भारतका राष्ट्रपति प्रणव मुखर्जी नेपालको त्रिदिवसीय भ्रमण पूरा गरी स्वदेश फर्केका छन् ।
राष्ट्रपति मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिदाइ गरिन् । मुखर्जीका सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी अर्पण गरेको थियो ।
सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, राजदूतलगायत उच्च सरकारी अधिकारी उपस्थित थिए ।
दाई हुने क्रममा न्यानो आतिथ्य दिएकोभन्दै खुशी प्रकट गरेर उनले भारत सधै नेपालको विकास र स्थायीत्वको पक्षमा रहेको बताएका थिए । उनले आफ्नो भ्रमण फलदायी रहेको बताएका थिए।उनी भारतीय सेनाको विशेष विमानबाट स्वदेश फिरेका हुन् । उनको साथमा सरकारी कोर टिमका ३५ र अन्य ३८ गरी ७० बढी भारतीय प्रतिनिधीहरु आएका थिए ।
मुखर्जी १७ कात्तिकमा नेपाल आएका थिए । नेपाल भ्रमणका क्रममा राष्ट्रपति मुखर्जीले उच्चस्तरीय भेटघाट गर्नुका साथै उनलाई काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो ।
