नेपालको सरकारले छिमेकी देश भारत र चीनका राष्ट्रप्रमुख नेपाल आउँदा एक दिनको सार्वजनिक बिदा दिने घोषणा गरेको छ। मन्त्रिपरिषदको आज बसेको बैठकले उक्त निर्णय गरेको हो।
यसको अर्थ भारतका रास्ट्रपतिले यहि कत्तिक १७ गते देखि गर्न लागेको भ्रमणको समयमा एकदिने सार्वजनिक बिदा हुनेछ। सरकारको यो पछिल्लो निर्णयको भने आलोचना भईरहेको छ।
नेपालका स्थानीय पत्रिकाहरुले जनाए अनुसार धेरैले सरकारले चाड-बाडका कारण धेरै बिदा हुने देशमा झन् थप गर्नु उधोग ब्यबसायका निमित निरासाजनक सूचना हो भनि बताएका छन्। कतिले भने , गत बर्ष जुन देशले भन्सार रोकेर दुखः दिएको थियो, त्यहि देशका प्रमुख आउदा छुट्टि पाउनु निक्कै अस्वभाबिक रहेको बताएका छन्। नेपालका राष्ट्रप्रमुख जाँदा कतै बिदा नहुने तर हाम्रो देशमा चाही किन यस्तो उच्च सम्मान भनि प्रश्न पनि सामाजिक संजालमा उठेको बताईन्छ ।
तर नेपालको सरकारले भने दुबै छिमेकी मुलुकसंग रहेको सम्मानजनक सबंधलाई ध्यानमा राख्दै उक्त निर्णय गरेको बताएको छ।
