SKIP TO MAIN CONTENT

को हुन् त बेलायतको नयाँ प्रधानमन्त्री बोरिस जोन्सन?

नव नियुक्त प्रधानमन्त्री बोरीस जोन्सनका बारेमा बेलायत विभाजित छ।

Who is the real Boris Johnson?

Boris Johnson is likely to become Britain's next prime minister. In today's ugly politics he could be a dangerous leader.

3 min read

Published

Updated

By SBS News

Presented by SBS Nepali

Source: SBS



Skip to article content

बेलायतको नयाँ प्रधानमन्त्रीको रूपमा नियुक्त भएपछि, बोरिस जोन्सनले देशमा नयाँ आशाको सञ्चार गराउने बताएका छन्।

ब्रेक्जिटको राजनीतिक पेचकशमा परेको बेलायत, सन् २०१६ देखि न युरोपको सम्मिलित हुन सकेको छ, न त छोड्न नै सकेको छ। यसले गर्दा त्यहाँ राजनीतिक र आर्थिक भविष्य अहिलेलाई अनिश्चित देखिन्छ।

तर नयाँ प्रधानमन्त्री जोन्सनले भने, अब देश सही बाटोमा जाने घोषणा गरेका छन्।

लन्डनको मेयरको रूपमा प्रसिद्धि कमाएका जोन्सनले लामो समयदेखि प्रधानमन्त्री हुने इच्छा देखाउँदै आएका थिए।

पूर्व प्रधानमन्त्री डेभिड क्यामरुनले राजीनामा दिएपछि, उनी पनि होडमा उत्रेका थिए।

तर टिरिजा मे, उक्त पद हात पार्न सफल भएकी थिइन्।

सन् २०१३ मा, बि बि सिले उनलाई प्रधानमन्त्री हुने महत्वकांक्षाको बारेमा प्रश्न गर्दा, उनले आफूले मौका पाएमा पछाडि नसर्ने बताएका थिए।

सन् १९६४मा न्यु योर्कमा जन्मेका जोन्सन, पछि गएर उनको परिवारसवगै बेलायत फर्के र त्यहाँका प्रतिष्ठित क्याम्पसहरूमा पढ्न थाले।

पत्रकारको रूपमा आफ्नो पेसा सुरु गरेका जोन्सन, सन् १९९७ मा राजनीतिक मैदानमा ओर्ले। यसपछि सन् २००८ मा उनी लन्डनको मेयर बन्न पनि सफल भए। लन्डनमा भएको ओलम्पिकको सफलता र त्यहाँ बनाइएका साईकिलका बाटोहरूको लागि उनको अझै पनि निकै प्रशंसा हुन्छ।

सन् २०१६ मा भने, उनी- बेलायतको विदेशमंत्री नियुक्त भए।

तर जोन्सन बेला बेलामा। विवादमा पनि आउने गर्छन् सन् २०१७ मा, ब्रिटेनकी एक पत्रकार इरानमा पक्राउ पर्दा, उनी त्यहाँ तालिम दिँदै गरेको जोन्सनले बताएका थिए।

यसका कारणले, इरानको अदालतले उनको सजाय दोब्बर गर्न लागेको थियो। यस गल्तीका लागि, जोन्सनले पछि क्षमा मागेका थिए।

लन्डनमा बसेका अस्ट्रेलियालीहरू विभिन्न अवसरहरूमा सहयोग गरेका कारण, जोन्सनलाई सन् २०१४ को अस्ट्रेलिया दिवसको दिन पारेर सम्मान गरिएको थियो।

उनले त्यस बखत, अस्ट्रेलियाले गरेको जस्तो, ब्रिटेनले पनि, स्थायी बासिन्दा वा नागरिक बनाउन- प्वाइन्ट सिस्टम ल्याउनु पर्ने कुरामा जोड दिएका थिए।

नयाँ प्रधानमन्त्री जोन्सनलाई बेलायतको राजनीतिमा एक विभाजन ल्याउने चरित्रको रूपमा हेरिन्छ।

बेला बेलामा जथाभाबी बोल्ने उनको चरित्रले गर्दा उनी विवादमा पनि मुछिरहन्छन्।

केही वर्ष अघि, उनले बेलायत र अस्ट्रेलियाबिच सहजै यात्रा गर्न मिल्ने प्रावधान हुनु पर्छ भनी बताएका थिए।

तर, यहाँको सरकारले त्यो कुरा गम्भीरताका साथ लिएको थिएन।

केही हप्ता अगाडि मात्र, उनलाई खालि समय कसरी बिताउनु हुन्छ भनी प्रश्न गर्दा- त्यस्मे दिएको उनको लामो, अस्पष्ट र हास्यास्पद जवाफले धेरैलाई अवाक् बनाएको थियो।

बेलायतको नयाँ प्रधानमन्त्री नियुक्त भएकोमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि उनलाई बधाई दिएका छन्।

धेरै पर्यवेक्षकहरु, अमेरिकी राष्ट्रपति र नवनियुक्त प्रधानमन्त्री बिच गाढा सम्बन्ध रहेको बताउँछन्।

बधाई दिँदै ट्रम्पले जोन्सनले त्यहाँ रहेको अपुरो कामको टुङ्गो लगाउने बताउँछन्।

जोन्सन प्रधानमन्त्री भएको बेलायतका केही जनता खुसी भएको देखिन्छ।

केही वर्ष पछिको अनिश्चितता पछि, बल्ल ब्रेक्जिट टुङ्गो लाग्ने भयो, भन्ने कुरामा उनीहरू आशावादी रहेका छन् ।

तर अन्य केही ले भने, जोन्सनको बोलीको टुङ्गो नभएका कारण, केही पनि भन्न न मिल्ने बताउँछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now