के गर्भवती र स्तनपान गराइरहेका महिलाहरू कोभिड–१९ सङ्क्रमित भएमा एन्टीभाइरल चक्की खान मिल्छ?

प्याक्सलोभिड नामको एन्टीभाइरल चक्की कोभिड–१९ सङ्क्रमितहरूलाई अस्पताल भर्ना वा मृत्युको जोखिमबाट बचाउनका लागि निकै लाभदायी रहेको बताइन्छ।

Mother with protective mask breastfeeding her baby son at home

WHO recommends Paxlovid in pregnant and breastfeeding mothers, but Australians will have to wait. (Representative image.) Credit: South_agency/Getty Images

मुख्य बुँदा

  • विश्व स्वास्थ्य सङ्गठनले स्तनपान गराइरहेका र गर्भवती महिलाहरूलाई सङ्क्रमण भएको खण्डमा डाक्टरसँग सल्लाह गर्न सुझाव दिएको छ।
  • अस्ट्रेलियामा भने गर्भवती, स्तनपान गराइरहेका महिला र गर्भाधानको योजना बनाइरहेका महिलाहरूलाई प्याक्सलोभिड प्रयोगको अनुमति दिइएको छैन।
  • जोन्स हप्किन्स अर्न्तगतको स्वास्थ्य अनुसन्धानले भने प्याक्सलोभिडलाई सुरक्षित मानेको छ।

ज्यानुअरी १३ मा जारी पछिल्लो सुझावमा विश्व स्वास्थ्य सङ्गठनले गम्भीर किसिमको कोभिड-१९ सङ्क्रमण नभएको खण्डमा पनि प्याक्सलोभिड लिने बारेमा विचार गर्न सुझाव दिएको छ।

'सम्भावित लाभ र गम्भीर असर' परेको रिपोर्ट नआएकाले स्तनपान गराइरहेका र गर्भवती महिलाहरूलाई आफ्नो चिकीत्सकसँग सल्लाह गरी चक्की लिनका लागि सुझाव जारी गरेको हो।

यद्यपि अस्ट्रेलियाली महिलाहरूलाई भने देशको औषधि नियामक निकाय थेराप्युटीक गुड्स एडमिनीस्ट्रेशनले यसका बारेमा अनुमति नदिइसकेकाले यसको प्रयोगका लागि अझै केही समय कुर्नु पर्ने देखिएको छ।

टीजीएले पहिल्यैदेखि स्वास्थ्य समस्या रहेका केही मानिसहरूलाई मात्र प्याक्सलोभिड प्रयोगको अनुमति दिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले प्याक्सलोभिडको प्रयोगको सुझाव दिएको भए पनि अस्ट्रेलियाले भने आफ्नो सिफारिसमा कुनै परिवर्तन गरेको छैन।

स्वास्थ्य विभागका अनुसार प्याक्सलोभिडलाई सन् २०२२, १८ जनवरीमा प्रारम्भिक अनुमति दिँदा फाईजर कम्पनीले गर्भवती महिलाहरूमा यसको प्रयोगका बारेमा तथ्याङ्क उपलब्ध गराएको छैन।

त्यसैले पनि गर्भवती महिलाहरूमा यसको प्रयोगको सुझाव दिइदैन्
स्वास्थ्य विभाग

“याे, युरोपियन मेडीसीन्स एजेन्सी (इएमए), बेलायतको मेडीसीन्स एजेन्सी र नियामक संस्थाको (एमएचआरए) सुझाव अनुसार छ।"

यता वेर्स्टन अस्ट्रेलियाको स्वास्थ्य निर्देशनमा पनि गर्भवती वा बच्चा पाउने योजना भएका महिलाहरूलाई प्याक्सलोभिड नलिनका लागि सुझाव दिइएको छ।

“यो औषधिको प्रयोग गर्दै गर्दा गर्भ बसेमा तुरुन्तै आफ्नो चिकित्सकलाई सर्म्पक गर्नुहोला,” स्वास्थ्य निर्देशनमा भनिएको छ।

“तपाईँले वैकल्पिक गर्भ निरोधक वा कन्डम जस्ता अतिरिक्त विधि प्रयोग गर्नु पर्ने हुन सक्छ।”

मेलबर्नमा प्रसुतीरोग विशेषज्ञका रूपमा कार्यरत डाक्टर निशा खोत भने अस्ट्रेलियाली सरकारले विश्व स्वास्थ्य सङ्गठनको सुझावलाई स्विकार्दै चाडै नै आफ्नो सुझाव परिवर्तन गर्ने आशा गर्छिन्।

“अस्ट्रेलियाका स्वास्थ्य व्यवसायीहरूले सरकारले अनुमति नदिएसम्म प्याक्सलोभिड बिरामीहरूलाई प्रयोग गर्ने अनुमति दिन सक्दैनन्,” डाक्टर खोतले भनिन्।

प्याक्सलोभिडलाई अनुमति दिएपछि, गर्भवती र स्तनपान गराइरहेका महिलाहरूलाई राहत दिनेछ भने वैकल्पिक उपचार विधि पनि हुनेछ

डाक्टर खोतका अनुसार भिक्टोरियाका धेरै गर्भवती र स्तनपान गराइरहेका महिलामा कोभिडको निकै कम लक्षणहरू मात्र देखिन्छन्।

“यो चाहिँ, खोप र बुस्टरको मद्दतले भएको हो, त्यसैले यसले कोभिड–१९ खोपको महत्त्वलाई बुझाउँछ।”

यता हालै जामा नेटवर्कमा प्रकाशित भएको जोन्स हप्कीन्सन्को स्वास्थ्य अनुसन्धानले पनि गर्भवती महीलाले गम्भीर सङ्क्रमणबाट रोक्न प्याक्सलोभिड लिन मिल्ने बताएको छ।

“रीटोनाभिर (प्याक्सलोभिड) र निमाट्रील्भिर औषधि प्रयोग गरेका करिब आधा महिलाको बच्चा सिजेरीयन सेसनबाट भएको छ,” अध्ययनले भनेको छ।

अस्ट्रेलियाली सरकारले भने टीजीए गर्भवती महिलाहरूमा भएको अध्ययनका बारेमा जानकार भएको भए पनि फाइजरबाट नयाँ आवेदन आवश्यकता पर्ने बताउँछ।

फाईजरले भने गर्भावस्था र स्तनपान गराइरहेका महिलाहरू प्याक्सलोभिडको सुरक्षित प्रयोगका बारेमा आफुसँग कुनै तथ्याङ्क नरहेको बताएको छ।

“गर्भाधानको योजना बनाइरहेकाहरूले प्याक्सलोभिड खान छाडेको सात दिनसम्म गर्भ बस्न नदिन कोसिस गर्नु पर्दछ,” फाइजरले भनेको छ।

“प्याक्सलोभिड चक्की प्रयोग गर्दा र त्यसपछिको सात दिनसम्म स्तनपान गराउनु हुँदैन, प्रजनन क्षमतामा प्याक्सलोभिडको असर बारेमा भने कुनै तथ्याङ्क उपलब्ध रहेको छैन।”

सार्वजनिक बिदाका समयमा निम्न विपद् तथा जानकारी प्रदान गर्ने सेवाहरू उपलब्ध रहेका छन् :

लाइफ लाइन

- १३ ११ १४. बहिरोपन भएका वा सुन्न गाह्रो हुनेहरूले लाइफलाइनलाई ०४७७ १३१ १४४ मा टेक्स्ट पठाउन सक्ने छन्।

माइन्ड म्याप_यूथ पोर्टल

- १८०० ८६२ १११

एक्सेस मेन्टल हेल्थ टिम - १८०० ६२९ ३५४ वा ०२ ६२०५ १०६५

सुसाइड कल ब्याक सर्भिस - १३०० ६५९ ४६७

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Share

3 min read

Published

Updated

By Sahil Makkar

Presented by Krishna Pokhrel

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now