SKIP TO MAIN CONTENT

बब हक: अस्ट्रेलियाका २३ औं प्रधानमन्त्रीको निधन

अस्ट्रेलियाका २३ औं प्रधानमन्त्री र पूर्व लेबर नेता बब हकको ८९ वर्षको उमेरमा निधन भएको छ।

Bob Hawke waves at the Labor campaign launch for the 2016 election.
Former Australian Prime Minister Bob Hawke has died in Sydney, aged 89. (AAP) Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

सन् १९८३ देखि ११९१ सम्म सरकारको नेतृत्व गरेका हक, अहिले सम्मकै सबै भन्दा सफल लेबर पार्टी नेताको रूपमा चिनिन्थे।

बिहिबार राति एक विज्ञप्ति मार्फत आफ्नो श्रीमानको निधन भएको पुष्टि गर्दै हक कि श्रीमती ब्लान्च ड’अल्पुगेटले “आज हामीले बब हकलाई गुमायौं, एक सर्वश्रेष्ठ अस्ट्रेलियाली” भनि बताइन। 

“बब हक र उनका तत्कालिन ट्रेजरर पौल किटिंगको सरकारले अस्ट्रेलियाली अर्थतन्त्रलाई आधुनिकीकरण गर्दै मन्दी बिनाको आर्थिक वृद्धि र रोजगार सिर्जनाको लागि मार्ग प्रशस्त गरेका थिए।”

Former prime minister Bob Hawke has written a letter urging voters to back Bill Shorten on Saturday.
Former prime minister Bob Hawke has written a letter urging voters to back Bill Shorten on Saturday. Source: AAP

आगामी केहि हप्तामा हकको निजि रूपमा अन्त्यष्टि गरिने पनि ड’अल्पुगेटले बताइन। 

आगामी शनिबारको चुनाव प्रचारमा लागेका लेबर नेता बिल शर्टनले श्री हक प्रति श्रदान्जली अर्पण गर्दै लेबर अभियानले “आफ्नो सर्वश्रेष्ठ छोरालाई सलाम गरेको” बताए। 

एक विज्ञप्तिमा शर्टनले भने, “देश र देशवासीका लागि उनले गरेको कामको सम्मान र सबै भन्दा लामो समय सम्म सत्तामा रहने लेबर नेता प्रति पार्टीले आभारी व्यक्त गर्नेछ।”

प्रधानमन्त्री स्कट मोरिशनले पनि बब हक प्रति श्रदान्जली अर्पण गर्दै लेबर नेताले पार्टीको संस्कृति विकासमा महत्वपूर्ण भूमिका निभाएको बताए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now