"प्रजातन्त्र भित्रको क्यान्सर": संचार जगतमा रुपर्ट मर्डकको बाहुल्यता विरुद्ध पूर्व प्रधानमन्त्रीको अभियान

शाही आयोगको माग गर्ने पूर्व लेबर प्रधानमन्त्री केभिन रडको हस्ताक्षर संकलन अभियानमा अस्ट्रेलियाका पूर्व लिबरल प्रधानमन्त्री म्याल्कल्म टर्नबुल ले पनि समर्थन जनाएका छन्।

Kevin Rudd speaks to the media during a press conference at Brisbane City Botanic Garden in Brisbane, Sunday, October 11, 2020.

Kevin Rudd speaks to the media during a press conference at Brisbane City Botanic Garden in Brisbane, Sunday, October 11, 2020. Source: AAP

अस्ट्रेलियाली संचार क्षेत्रमा रहेको रुपर्ट मर्डक र उनको न्युज कर्प नामक संस्थाको बाहुल्यता माथि छानबीन गर्न मोरिसन सरकार द्वारा एक शाही आयोगको स्थापना गरिनुपर्ने माग गर्दै पूर्व प्रधानमन्त्री केभिन रडले एक हस्ताक्षर संकलन अभियान सुरु गरेका छन्।


प्रमुख विषय:

  • किन सुरु गरे पूर्व प्रधानमन्त्रीले उक्त अभियान?
  • म्याल्कल्म टर्नबुलको समर्थन किन?
  • को हुन् रुपर्ट मर्डक?

सन् २००७ देखि २०१० सम्म र त्यसपछि छोटो समयका लागि सन् २०१३ मा पनि प्रधानमन्त्री रहेका रडले "मर्डक मिडिया द्वारा विशेष गरि अस्ट्रेलियाली संचार क्षेत्रमा रहेको आफ्नो एकाधिकारको दुरुपयोग गरेको" आरोप लगाउंदै संघीय संसदमा आफ्नो अभियान सुरु गरेका हुन्।

गत अक्टोबर महिनामा हस्ताक्षर संकलन अभियान सुरु भएको थियो र त्यसको तीन दिन भित्रनै एक लाख चालिस हजार भन्दा बढीले रडको उक्त पेटिशनमा आफ्नो नाम राखेका थिए।

"वास्तवमा मर्डक एक क्यान्सर बनेका छन्, हाम्रो प्रजातन्त्र भित्रको एक अहंकारी क्यान्सर," आफ्नो पेटिशन सुरु गर्नुको कारणबारे सामाजिक संजालमा सार्वजनिक गरिएको एक भिडियोमा केभिन रडले बताए।

साथै उनले संचार क्षेत्रमा विविधता बढाउन पनि पहल हुनुपर्ने आग्रह गरे।

गत ४ नभेम्बरमा उक्त संकलन अभियान अन्त्य हुँदा ५ लाख भन्दा बढीले आफ्नो हस्ताक्षर गरेका थिए।

को हुन् रुपर्ट मर्डक?

अस्ट्रेलियामा जन्म भएका ८९ वर्षीय रुपर्ट मर्डकले न्युज कर्प नामक आफ्नो संचार संस्थाका साथ् अस्ट्रेलियामा प्रकाशित हुने "द अस्ट्रेलियन" र "द डेली टेलिग्राफ" र "द कुरियर मेल" का साथै युके को "द सन", "द टाइम्स" र संयुक्त राज्यमा चाहिं "वल स्ट्रीट जर्नल" अनि "द न्यु योर्क पोस्ट' संचालन गर्दछन्। त्यस्तै फक्स न्युज र स्काई न्युज पनि मर्डक द्वारा स्थापना गरिएको फक्स कर्पोरेशन अन्तर्गत रहेको छ।

यसैक्रममा आफ्नो हस्ताक्षर अभियान प्रति देखिएको समर्थनले पनि अस्ट्रेलियालीहरुको जिवनमा मर्डकको संचार एकाधिकारले पारिरहेको असरबारे समुदायमा आक्रोश बढ्दै गएको प्रष्ट हुने केभिन रडले बताए।

"उक्त आक्रोश अहिले बल्ल सामाजिक अभियानमा परिणत भइरहेको छ। मानिसहरु थाकी सके।"

Rupert Murdoch in 2019.
Australian-born American media mogul Rupert Murdoch. Source: Invision

पूर्व प्रधानमन्त्री रडका अनुसार अस्ट्रेलियामा प्रकाशित हुने समाचार पत्रिकाहरु मध्ये ७० प्रतिशतमा रुपर्ट मर्डकको नियन्त्रण रहेको छ। साथै क्वीन्सल्याण्डमा प्रकाशित हुने प्रायः सबै समाचारपत्रिकाहरु पनि उनकै नियन्त्रणमा रहेको रडको भनाइ छ।

मर्डक नियन्त्रित संचार निकायहरुको आलोचनाको केन्द्रबिन्दु बनेका रडले अस्ट्रेलियामा आफ्नो राजनीतिक शक्तिलाई कायम राख्न घाटैमा भए पनि समाचार पत्रिकाहरु मर्डक द्वारा संचालन गरिएको आरोप लगाए।

मर्डक मिडिया द्वारा अस्ट्रेलियाको लिबरल र न्याशनल पार्टीहरुको सम्रक्षण गरिएको उनले दाबी गरे।

"गत अठार ओटा सङ्घीय र राज्य निर्वाचन मध्ये अठार ओटामै मर्डक मिडिया द्वारा लेबर पार्टी विरुद्ध र लिबरल- न्याशनल गठबन्धनको समर्थनमा व्यापक प्रचार गरेका छन्।"

"दुबै पक्षले समान व्यावहार पाउने अवस्था अहिले रहेको छैन," रड ले भने।

Former Prime Minister Malcolm Turnbull.
Former Prime Minister Malcolm Turnbull. Source: SBS News

यसैक्रममा पूर्व लिबरल प्रधानमन्त्री म्याल्कल्म टर्नबुलले पनि आफ्ना पूर्व प्रतिद्वन्दीको हस्ताक्षर अभियानमा आफ्नो साथ् दिएका छन्।

"न्युज कर्प द्वारा राजनीतिक प्रचारकको भूमिका निभाउदै एक राजनीतिक दलको रूपमा काम गरिरहेको छ," टर्नबुलले आरोप लगाए।

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्प प्रतिको समर्थनको उदाहरण दिंदै पूर्व प्रधानमन्त्री टर्नबुलले मर्डक द्वारा आफ्ना साथिहरुलाई सहयोग गर्ने र आफ्नो योजनालाई अगाडी बढाउने पनि बताए।


3 min read

Published

Updated

By SBS Nepali

Source: AAP, Reuters, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now