धेरै लामो पर्खाई पछि, न्यु साउथ वेल्स राज्यको पूर्वी भेगमा बल्ल बर्षा भएको छ।
यसले किसानहरु मात्र नभएर, सिड्नी लागायत विभिन्न शहरहरुका बासिन्दालाई पनि खुशी बनाएको छ। तर यो सँगै चिन्ता पनि आएको छ।
चिन्ता के भने- अहिले को बर्षाले हालको डढेलोले जलेको रुख, पात लगायतका वनस्पति र अन्य कुराहरु खरानीको रुपमा पानीको बाँधमा प्रवेश गर्ने छन्।
खासगरी सिड्नी शहरको ठूलो भाग भरपर्ने वारागेम्बामा रहेको पानीको बाँध वरपरका क्षेत्र –डढेलोको चपेटामा परेका थिए।
यसले गर्दा, यो पानी संग्रह गर्ने ठाउँमा- पानिसँगै खरानी मिसिएर आउने चिन्ता विभिन्न क्षेत्रहरुमा देखिएको छ।
समाचारहरुका अनुसार, यस वारागेम्बाको वरपर करिब ३ लाख हेक्टर जमीनमा व्यापाक आगलागीभएको थियो।

तर जल विशेषज्ञहरुले यसबारेमा चिन्ता नलिने आग्रह गरेका छन्।
वाटर न्यु साउथ वेल्सका एक अधिकारी एड्रियन ल्याङ्डोनले बाँधको वरपर जाली हालिएको र पानीको श्रोतको पनि निकै कडा निगरानी गरिरहेको बताउछन्।
निकै लामो खडेरीको समय पछि, यस क्षेत्रमा पानी बल्ल परेको हो। र आउदो शनिवार यो बर्षा जारी रहने सम्बन्धित अधिकारिहरु बताउछन्।
मौषम विभागकी ग्रेस लेगेका अनुसार यो हफ्ताको अन्त्यसम्ममा ५० मिलिमिटर पानी पर्ने अनुमान गरिएको बताउछिन्।
तर आगो लागेको ठाउँहरुमा भने, त्यहाँ रहेका वनस्पनि जलेका कारण सानोबाढी पनि आउन सक्ने खतरा रहेको उनी बताउछिन्।
बोट बिरुवाले रोक्ने पानी अब तिनको अभावमा निकै बहाबमा आउन सक्ने खतरा रहेको उनीबताउछिन्।
धेरै मानिसहरुमाखरानी मिसिएर पानीमा जाने भय रहे पनि- धारामा आउनेपानीको गुणस्तरलाई लिएर डर मान्न नहुने विज्ञहरु बताउछन्।

यसरी बाँधमा रहेको पानीलाई विभिन्न प्रणाली द्वारा प्रशोधित गरिन्छ, र अन्त्यमा धारामा आउने पानी शुध्दनै हुन्छ भनी पानी सम्बन्धिका प्राध्यापक आशीष शर्माको बनाई छ।
सिड्नी लगायत विभिन्न क्षेत्रमा रहेकोसुख्खाको कारणले अहिले बाँधमा रहेको पानीको संग्रह निकै तल झरेको छ। पछिल्लो तथ्यांकका अनुसार, बाँधमा अहिले ४३ प्रतिशत मात्र पानी रहेको छ।
थोरै पानीमा फोहोर मिसिएर शुध्दता बिगार्ने संभावना प्रबल हुन्छ। त्यस्को अर्थ, पानी प्रशोधनमा थप खर्च लाग्न सक्छ।
तर विज्ञहरुको भनाई अनुसार, पानीको गुणमा चाहिं चिन्ता गर्न कुनै आवश्यक्ता छैन।
