गत ३१ डिसेम्बरको दिन, तपाईँले यदि भियतनामबाट संयुक्त राज्य अमेरिका वा क्यानडा उड्ने योजना बनाउँदै हुनुहुन्थ्यो भने यो गज्जबको सस्तो टिकट तपाइको हात पर्न सक्थ्यो।
अरुबेलाको सोही रुट अन्तर्गतको इकोनोमी क्लास टिकट भन्दा पनि सस्तो रकममा बिजिनेस क्लासमा बसेर अमेरिका वा क्यानडा पुग्ने सपना बोकेर उक्त टिकट किन्ने मानिसहरूको लागि क्याथे प्यासिफिकले नयाँ वर्षको उपहार भन्दै सो कारोबारलाई मान्यता दिने बताएको छ।
एक ट्विट मार्फत टिकट जारी गर्दा गल्ती भएको र उक्त गल्तीलाई आफूले मान्यता दिने बताएको छ।
ग्यारी लेफ नामका एक ब्लगरले उक्त गल्ती बारे ट्विटरै मार्फत जानकारी दिएका थिए।
क्याथे प्यासिफिकले १६,००० डलर दरका कति वटा टिकट ६७५ डलरमा बेचियो भन्ने कुरा खुलाएको छैन। उसले उक्त भारी छुटबारे थाहा पाउने बित्तिकै बाँकी सबै सस्तो दरका टिकटहरू आफ्नो वेबसाइटबाट हटाएको थियो।
भियतनामबाट न्यु-योर्कसम्मको यात्रामा मानिसहरूले क्याथे प्यासिफिककै हवाई सेवा उपभोग गर्दा गत सेप्टेम्बर महिनामा करिब २३ हजार अस्ट्रेलियन डलरसम्म खर्चेका थिए।
६७५ डलरमा बिजिनेस क्लास किन्ने केही यात्रुहरूले उक्त विमानसेवालाई आफूले बिकी गरेको सस्तो टिकटलाई मान्यता दिएकोमा खुसी सामाजिक सञ्जाल हरूमा व्यक्त गरेका छन्।

