Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

बन्द हुन लागेका बिग डब्लुका कर्मचारीहरुको तलब सुनिश्चित गर्न माग

खुद्रा बिक्रेता वुलवर्थ्सले संचालन गर्दै आएको बिग डब्लुका ३० वटा डिपार्टमेन्ट स्टोरहरु बन्द हुने घोषणा पछि प्रभावित कर्मचारीहरुको तलब र अन्य अधिकारहरु सुनिश्चित गर्न युनियन द्वारा माग गरिएको छ।

General view of a BIG W department store in Brisbane

General view of a BIG W department store in Brisbane Source: AAP Image/Dave Hunt

वुलवर्थ्स द्वारा कमजोर अवस्थामा हाल संचालन भइरहेका ३० वटा बिग डब्लु स्टोर र दुई वितरण केन्द्रहरु आगामी तीन वर्ष भित्र बन्दहुने घोषणा गरेको छ।

गए सोमबार गरिएको उक्त घोषणामा कुन-कुन बिग डब्लु स्टोरहरु बन्द हुने वा कतिजनाले आफ्नो जागिर गुमाउने बारे वुलवर्थ्सले बताएको छैन।

तर दक्षिण अस्ट्रेलियाको मोनसार्टो स्थित आफ्नो गोदाम सन् २०२१ को आर्थिक वर्षमा र त्यसको दुई बर्ष पछि क्वीन्सल्याण्डको वार्विकमा रहेको गोदाम बन्द हुने पुष्टि चाहिं उक्त संस्थाका अधिकारीहरुले गरेका छन्।

बन्द हुने ३० वटा डिपार्टमेन्ट स्टोर रहेका स्थानमा भाँडा र कर्मचारी भुक्तानीका लागि २७० मिलियन डलर सम्म खर्च हुने वुलवर्थ्सले अनुमान गरेको छ।

साथै बिग डब्लुका बाँकी रहेका खर्चहरु चुक्तागर्न थप १०० मिलियन डलर लाग्ने पनि उक्त संस्थाको भनाइ छ।

वुलवर्थ्सका कार्यकारी प्रमुख ब्राड बांडूची बिग डब्लु चेननै बिक्री गर्न पनि सकिने बताउछन्।

अस्ट्रेलियाभर करिब १८३ बिग डब्लु स्टोरहरू सञ्चालन गर्दै आएको वुलवर्थ्सले व्यापार घाटा बढ्दै गएपछि बिग डब्लु बारे समीक्षा सुरु गरेको थियो।

उपभोक्ताहरु बढ्दो संख्यामा अनलाइन मार्फत सरसामाग्री किन्न रुचाउने देखिएको अवस्थामा अन्य खुद्रा बिक्रेताहरु माथि पनि आर्थिक संकट देखिएको समाचार आउने गरेका छन्।

वुलवर्थ्सका कार्यकारी प्रमुख ब्राड बांडूची बिग डब्लु चेननै बिक्री गर्न पनि सकिने बताउछन्।

तर, हाललाई भने आफ्नो ध्यान घाटा घटाउने र नाफा कमाउन सङ्घर्षरत स्टोरहरूलाई सुधार्ने तर्फ रहेको पनि बताए।

Woolworths CEO among supermarket's fruit stands
Woolworths CEO among supermarket's fruit stands. AAP Source: AAP

अनिश्चित कामदारहरू

बांडूचीका अनुसार वुलवर्थ्सले ती बन्द गरिन लागेका बीग डब्लु स्टोरहरूका कर्मचारीहरूलाई के गर्ने भनेर सोच बनी सकेको छैन।

वुलवर्थ्सले यो भन्दा अगाडी आफ्नो हार्डवेर सम्बन्धी स्टोर - मास्टर्सलाई बन्द गर्दा भने त्यहाँ कार्यरत आफ्ना कर्मचारीहरूलाई अन्यत्र काम दिएको थियो।

“हाम्रो यो निर्णयले बिग डब्लुमा काम गर्ने कर्मचारीहरू माथि पर्ने प्रभाव बुझेका छौँ। यसले पार्ने असुविधा कसरी घटाउने भन्ने तर्फ हामी राम्ररी बिचार पुर्‍याउने छौँ। सम्भव भएसम्म हामी उनीहरूलाई अन्य रोजगारीको व्यव्यस्था गर्ने छौँ”, उनले भने।

उनको अनुसार, कर्मचारीहरूलाई पुन दरबन्दी दिने कार्य भने प्रत्येक व्यक्तिको परिस्थितिमा निर्भर रहने छ।

“हामीलाई अझै थाहा छैन कि हामी कहिले यी स्टोरहरू बन्द गर्नेछौँ।”

उनले कति जति कर्मचारीहरूलाई कम्पनीको यो निर्णयले असर गर्छ भन्न असमर्थ रहेको पनि बताए।

तर खुद्र बिक्रेताहरुमा कार्यरतहरुको प्रतिनिधित्व गर्ने संगठन एसडीए ले चाहिं बिग डब्लुका सबै प्रभावित कर्मचारीहरुले आफ्नो तलब र अन्य अधिकारहरु पाएको सुनिश्चित गर्न आफुले काम गरिरहेको बताएको छ।

अस्ट्रेलिया लगायत हंगकंग तथा बङ्गलादेशमा गरी बीग डब्लुले करिब १८,००० कर्मचारीलाई रोजगारी दिई राखेको छ।

“हामीलाई अझै थाहा छैन कि हामी कहिले यी स्टोरहरू बन्द गर्नेछौँ।”
a Woolworths store at Double Bay
Underpayment at Woolies Source: AAP

साउथ अस्ट्रेलियालाई धक्का

वुलवर्थ्सको बिग डब्लु स्टोरहरू बन्द गर्ने निर्णयसँगै उसले क्वीन्सल्याण्ड र दक्षिण अस्ट्रेलियामा रहेका आफ्ना क्षेत्रीय वितरण केन्द्रहरू पनि बन्द गर्ने निर्णय गरेको छ।

साउथ अस्ट्रेलियाका ट्रेजरर रब लुकासका अनुसार एडिलेडको पूर्वमा रहेको वुलवर्थ्स क्षेत्रीय वितरण केन्द्र बन्द गर्ने निर्णयले त्यहाँको अर्थतन्त्रलाई ठुलो धक्का पुग्ने बताउँछन्।

मोनार्टोमा रहेको उक्त वितरण केन्द्र बन्द हुँदा करिब २०० जनाले आफ्नो रोजगारी गुमाउने छन्।

वुलवर्थ्सले आफ्ना ती कर्मचारीहरूलाई नयाँ काम खोजिदिन सहयोग गरिदिने आसा लुकासले गरेका छन्।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now