव गान्धीले पनि मत परिणाम आफ्नो तर्फ ल्याएका थिए।

यसरी गान्धी-नेहरू परिवारको गढ भनिने सो निर्वाचन क्षेत्रमा 'क्यू कि सास भी कभी बहु थि' नामक टेलिचलचित्रमा एक संस्कारी बुहारीको भूमिका निर्वाह गरेकी तुल्सी अर्थात् स्मृति इरानीले जितेर काँग्रेसलाई ठुलो झट्का दिएकी छन्।

सनी देओल- जित (भाजपा)

Sunny Deol
BJP candidate Sunny Deol during a political rally in Gurdaspur. Source: Twitter

भारतीय सिने जगतमा ढाई किलोको हात भएका नायक भनेर चिनिने सनी देओल पनि यस निर्वाचनमा जित हासिल गर्ने कलाकारको सुचीमा रहेका छन्।

घायल, बोर्डर, जित, गदर लगायत धेरै सफल चलचित्रका नायक देओलले पन्जाबको गुरदासपुर निर्वाचन क्षेत्रबाट संसद्मा उपस्थिति जनाउने भएका छन्।

हेमा मालिनी - जित (भाजपा)

Bollywood GupShup
Dream Girl, Hema Malini is BJP candidate from Mathura constituency. Source: Harpreet Kaur

बलिवूडकि ड्रिम गर्ल हेमा मालिनी पनि उत्तर प्रदेशको मथुराको सांसद बनेकी छन्।

२ लाख ७८ हजार बढी मतले राष्टिय लोकदलका उम्मेदवार नरेन्द्र सिंहलाई हराएकी हेमा मालिनीको सुन्दरताको चर्चा जति चल्थ्यो अब राजनीतिमा बलियो पकडका कारण थप चर्चित हुने भएकी छन्।

निर्वाचन पूर्व उनलाई यो निर्वाचनमा केही अड्चन आउन सक्ने अड्कल बाजी गरिएको थियो।

तर यो फराकिलो अन्तरको जितका साथ शोले चलचित्र कि बसन्तीले आफू लामो दौडको घोडा भएको सङ्केत गरेकी छन्।

शत्रुघ्न सिन्हा - हार (काँग्रेस)

Shatrughna Sinha
AAP Image/Parwaz Khan/Hindustan Times/Sipa USA Source: AAP Image/Parwaz Khan/Hindustan Times/Sipa USA

भाजपा बाट दुई पटक निर्वाचित हुन सफल चर्चित अभिनेता शत्रुघ्न सिन्हाले निर्वाचन भन्दा केही समय अगाडी मात्र काँग्रेस पार्टी प्रवेश गरेका थिए।

भाजपा बाट टिकट नपाए पछि आफ्नो सम्मान नभएको भन्दै काँग्रेस प्रवेश गरेका उनको भाजपा उम्मेदवार रवि शंकर प्रसाद सँगको टक्करमा हार भयो।

गहकिलो संवाद र विशेष गरी उनले 'खामोस' भन्ने तरिकाले चर्चित सिन्हाको तेस्रो पटक संसद् प्रवेश गर्ने अभिलाषालाई रविशंकरले २ लाख ८० हजार बढीको मतान्तरले 'खामोस' गरिदिएका छन्।

प्रकाश राज - हार (स्वतन्त्र उम्मेदवार)

Prakash Raj
South Indian Bollywood actor Prakash Raj, 53, an Independent candidate from Bangalore Central constituency. EPA/JAGADEESH NV Source: AAP Image/EPA/JAGADEESH NV

दक्षिण भारतीय चलचित्रका अत्यन्तै लोकप्रिय कलाकार प्रकाश राजले यो निर्वाचनमा नमिठो हार व्यहोर्नु परेको छ।

तामिल चलचित्रको रिमेक चलचित्र सिङ्घम मा जयकान्त शिक्रे को नाममा खलनायकको भूमिकामा देखिएका प्रकाश राज दर्शकको निकै प्रिय कलाकार बन्न सफल भएका थिए।

देशमा असहिष्णुताको विरुद्धमा काम गर्ने दाबी गर्दै आएका उनले बैंगलोर सेन्ट्रलबाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचनमा उठेका थिए।

तर लगभग २९ हजार मत मात्र प्राप्त गरेका प्रकाश राजले यो मत परिणाम आफ्नो गालामा दह्रो झापड भएको भनी स्वीकारेका छन्।

उनले सामाजिक सञ्जाल ट्विटरमा उनले तर धर्मनिरपेक्ष भारतका लागी आफ्नो लडाई जारी रहने बताएका छन्।

जय प्रदा - हार(भाजपा)

Jaya Prada
Bollywood actress Jaya Prada. (Photo by Burhaan Kinu/Hindustan Times via Getty Images) Source: rhaan Kinu/Hindustan Times via Getty Images

भारतीय जनता पार्टीका तर्फबाट निर्वाचनमा उम्मेदवारी दिएका अधिकांश कलाकारहरूले जित हासिल गरेको भए पनि जय प्रदा अपवाद बनेकी छन्।

समाजवादी पार्टीकी सान भनेर पनि हेरिने जय प्रदाका लागी भाजपा को टिकट नफापेको देखिएको छ।

समाजवादी पार्टीका आजम खानका विरुद्धमा चुनावी मैदानमा उत्रिएकी उनले एक लाख बढी मततान्तरको हार व्यहोर्नु पर्‍यो।

उत्तर प्रदेशको रामपुर निर्वाचन क्षेत्रबाट उठेका यी दुई प्रतिस्पर्धी बिच निर्वाचन प्रचार अभियानमा भएको भनाभनको निकै चर्चा भएको थियो।

उर्मिला मातोंडकर - हार (काँग्रेस)

Urmila Matondkar
Indian Bollywood actress and National Congress candidate for Mumbai north constituency Urmila Matondkar.STR/AFP/Getty Images Source: STR/AFP/Getty Images

भारतीय चलचित्रको एक समयको चर्चित नायिका उर्मिला मातोंडकरले उत्तरी मुम्बईबाट काँग्रेसलाई प्रतिनिधित्व गरेकी थिइन।

तर भाजपाका उम्मेदवार गोपाल शेट्टी ले लगभग ५ लाख को मतान्तरले रंगिला गर्ल लाई रङ्गहीन जस्तै बनाइ दिए।

उर्मिलाको जादु चल्न नसकेको सो निर्वाचन क्षेत्रमा निर्वाचन पूर्व नै यही परिणामको अपेक्षा गरिएको थियो।

राज बब्बर - हार (काँग्रेस)

Raj Babbar
Congress Uttar Pradesh President Raj Babbar during a press conference at UPPCC office. (Photo by Deepak Gupta/Hindustan Times via Getty Images) Source: Deepak Gupta/Hindustan Times via Getty Images

काँग्रेसको उत्तर प्रदेश अध्यक्ष समेत रहेका राज बब्बरले पनि यो पटक हार व्यहोर्नु परेको छ।

उत्तर प्रदेशमा काँग्रेसका एक महत्त्वपूर्ण नाम रहेका राज बब्बर यो पटक संसद्मा नदेखिने भएका छन्।

आगराको फतेहपुर सिक्री क्षेत्रबाट उम्मेदवारी दिएका बब्बरलाई भारतीय जनता पार्टीका उम्मेदवार राजकुमार चहरले लगभग ५ लाख मतान्तरले हराएका छन्।

किरण खेर - जित (भाजपा)

Kirron Kher and Anupam Kher
BJP candidate Kirron Kher shows her finger marked with indelible ink after casting her vote. (Photo by Sanjeev Sharma/Hindustan Times/Sipa USA ). Source: Sanjeev Sharma/Hindustan Times/Sipa USA

भाजपाका लागी चन्डीगढ क्षेत्रबाट उम्मेदवारी दिएकी किरण खेर चलचित्रमा जीवन्त अभिनय गर्ने कलाकार मात्र नभई अब सांसदका रूपमा पनि देखिने भएकी छन्।

देवदास, दोस्ताना लगायत दर्जनौँ चलचित्रमा अभिनय गरेकी किरण खेरले काँग्रेसका पवन कुमार बंसललाई उछिन्दै संसद्मा आफ्नो सिट सुरक्षित पारेकी हुन्।

उनका पति अभिनेता अनुपम खेरले सक्रिय रूपमा निर्वाचन प्रचार प्रसारमा किरण खेरलाई सघाएका थिए ।

यस सँगै अल इन्डिया तृणमूल काँग्रेस बाट उम्मेदवारी दिएकी बङ्गाली अभिनेत्री मुनमुन सेनाले भाजपा उम्मेदवार गायक बाबुल सुप्रियो बाट पराजित हुनु पर्‍यो।

आसनसोल निर्वाचन क्षेत्रमा चर्चित गायक र अभिनेत्रीबिचको प्रतिस्पर्धामा सुप्रियोले लगभग दुई लाखको मतान्तरले जित हासिल गरे।

भोजपुरी अभिनेता तथा गायक मनोज तिवारीले काँग्रेसकी महत्त्वपूर्ण नेत्री शिला दीक्षितलाई हराएका छन्।

भारतीय जनता पार्टीले २०१९ लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दा कलाकारिता क्षेत्रका हस्तीमा पनि जसले भाजपालाई रोजे उनीहरू मध्ये जया प्रद बाहेक अन्य सबैले सफलता पाएको देखिएको छ।

नर्थ इस्ट दिल्लीबाट भारतीय जनता पार्टी उम्मेदवार तिवारीले दीक्षितलाई साढे तीन लाख बढी मतले पराजित गरेका हुन्।

त्यस्तै अर्का भोजपुरी नायक रवि किशनले पनि भाजपा का तर्फबाट उत्तर प्रदेशको गोरखपुर क्षेत्रबाट उम्मेदवारी दिएका थिए। र उम्मेदवार मात्र होइन उनले ३ लाख बढी मत प्राप्त गरेर जीत नै हासिल गरेका छन्।

स्वतन्त्र उम्मेदवारका रूपमा कन्नड अभिनेत्री सुमनलताले कर्नाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीका छोरा निखिललाई पराजित गरेकी छन्।

यसरी भारतीय जनता पार्टीले २०१९ लोकसभा निर्वाचनमा ऐतिहासिक जित हासिल गर्दा कलाकारिता क्षेत्रका हस्तीमा पनि जसले भाजपालाई रोजे उनीहरू मध्ये जया प्रद बाहेक अन्य सबैले सफलता पाएको देखिएको छ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now