चीन: अरू देशको सूचना चोर भएको आरोप

अमेरिकाले दुई चिनियाँ नागरिकहरू माथि विभिन्न देशहरूका सरकारी निकायहरूको संवेदनशील सूचना लिनका लागि गरिएको साइबर आक्रमणका लागि अभियोग लगाएको छ।

China cyber bullying

Source: AAP

यसको लगत्तै अस्ट्रेलियाले पनि यस चिनियाँ प्रयासको भत्सर्ना गरेको छ र चीन समक्ष, अरू देशले सञ्चित गरेको व्यावसायिक तथा गोप्य सूचनाको चोरी नगर्न माग गरेको छ।

अमेरिकाले लगाएको आरोपमा, चीनबाटै सञ्चालित यी साइबर ह्याकरहरूले, कम्ती १२ पश्चिमा देशहरूको समवेदनशील सूचना यी देशहरूका विभिन्न संस्थानहरू तथा सरकारी निकायहरूबाट चोर्ने निरन्तर प्रयासमा रहेका थिए।

एक संयुक्त वक्तव्य निकाल्दै, अस्ट्रेलियाका विदेश मन्त्री मरिश प्येन र आन्तरिक मामिला सम्बन्धीका मन्त्री पिटर डट्टनले चीनबाट सञ्चालित यो साइबर ह्याकिङ्ग निकै प्रकृतिको रहेको र यस विषयमा सरकार चिन्तित रहेको बताएका छन्।

यी दुई मन्त्रीहरूले, चीनले विगतका वर्षहरूमा अन्तर्राष्ट्रिय समुदाय समक्ष गरेको प्रतिबद्धता पालना गर्नु पर्ने भन्दै, अन्य देशहरूका सरकारी अनि व्यापारिक गोप्य सूचनाहरूलाई- छुनै नहुने बताएका छन्।

उता अमेरिकाले भने, यस अपराधमा सामेल रहेको भन्दै दुई चिनियाँ नागरिकहरू माथि मुद्दा दाएर गरेको छ।

अमेरिका संस्था एफ बी आईकन एक निर्देशक, क्रिस्टोफर रे ले, चीनले साइबर आक्रमण सुरु गरेको सन् २००६ देखिनै हो, भन्दै अहिले आएर यी हमलाहरू झनै सुदृढ हुँदै गएको बताउँछन्।

उनको विचारमा, चीन अमेरिकाभन्दा ठुलो शक्तिको रूपमा स्थापित हुन चाहन्छ, र यसै कारण, अमेरिका लगायत अन्य देशहरूका महत्त्वपूर्ण सूचनाहरूको अवैध रूपमा सङ्कलन गर्न प्रयासमा रहेको छ।

中國政府否認對澳洲企業及機構發動網絡攻擊
中國政府否認對澳洲企業及機構發動網絡攻擊 Source: AAP

चीनले, अमेरिकी सरकार तथा अन्य ठुला संस्थानहरूलाई आ.टी. सेवा प्रदान गर्ने कम्पनीहरूको साइबर पूर्वाधारबाट सूचना चोर्ने प्रयास गरेको अमेरिकाले आरोप लगाएको छ।

एक अमेरिकी अधिकारी, रड रोसेन्टिनले चीनको यो अवैध प्रयास धेरै अमेरिका र यसका हितैषि मुलुकहरूलाई पहिले देखिनै अवगत रहेको बताएका छन्।

अहिले चीनमा यो काम कसबाट भइरहेको छ भन्ने सम्बन्धमा पनि, अमेरिकालाई राम्रो ज्ञान रहेको उनले बताएका थिए।

यता अस्ट्रेलियाका साइबर सेक्युरिटी केन्द्रका एलिस्टर म्याकगिब्बनले यति ठुलो रूपले साइबर सूचना चोरी हुने खतरा पहिलो चोटि आएको भनी बताए। जानकारीमा नआएका पनि थुप्रै कमजोरीहरूमा पनि पश्चिमी मुलुकहरूले ध्यान दिनु पर्ने उनले बताएका छन्।

चीनको यो आपराधिक गतिविधिका कारण केही अस्ट्रेलियाली कम्पनीहरू प्रभावित रहेको म्याकगिब्बन बताउँछन्, र यी कम्पनीहरूको नाम भने खुलाउन चाहँदैनन्। अस्ट्रेलियाका सरकारी निकायहरू पनि यसबाट चपेटामा हुन सक्छ भनी उनले इङ्गित गरे।

अबका संस्थानहरू तथा सरकारी निकायहरूले आफ्नो साइबर सुरक्षामा धेरै ध्यान दिनु पर्ने आवश्क्ता, यो पछिल्लो घटना पछि, झनै बढेर गएको म्याकगिब्बनको भनाई रहेको छ।


2 min read

Published

Updated

By Tara Cosoleto



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now