SKIP TO MAIN CONTENT

अब ब्रेकडान्स पनि ओलम्पिक खेल

सन् २०२४ मा फ्रान्समा आयोजना हुने पेरिस ओलम्पिकमा ब्रेकडान्स लगायत सर्फिंग, स्केटबोर्डिंग र क्लाइम्बिङ्ग पनि समावेश गरिएका छन्।

Planet B-Boy, breakdancing
One of the more scenic backdrops to Planet B-Boy's breaks. Source: SBS

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने सन् २०२४ को ओलम्पिक खेलमा ब्रेकडान्सलाई पनि प्रतिस्पर्धा हुने खेलहरुको सुचिमा समावेश गरिएको छ।

अन्तर्राष्ट्रिय ओलिम्पिक समितिको द्वारा गरिएको उक्त निर्णयमा सर्फिंग, स्केटबोर्डिंग र क्लाइम्बिङ्ग अन्तर्गतका प्रतियोगिताहरुलाई पनि पेरिस खेलमा समावेश गरिएका छन्।

कोरोनाभाइरसको महामारीका कारण आगामी वर्षको लागि स्थगित भएको टोकियो २०२० ओलम्पिक खेलमा पनि सर्फिंग, स्केटबोर्डिंग र क्लाइम्बिङ्गका साथै करातेमा पनि प्रतिस्पर्धा हुने छन्।

ओलम्पिक खेलहरुमा नयाँ र युवा दर्शकहरुलाई आकर्षित गर्ने लक्ष्यका साथ् ब्रेकडान्स जस्ता प्रतियोगिता पनि आयोजना गर्न पेरिस खेलका आयोजक समूह द्वारा गत वर्ष अन्तर्राष्ट्रिय ओलम्पिक समिति समक्ष आवेदन पेश गरिएको थियो।

थप खेलहरुलाई समावेश गर्नुका साथै भारतोलनका केहि विधा लगायत १० भिन्न प्रतियोगिताहरु पेरिस खेलमा आयोजना नहुने पनि निर्णय गरिएको छ।

साथै कुल १० हजार पांच सय खेलाडीहरु मात्र सहभागी हुने पाउने उक्त ओलम्पिक खेलमा महिला र पुरुष खेलाडीहरु बीच ५० - ५० प्रतिशतको उपस्थिति रहने पनि अन्तर्राष्ट्रिय ओलिम्पिक समितिको भनाइ छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now