ब्ल्याक आई पीजका विल.आई.एमद्वारा क्वाण्टस परिचारिका माथि जातिवादी दुर्व्यवहारको आरोप

गत शनिवार ब्रिसबेनबाट सिड्नी आउने क्रममा क्वाण्टसका एक परिचारिकाले जातिवादी सोचबाट प्रेरित हुँदै असभ्य क्रियाकलापमा उत्रेको विल.आई.एमले बताएका छन्।

US star will.i.am has accused a Qantas flight attendant of being "racist" during a flight from Brisbane to Sydney. He was met by police at Sydney.

US star will.i.am has accused a Qantas flight attendant of being "racist" during a flight from Brisbane to Sydney. He was met by police at Sydney. Source: Doug Peters

विश्वविख्यात साङ्गीतिक समूह “ब्ल्याक आई पीज”का गायक तथा लोकप्रिय र्यापर विल.आई.एमले क्वाण्टसका एक परिचारकाद्वारा आफू माथि जातिवादी दुर्व्यवहार गरेको कथित आरोप लगाएका हुन्।

ती विमान परिचारिकासँगको विवाद पछि सिड्नी विमानस्थलमा अवतरण हुनासाथ विल.आई.एमलाई सोधपुछ गर्न प्रहरी आएको थियो।

उनका अनुसार, ती परिचारिकाले बोलेको कुरा आफूले लगाएको “नोइज क्यान्सेलिङ्ग” हेड फोनका कारण सुन्न असमर्थ रहेपछि, उनी निकै आक्रामक रूपमा प्रस्तुत भएकी थिइन्।

“म र मेरो समूहले एक क्रुद्ध विमान परिचारिकाका कारण निकै झुर सेवाको अनुभव गर्‍यौँ…म उनी जातिवादीबाट प्रेरित भएर यस्तो दुर्व्यवहारमा उत्रेकी हुन् भनेर सोच्न चाहन्न। तर, उनले आफ्नो सबै कुण्ठा सेतो छाला भएका भन्दा अरू माथि मात्र पोखेको स्पष्ट छ,” उनले ट्विट गर्दै भनेका छन्।

अनि, सिड्नी ओर्लने बित्तिकै पनि उनले अर्को ट्विट गर्दै ती विमान परिचारिकाले आफूले उनको सन्देश नसुनेकै कारण प्रहरी बोलाएको बताएका छन्।

af572d43-bc0e-480f-8a13-13c4d703ac9a

उता, क्वाण्टसले भने एक विज्ञप्ति जारी गर्दै, उक्त विवादमा जातिवादीको गन्ध आएको भन्ने आरोपलाई पूर्ण रूपमा अस्वीकृत गरेको छ।

“विमानमा उत्पन्न भएको सानो असमझदारीलाई विल.आई.एमले “नोइज क्यान्सेलिङ्ग” हेड फोन लगाएको र विमानका कर्मचारीले दिएको निर्देशन सुन्न नसकेका कारण थप बढवा दिएको जस्तो छ,” उक्त विज्ञप्तिमा उल्लेख छ।

“हामी विल.आई.एमसँग कुराकानीलाई पुन अगाडी बढाउने छौँ र उनको बाँकीको साङ्गीतिक भ्रमण सफल रहोस् भन्ने कामना गर्दछौँ।”


Share

2 min read

Published

Updated

By SBS News

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now