SKIP TO MAIN CONTENT

च्यानल ३२ मा एसबीएस वर्ल्ड मुभिजको लागि तयार हुनुहोस्

१७ जुन २०१९ देखि एसबीएस भाइसल्याण्ड कसरी हेर्ने

SBS Viceland HD logo
SBS VICELAND is available in HD on free-to-air channel 31. Source: SBS

3 min read

Published

Updated


Skip to article content

सोमबार, १७ जून २०१९ देखि, हाल च्यानल ३२ मा एसबीएस भाइसल्याण्ड हेर्नुहुने दर्शकहरुले च्यानल ३१ मा उक्त च्यानल हेर्न सक्नुहुनेछ।

 

च्यानल ३२ मा एसबीएस वर्ल्ड मुभिज सुरु गर्न तयारीका साथ् उक्त बदलाव हुन लागेको हो। एसबीएस वर्ल्ड मुभिज सबै अस्ट्रेलियालीहरुका लागि निशुल्क रहेको एचडी च्यानल ३२ मा १ जुलाई २०१९ देखि उपलब्ध रहने छ।

 

के हो एसबीएस वर्ल्ड मुभिज?

 

एसबीएस वर्ल्ड मुभिज, आगामी जुलाई १, २०१९ देखि च्यानल ३२ मा चौबीसै घण्टा प्रसारण हुने च्यानल हो। अस्ट्रेलियाली दर्शकहरु समक्ष विविध अन्तराष्ट्रिय चलचित्र प्रस्तुत गर्ने एसबीएसको २५ वर्षे इतिहासलाई अगाडी बढाउँन एबीएस वर्ल्ड मुभिजले विश्वभरका सर्वश्रेष्ठ चलचित्रहरु पेश गर्ने छ। यस च्यानलमा युरोपेली आर्ट-हाउस देखि उत्कृष्ट बोलिवुड सिनेमा, रोमान्स कमेडी देखि आनिम र अझै धेरै चलचित्रहरु प्रस्तुत गरिने छ। एसबीएस वर्ल्ड मुभिज, पुरस्कृत र प्रसंशा प्राप्त नयाँ रिलिज भएका चलचित्रहरुको घर हुने छ, जसमध्ये करिब आधा चलचित्रहरु अंग्रेजी बाहेकका अन्य भाषाहरुमा हुने छन्।

 

च्यानल ३२ मा रहेको एसबीएस भाइसल्याण्ड माथि चाहिं के हुने छ?

 

एसबीएस भाइसल्याण्ड यस अघि, च्यानल ३२ मा स्ट्याण्डर्ड डेफिनिशन (एसडी) र च्यानल ३१ मा हाई डेफिनिशन (एचडी), दुवै च्यानलमा उपलब्ध रहेको थियो। सोमबार १७ जून २०१९ देखि एसबीएस भाइसल्याण्ड च्यानल ३२ मा प्रसारण हुने छैन तर च्यानल ३१ मा चाहिं यसको प्रसारण जारी रहने छ। च्यानल ३२ मा एसबीएस भाइसल्याण्ड हेर्नुहुने दर्शकहरुले उक्त च्यानल हेर्न च्यानल ३१ जानु पर्ने छ, वा एसबीएस अन डिमाण्डमा एसबीएस भाइसल्याण्डको कार्यक्रमहरु हेर्न सक्नु हुनेछ।

 

आगामी सोमबार १ जुलाई २०१९ देखि, च्यानल ३२ (यसअघि एसबीएस भाइसल्याण्ड एसडी) एसबीएस वर्ल्ड मुभिजमा परिणत हुनेछ।

 

के एसबीएसले कुनै च्यानल वा सेवाहरु बन्द गर्ने छ?

 

एसबीएसले कुनै सेवा वा च्यानलहरु बन्द गर्ने छैन – एसबीएस वर्ल्ड मुभिजको निशुल्क प्रसारण च्यानल ३२ मा सुरु गर्दै र वर्तमान सेवाहरुलाई कायम राख्दै, हामीले अस्ट्रेलियालीहरुलाई थप विकल्प प्रदान गर्दैछौं।

 

मैले कसरी एसबीएस भाइसल्याण्ड हेर्न सक्छु?

 

एसबीएस भाइसल्याण्डको प्रसारण सामान्य रूपमा च्यानल ३१ मा जारी रहने छ र कार्यक्रमहरु एसबीएस अन डिमाण्डमा पनि उपलब्ध रहने छन्।

 

च्यानल ३१ एक एचडी च्यानल हो र केहि दर्शकहरुले उक्त च्यानल हेर्न आफ्नो टिभीलाई पुनः ट्युन गर्नुपर्ने हुनसक्छ। यदि तपाईंको टिभीमा एचडी एमपीइजी-४ चल्दैन भने पनि तपाईंले एसबीएस भाइसल्याण्डका कार्यक्रमहरुलाई एसबीएस अन डिमाण्डमा हेर्न सक्नुहुनेछ।

 

एसबीएस वर्ल्ड मुभिज हेर्न कसरी पुनः ट्युन गर्ने?

 

यदि तपाईंलाई पुनः ट्युन गर्नुपरे, निम्न निर्देशनहरु अपनाउन सक्नु हुने छ, उक्त निर्देशन कुनै उपकरण, मोडल वा ब्राण्ड विशेष रहनुको सट्टा सामान्य जानकारी मात्र हो। तपाईंको उपकरण अनुसार मेन्युमा रहेका जानकारी र नामहरु फरक रहन सक्नेछ।

 

१.    उपकरण कन्ट्रोल प्यानल हेर्न आफ्नो रिमोट कन्ट्रोलमा रहेको “मेन्यु” वा “होम” बटन थिच्नुहोस्।

२.    “डिजिटल अटो ट्युनिंग” वा “डिजिटल च्यानल सर्च” विकल्प खोज्नुहोस्।

३.    “स्टार्ट” वा “सर्च” चुन्नुहोस्। त्यसपछि पुनः ट्युन गर्न केहि मिनेट मात्र लाग्नु पर्छ।

 

आफ्नो टिभीलाई कसरी पुनः ट्युन गर्ने बारे थप बुझ्न आफ्नो उपकरणको प्रयोगकर्ता म्यानुअल हेर्नुहोस् वा आफ्नो टिभी निर्मातालाई सम्पर्क गर्नुहोस्।

 

थप सहयोग चाहिए, तपाईंले एसबीएसलाई १८०० ५०० ७२७ मा कार्यालय समयमा पनि फोन गर्न सक्नुहुन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now