भारत—पाकिस्तानबीच पछिल्ला दिनहरुमा बढ्दै गएका तनाबका हिजो पाकिस्तान क्षेत्रबाट भएको गोलाबारी बाट भारतीय सैन्य मा कार्यरत एक नेपाली को ज्यान गएको छ। भारत—पाकिस्तान सीमावर्ती क्षेत्र रजौरीमा सुरक्षाका लागि खटिएका गोर्खा राइफलमा कार्यरत राइफलम्यान विमल तामाङको पाकिस्तानी फौजको आक्रमणमा मृत्यु भएको भारतीय पत्रिकाहरु ले जनाए क छन्।
भारतीय सेनाका प्रवक्ता कर्नेल मनिष मेहेताले तामाङको मृत्यु पुष्टि गर्दै पाकिस्तानी पक्षले अचानक गोलाबारी शुरु गरेपछि उक्त दुखद् घटना भएको बताए। समाचार हरुका अनुसार मृतक तामाङ सुनसरीको धरान निवासी थिए।
सन् १९४७ मा नेपाल—वेलायत—भारतबीच भएको त्रिपक्षीय सम्झौताअनुसार नेपालीहरु भारतीय सेनामा कार्यरत छन्। ७ गोर्खा रेजिमेन्टभित्र ४० बटालियन छन्। करिब ४० हजार नेपाली नागरिक भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत छन्।
