SKIP TO MAIN CONTENT

चरित्र परीक्षणमा कडाइ गर्ने योजना: हजारौं आप्रवासीहरु अस्ट्रेलियाबाट निष्काशित हुने चिन्ता

अध्यागमन मन्त्रीद्वारा प्रस्तावित अस्ट्रेलियाली भिसामा रहेकाहरूको चरित्र परीक्षण गर्ने मापदण्डलाई कडा बनाउने योजनाको मतलब लामो समयदेखि अस्ट्रेलियामा बस्दै आएका आप्रवासीहरू पनि देश छाड्न बाध्य हुन सक्नेछन्।

دیوید کلمن وزیر مهاجرت استرالیا
Source: AAP

3 min read

Published

Updated

Source: SBS



Skip to article content

अस्ट्रेलियाली भिसामा रहेकाहरूको चरित्र परीक्षण गर्ने मापदण्डलाई कडा बनाउने आफ्नो योजना मोरिशन सरकारले सार्वजनिक गरेको छ।

अध्यागमन मन्त्री डेभिड कोल्म्यानद्वारा प्रस्तावित उक्त योजना अन्तर्गत अस्ट्रेलियामा अधिकतम दुई वर्ष सम्म जेल सजाय हुने कुनै पनि अपराधमा संलग्न हुने आप्रवासीहरू चरित्र परीक्षामा स्वतः अनुतिर्ण हुनेछन्।

सामान्य हिंसा वा कसैको नजिक नजान अदालतद्वारा जारी गरिएको आदेश उल्लङ्घन गर्ने जस्ता जेल नपठाइने अपराधमा पनि उक्त नीति लागु हुने बताइएको छ।

हिजो मात्र अपाङ्गता वा दीर्घकालीन स्वास्थ्य समस्या रहेकाहरू प्रति अस्ट्रेलियाको भिसा नीतिमा केही लचकता देखाउने सरकारी सङ्केतबारे समाचार आएको थियो।

न्युजिल्याण्डका नागरिकहरु माथि थप संकट?

यस अघि सन् २०१४ मा कम्तीमा बाह्र महिना जेल सजाय पाएका गैर अस्ट्रेलियालीहरूलाई देश निकाला गर्न सरकारलाई अनुमति दिनेगरि अध्यागमन कानूनमा संशोधन गरिएको थियो।

उक्त संशोधनका साथ सन् २०१६ र २०१८ भित्र एक हजार भन्दा बढी न्युजिल्याण्डका नागरिकहरूलाई आफ्नो देश फिर्ता पठाइएको थियो।

गए महिना अस्ट्रेलियाको भ्रमणमा रहेकी उक्त छिमेकी राष्ट्र कि प्रधानमन्त्री जसिण्डा आर्डनले आफ्ना समकक्षी स्कट मोरिशनसँग उक्त विषयबारे चिन्ता पनि व्यक्त गरेकीथिईन।

अस्ट्रेलियाको उक्त कदमले दुई देश बिचको सम्बन्धमा नकारात्मक असर पारिरहेको पनि उनको भनाइ थियो।

Scott Morrison and Jacinda Ardern look at the cenotaph as they walk towards the wreath laying ceremony at the War Memorial Museum in Auckland.
Scott Morrison and Jacinda Ardern discussed deportations of New Zealanders during a visit last month. Source: AAP

आप्रवासन नीति सम्बन्धी विज्ञ र पूर्व लेबर सल्लाहकार हेनरी शेर्रेलका अनुसार चरित्र परीक्षण मापदण्डमा कडाइ गर्ने गठबन्धन सरकारको योजनाले समुदायमा कुनै खतरा नरहेका दशौँ हजार आप्रवासीहरूलाई अस्ट्रेलियाबाट निष्कासन गर्न सकिने खतरा सिर्जना गर्नेछ।

एसबीएस समाचारसँग कुरा गर्दै उनले भने, “प्रस्तावित संशोधनले चरित्र परीक्षामा अनुतिर्ण हुने मापदण्डलाई धेरै नै घटाउने छ।”

सन् २००५ मा न्यु साउथ वेल्सका स्थानीय अदालतहरूमा सुनाइएका सजायहरू सम्बन्धि आयोजना भएको संसदीय सुनवाई समक्ष चरित्र मापदण्ड बारे आफ्नो जाँच प्रस्तुत गरेका थिए।

“सामान्य हिंसा वा जानीजानी कसैको नजिक नजान अदालतद्वारा जारी गरिएको आदेश उल्लङ्घन गरेको जस्ता आरोपमा दोषी ठहर भएकाहरूले पनि जेल जान नपरेको उदाहरणहरू रहेका छन्।”

साथै, सरकारको पछिल्लो योजना पुराना अपाराधहरुका लागि पनि लागु हुनसक्ने सम्भावनाले पनि चिन्ता बढाएको छ।

“धेरै लामो समय देखि अस्ट्रेलियामा बसिरहेका आप्रवासीहरू जसले आफ्नो अपराध बापत सजाय पनि पाइसकेका छन्, उनीहरूलाई नयाँ कानूनका साथ देश निकाला गर्न सकिने कुरा धेरै गम्भीर हो,” उनले भने।

Migrants who have committed crimes with a maximum sentence of at least two years jail will automatically fail the character test.
Migrants who have committed crimes with a maximum sentence of at least two years jail will automatically fail the character test. AAP Source: AAP

अध्यागमन मन्त्री डेभिड कोल्म्यानले चाहिँ गम्भीर अपराधमा दोषी ठहर भएका मानिसहरूको भिसा अस्वीकार वा रद्द गर्न पछिल्लो संशोधनले उपयुक्त बाटो सुनिश्चित गर्ने बताएका छन्।

गए महिना संसद् समक्ष बोल्दै उनले भने, “यस्ता अपराधमा दोषी ठहर हुने विदेशी नागरिकहरू प्रति अस्ट्रेलियाली समुदायमा कुनै सहनशीलता नरहेको प्रस्ट सन्देश आफ्नो प्रस्तावले दिनेछ।”

अस्ट्रेलियामा प्रवेश गर्न र बस्न पाउनु एक विशेषाधिकार भएकोले आप्रवासीहरूले अस्ट्रेलियाली मान्यता अनुरूप व्यवहार गर्नुपर्ने उनले जोड दिए।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now