बुस्टर डोज र एन्टिभाइरल उपचारका लागि आफ्नो योग्यता जाँच गर्नुहोस्

जाडो महिना सुरु भएसँगै अस्ट्रेलियामा ओमिक्रनका सब भेरीएन्टहरु बिए.४ र बिए.५ का कारण सङ्क्रमणको नयाँ लहर देखिएको छ।

Leading epidemiologists and health experts say COVID-19 booster doses and antiviral pills significantly reduce the severity and hospitalisation risk.

Leading epidemiologists and health experts say COVID-19 booster doses and antiviral pills significantly reduce the severity and hospitalisation risk. Source: Getty/Marca Piner

कोभिड–१९ अन्तर्गतको ओमिक्रनका सब भेरीएन्टहरुले यस अघि सङ्क्रमण भएर शरीरमा बनेको प्रतिरक्षा प्रणालीलाई समेत छल्न सफल भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

हालै बेलायतमा देखिएका दैनिक नयाँ केस सङ्ख्या मध्ये २५ प्रतिशतलाई पुन:सङ्क्रमण भएको एक नयाँ अध्ययनले देखाएको छ।

यस्तै अवस्था न्यु योर्कमा पनि छ, जहाँ १८ प्रतिशत मानिसहरू पुन:सङ्क्रमित बनेका छन्।

अस्ट्रेलियामा पनि कोरोना सङ्क्रमित बनेपछि कम्तीमा पनि तीन महिना पुन: सङ्क्रमणको सम्भावना नहुने भन्ने स्वास्थ्य सल्लाहमा परिवर्तन आएको छ।

सङ्क्रमित बनेकाहरूको तथ्याङ्कलाई मध्यनजर गर्दै अधिकारीहरूले पुन: सङ्क्रमण हुन सक्ने सम्भावनालाई तीन महिनाबाट घटाएर २८ दिन बनाएका छन्।

नयाँ भेरीएन्टबाट कसरी बच्ने त?

फेस मास्कको प्रयोग, समाजीक दुरी, नियमित हात धुने वा स्यानीटाइज गर्ने र खोपको पुरा डोज लिनु नै यसबाट बच्ने उपायहरू भएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।

महामारी रोग विशेषज्ञ प्राध्यापक क्याथरिन बेनेट जाडो महिनामा खोपको बुस्टर डोज लगाउनाले जोखिममा रहेका मानिसहरूमा गम्भीर रोग निम्त्याउनबाट दुई तिहाइले कम गर्ने बताउँछिन्।

इजरायलको तेल अभिभ विश्वविद्यालय र बेन–गुरीएन विश्वविद्यालयले गरेको एक पछिल्लो अध्ययनमा खोपको चौथो डोजले सङ्क्रमण हुनबाट ३४ प्रतिशत जोगाउने देखाएको छ।

यसै गरी चौथो बुस्टर लगाउँदा सङ्क्रमण पछि गम्भीर रोग लागेर अस्पताल भर्ना हुनबाट ६५ प्रतिशत जोगाउने र वृद्ध इजरायलीहरूलाई मृत्युको जोखिमबाट भने ७२ प्रतिशतसम्म रोक्ने अध्ययनको निष्कर्ष छ।

उमेर अनुसार खोपका लागि दिइएका सुझाव

स्वास्थ्य अधिकारीहरूले मानिसको उमेर अनुसार खोपको कति मात्रा लिनु पर्दछ भनेर निम्न सुझाव पेस गरेका छन्।

  • ५० भन्दा माथिका उमेरका लागि खोपको चौथो डोज
  • ३० देखि ४९ वर्ष उमेर समूहका लागि तीन डोज तर चौथोका लागि विकल्प
  • १६ देखि २९ का लागि तीन डोज
  • पाँच देखि १५ वर्षसम्मका लागि दुई डोज
यद्यपि १२ देखि १५ वर्ष उमेरबिचका केटाकेटीमा जटिल स्वास्थ्य समस्या वा रोगसँग लड्ने क्षमतामा कमी रहेको खण्डमा भने तेस्रो बुस्टर डोजका लागि सिफारिस गरिएको छ।

तीन महिना अघि पहिलो बुस्टर डोज पनि भनिने खोपको तेस्रो डोज लिएका मानिसका लागि चौथो खोप लगाउनका लागि निम्न सुझाव पेस भएका छन्।

  • ३० वा त्यस माथिका मानिसहरू
  • एज्ड केयर वा आशक्तता सम्बन्धी स्याहार केन्द्रमा बसोबास गर्ने मानिस
  • रोगसँग लड्ने क्षमता कमजोर भएकाहरू
  • एबोरजिनल र टोरेस स्ट्रेट आइल्याण्डर समूहका ५० वर्ष माथिका सदस्य
  • सङ्क्रमणका कारण गम्भीर रोग निम्तन सक्ने सम्भावना रहेका १६ वर्ष वा त्यस भन्दा माथिका मानिस
  • आशक्तता भएका १६ वर्ष वा त्यस माथिका मानिस


कोभिड–१९ सङ्क्रमण भएकाहरूलाई उपचार

कोभिड–१९ सङ्क्रमण भएपछि एन्टीभाइरल औषधिहरूको प्रयोग गर्न सकिन्छ, जसले शरीर भित्र भाइरसलाई बढ्न वा स्वस्थ कोषहरूलाई आक्रमण गर्नबाट रोक्दछ।

स्वास्थ्य अधिकारीहरूले लक्षण देखिनासाथ वा पाँच दिन भित्र लेग्रभियो (Lagevrio) र प्याक्सलोभिड (Paxlovid) जस्ता एन्टीभाइरल चक्की लिनका लागि सुझाव दिएका छन्।

एन्टीभाइरल चक्कीहरूले सङ्क्रमणका कारण थप रोग निम्तन र अस्पताल भर्ना हुनबाट जोगाउने स्वास्थ्य अधिकारीहरूको भनाई छ।

यी औषधिहरू कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका निम्न मानिसहरूका लागि उपलब्ध रहेको छ।

  • ७० वर्ष माथिका मानिस
  • कम्तीमा दुई वटा स्वास्थ्य जोखिम रहेका ५० वर्ष माथिका मानिस
  • स्वास्थ्य जोखिन पैदा हुन सक्ने दुई वा त्यस भन्दा बढी कारण भएका ३० वर्ष माथिका एबोरजिनल एवम् टोरेस स्ट्रेट आइल्याण्डर समुदायका मानिस
  • रोगसँग लड्ने क्षमता कमजोर भएका १८ वर्ष माथिका मानिस
माथि उल्लेखित अवस्थाका कारण योग्य बनेका मानिसहरूले सङ्क्रमण भएमा टेलिहेल्थ सेवाको प्रयोग गरी आफ्नो चिकित्सकसँग सल्लाह लिनका लागि सुझाव दिइएको छ।

खाने चक्की कन्सेसन कार्ड भएकाका लागि १० डलर भन्दा कम र सामान्य मानिसहरूका सरकारी औषधि छुट योजना, फर्मालस्युटिकल बेनीफिट स्किम मार्फत ४५ डलर पर्न जान्छ।

कोभिड–१९ का बारेमा अद्यावधिक जानकारीका लागि यहाँ जानुहोस्।


Share

Published

Updated

By Sahil Makkar

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand