SKIP TO MAIN CONTENT

भिक्टोरियन् सरकारको महत्वाकांक्षी योजना: अस्ट्रेलियाकै सबैभन्दा ठुलो यातायात परियोजना मेलबर्नमा

भिक्टोरिमा बसोबास गर्ने मानिसहरुले ५० अर्ब डलर बराबरको एक महत्वाकांक्षी यातायात आयोजना पुरा भएको हेर्न दशकौं कुर्नु पर्नेछ।

A Metro train approaches Parliament station in the underground city loop in Melbourne, Thursday, Aug. 1, 2013. Source: AAP
A Metro train approaches Parliament station in the underground city loop in Melbourne. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

भिक्टोरियाका मुख्य मन्त्री ड्यानियल एन्ड्रूजले उक्त परियोजना सार्वजनिक गर्ने क्रममा यसलाई अस्ट्रेलियाकै सबैभन्दा ठुलो यातायात आयोजनाको संज्ञा दिएका छन्।आगामी नोवेम्बर २४मा हुने राज्य निर्वाचनका लागि मतदाता आकर्षित गर्ने क्रममा उनले यस्तो घोषणा गरेका हुन्।

"सवर्बन रेल लुप" नामकरण गरिएको यो परियोजना सन् २०२२को अन्त्यमा सुरु गरी सन् २०५१ मा सकिने लक्ष्य भिक्टोरियाको राज्य सरकार लिएको छ।

यो परियोजनाले क्लेटन, ग्लेन वेभर्ली, डनकास्टर, बक्स हिल लगायतका दक्षिण-पूर्वीय सबर्बहरुलाई मेलबर्नको विमानस्थल हुँदै पश्चिमी भेगका सनशाईन तथा वेर्रीबीलाई सिधै जोड्ने छ।

अहिले मेलबर्न वरिपरि बस्ने मानिसहरु ओहोर-दोहोर गर्न सहरको मुख्य भाग पुग्नै पर्ने बाध्यता रहेको छ।

"यो परियोजना सकिने बेलामा म मुख्य मन्त्री नभए पनि आगामी चुनावमा जिते भने सुरु गर्ने चाहिँ अवस्य हुने छु", एन्ड्रूजले भने।

"यो दिर्घकालिन एवं निक्कै खर्चिलो परियोजना हो तर यसमा लगानी नगर्ने हो भने भविस्यमा हामीले ट्राफिक जाम जस्ता धेरै अफ्ठेराहरुको सामना गर्नुपर्नेछ।"

लेबरले आगामी राज्य चुनावमा जिते, १२ वटा भूमिगत रेल स्टेशनहरु बन्ने यस आयोजनाको प्रारम्भिक अध्यनका निम्ति, करिब ३० करोड डलर बिनियोजन गर्ने बताएको छ।

दैनिक रुपमा करिब चार लाख मानिसहरुले उपयोग गर्ने भनिएको यस रेल लाईनलाई भिक्टोरियाको संसदमा प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको लिबरल-न्यास्नल गठबन्धनले भने दिवा स्वप्नको संज्ञा दिएको छ।

भिक्टोरियन् छायाँ सरकारमा ट्रेजरर रहेका माईकल ओ'ब्रायनले भने, "मलाई लाग्छ यो आगामी पिंढीको निम्ति भन्दा पनि नोभेम्बरमा हुने चुनावको लागि अगाडी सारिएको चुनावी मिठाई हो।"

मेलबर्नको म्यारिबनङबाट सङ्घीय सांसद तथा विपक्षी दलका नेता समेत रहेका लेबर नेता बिल शर्टनले भने यसलाई गहिरेर अध्यन गरिनुपर्ने बताएका छन्।

आज बिहान एबीसी रेडियोसँगको कुराकानीमा बिल शर्टनले भने, "एन्ड्रूज ठिक दिशा तर्फ बढिरहेका  छन् तर हामीले अगाडी बढ्नुभन्दा अगाडी यसलाई राम्ररी बुझ्नु जरुरी छ।"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now