SKIP TO MAIN CONTENT

अस्ट्रेलियाको भिसा प्राबधानमा केहि फेरबदल

Temporary visa in australia
Source: AAP

1 min read

Published

Updated

By Ildiko Dauda

Presented by SBS Nepali

Source: SBS Settlement Guide



Skip to article content

अस्ट्रेलियाको अध्यागमन बिभागले आउँदो हफ्ता देखि अल्पकालीन समयका लागि अस्ट्रेलिया बस्न र काम गर्न पाउने वा टेम्पोररी वोर्क भिसामा व्यापक सुधार ल्याउदै छ। नयाँ प्राबधान अनुसार सबै भिसाहरु, अनलाईन मात्र आबेदन हाल्न पाईनेछ। त्यस्तै विभिन्न भिसाका उप-वर्गहरुलाई खारेज गरी, यी सबै आबेदन समेट्ने उदेस्यले नयाँ भिसा वर्गहरु सिर्जना गरिएको छ।

यो आउदो शनिबारसम्म बिभागले पाएका आबेदनहरु पुरानै नियम अनुसार सम्प्रेसन हुने छन् र त्यसपछि आएका आबेदनहरु लाई नया नियम लाग्नेछ।

खारेज भएका भिसाहरुमा सब क्लास ४०१, ४०२, ४१६, ४२० र ४८८ रहेका छन्। यिनीहरुको ठाउँमा नयाँ ल्याईएका भिसा बर्गहरु सब क्लास ४००, ४०३, ४०७ र ४०८ रहेका छन्।

सरकारका अनुसार नयाँ भिसाको आबेदन हाल्दा २७५ डलर शुल्क लाग्नेछ र पहिले भन्दा निक्कै छिट्टो निर्णय पनि अबेदक हरुले पाउने छन्। सरकार को यो सुधार कार्यक्रम, सीपमुलक काम को समिक्षा पछि आएको हो।

थप जानकारीका लागि तल को लिंक मा जानुहोस्।

http://www.sbs.com.au/radio/article/2016/11/16/settlement-guide-changes-temporary-work-visas-mean-faster-processing

http://www.sbs.com.au/radio/article/2016/11/16/settlement-guide-these-5-australian-visas-are-now-closed-new-applicants


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now