SKIP TO MAIN CONTENT

भावनात्मक शोषण पनि घरेलु हिंसा हो

Emotional Abuse
Source: Flickr

1 min read

Published

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide


Skip to article content

घरेलु हिंसाको एउटा प्रमुख तत्व को रुपमा पीडित पक्ष भावनात्मक रुपले शोषित भएको पाईएको छ। आफ्नो जीवनसाथीलाई, उसको परिवारसंग भेट्न नदिनु, आर्थिक श्रोत पुरै नियन्त्रणमा राख्नु, र व्यक्तिगत स्वतन्त्रता समेत हस्तक्षेप गर्दा यसरी दबाबमा रहेको व्यक्तिको मनोबल पुरै खस्कन जान्छ , र भावनात्मक र मानसिक रुपले झनै कमजोर हुदै जान्छ।

अस्ट्रेलियामा ३३ लाख मानिसहरुले आफ्नो जीवनसाथीबाट भावनात्मक शोषणले पीडित भएको स्वीकार गरेका छन्। शारीरिक रुपमा कुनै हानी नदेखिएता पनि, भावनात्मक रुपले शोषित भएका व्यक्तिहरु भित्र देखि पिडामा हुन्छन।

यसरि आफ्नै विश्वासिलो मानिसबाट हेपिन थाले पछि, पिडित व्यक्तिलाई सहयोगको लागि कहाँ जाने थाहा हुदैन। अझ अस्ट्रेलियामा बसोबास थालेका विभिन्न समुदायका मानिसहरु त झनै एक्लिन थाल्छन, सर-सल्लाह र सहयोगको अभावमा। तर वास्तबमा यसरि पिडामा रहेका हरुलाई पनि सहयोग उपलब्ध छ , र अंग्रेजी मुख्य भाषा नहुने हरु दोभाषे मार्फत सहयोग पाउन सक्ने छन्।

सरकारले भावनात्मक शोषणलाई घरेलु हिंसाकै एउटा रुप भनि लिएको छ र सुझाब, सर-सल्लाह क लागि तपाई 1800 737 732 मा सम्पर्क गर्न सक्नु हुनेछ।

थप जानकारीका लागि, तल दिएको लिंक क्लिक गर्नुहोस्।

http://www.sbs.com.au/radio/article/2016/10/19/settlement-guide-5-warning-signs-emotional-abuse


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now