SKIP TO MAIN CONTENT

क्वारेन्टिनमा बस्न बाध्य हुने क्याजुवल कामदारहरुले पनि बिरामी बिदा पाउनुपर्ने माग

विश्वभर फैलिदै गएको कोरोना भाइरसको सङ्क्रमणले अस्ट्रेलिया लगायत धेरै देशहरुको अर्थव्यवस्थालाई नाकारात्मक प्रभाव पार्दै गएको छ, र यसको कारण क्याजुवल तथा दैनिक ज्यालामा काम गर्नेहरु आर्थिक मारमा परेका छन्।

Person with cleaning gear
Source: Insight

2 min read

Published

Updated

By Abbie O'Brien

Presented by SBS Nepali

Source: SBS



Skip to article content

एकातिर गल्दै गएको व्यापार-व्यवसाय र अर्कोतिर कोभिड-१९ कोरोना भाइरस बाट सङ्क्रमित हुनसक्ने खतराले ज्यालादारीको भरमा काम गर्ने धेरैको आयको श्रोतनै हराउन थालेको बताइएको छ। 

बिशेषगरी, यसको मारमा अस्ट्रेलियामा क्याजुवल वा स्थायी जागिर नभएका धेरै कामदारहरु परेका छन्।

एसियन वुमन एट वर्क नामक संस्थामा कार्यरत रहेकी रोनी वाङ्गले आफ्नो संस्थाका अधिकांस सदस्यहरु कोरोना भाइरसका कारण आफ्नो रोजगार गुमाउन बाध्य भएको बताउँछिन्।

उनको संस्थाले चीन लगायतका देशहरुबाट अस्ट्रेलिया आएका महिलाहरुलाई रोजगारिता सम्वन्धी सेवाहरुमा सहयोग दिदै आएको छ। 

दुई हजारभन्दा बढी सदस्य रहेको एसियन वुमन एट वर्कका अधिकांस सदस्यहरु क्याजुवल रोजगारितामा रहेको वाङ्ग बताउछिन्।

“धेरैजना रेष्टुरेण्ट, कारखाना लगायतमा कम ज्यालामा काम गर्छन्। यिनिहरुसँग बिरामि बिदा, बार्षिक बिदाको कुनै सुविधा हुँदैन, र अहिले कोरोनाभाईरसका कारण उनीहरुको काम ठप्प भएको छ,” उनले बताईन्।

Coronavirus Supplement
Source: Flickr

तथ्यांकहरुका अनुसार, अस्ट्रेलियामा करिब ३३ लाख मानिसहरु क्याज्वल र छोटो समयको लागि करारको काममा अनुबन्धित रहेका छन्। त्यसको अर्थ, प्रत्येक तीन कामदारमा, एक अस्ट्रेलियालीले कामबाट पाउनु पर्ने सुविधा- जस्तै बिरामी बिदा, बार्षिक बिदा- पाउने गर्दैनन्। 

यसमाथि कोरोनाभाईरसको नाकारात्मक प्रभावले यि कामदारहरुको स्थितिलाई झनै बिगार्ने पक्कानै छ। 

चीनबाट शुरु भएको भनिएको यस संक्रमणले गर्दा पर्यटन, उच्च अध्ययन र होटल व्यवसायको क्षेत्रलाई निकै ठूलो प्रभाव पारेको छ।

अनि यस क्षेत्रमा निर्भर रहेको कामदारहरुको रोजगारिताको अवसरहरु गुम्दै गएको, अस्ट्रेलियन काउन्सिल अफ ट्रेड युनियनकी श्याली मकम्यानस  बताउछिन्।

ACTU Secretary Sally McManus
ACTU Secretary Sally McManus Source: SBS

“पहिलेदेखिनै दीर्घकालिन रोजगार र सुविधा नरहेको पीडामा रहेका क्याजुवल लगायतका कामदारहरुको जीवनमा कोरोना भाइरसको सङ्क्रमणले अर्को नयाँ संकट थपेको छ,” उनले बताईन्।

यसैबिच, बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाभाईरसका कारण बिदामा बस्ने कामदारले बिरामी बिदाको भत्ता पाउनु पर्ने कानून अगाडि सारेका छन्। 

अस्ट्रेलियामा पनि यस किसमको नियम आउनु पर्ने लोरि-एन शार्प बताउछिन्। उनी अहिले अस्ट्रेलियन नर्सिङ्ग र मिडवाईफरी फेडेरेशनकी संघिय सचिव रहेकी छिन्।

अस्ट्रेलियाका स्वास्थ्य सेवामा लागेका कर्मचारीहरु कोरोनाभाईरसको संक्रमणको निकै ठूलो खतरामा रहेको बताउँदै, शार्पले यस सेवाका कामदारहरुलाई संक्रमण लागेको खण्डमा थप सुबिधा नपाउनु अन्याय हो भनि बताउछिन्। 

अस्ट्रेलियाको रोजगारिता तथा औधोगिक सम्बन्धका मंत्री क्रिस्टन पोर्टरले एक विज्ञप्ति जारी गर्दै सरकारले कामदार संघ तथा संगठनहरु, रोजगारदाताहरु अनि अन्य सम्बन्धित पक्षसँग मिलि काम गर्दै गरेको बताएका छन्। 

यसैबिच, अस्ट्रेलियन ट्रेड युनियन काउन्सिलले भने देशको बजार-व्यवसाय अल्पकालिन र क्याजुवल कामदारहरुमा बढी निर्भर रहेको बताएको छ।

संकट आएपछि  सोच्नुको साटो, त्यस्ता कामहरु जसले कामदारहरुलाई बिरामी बिदा लगायतका सुविधाहरुबाट बञ्चित राख्ने गर्छ, त्यसलाई कसरी सुविधामुखी  बनाउने तर्फ ध्यान जानु पर्छ भनि कामदारहरुको संगठनले अपिल गरेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now