SKIP TO MAIN CONTENT

बाल यौन दुराचारीहरुलाई विदेश भ्रमणमा रोक

यौन पर्यटनलाई निरुत्साहित गर्ने उद्देश्यले ८ महिना अगाडी कार्यान्वयनमा ल्याइएको कानुन अन्तर्गत करिब ३० जना बाल यौन शोषणका दोषीहरुको राहदानी रद्द गर्दै उनीहरुलाई अस्ट्रेलिया छाड्नबाट रोकिएको अधिकारीहरु बताउँछन्। बाल सुरक्षाका अभियन्ताहरु बालबालिकाका लागि जोखिमयुक्त हुनसक्ने अन्य धेरै अपराधिहरुलाई विदेश भ्रमणमा जानबाट उक्त कानुनले रोकेको विश्वास व्यक्त गर्दछन्।

Australian passport and a lock
Source: Getty Images

2 min read

Published

Updated

By Jarni Blakkarly

Presented by Sunita Pokharel



Skip to article content

टोनी किर्वन सामान्यतया क्विन्सल्याण्डमा देखिने पिताहरु जस्ता छैनन्।  

उनि आफ्नो साँझहरु थाइल्याण्ड, फिलिपिन्स र कम्बोडियाका अव्यवस्थित र घिनलाग्दा मादक पदार्थ बेच्ने बारहरुमा बिताउँछन। यौन व्यापारमा संलग्न हुन बाध्य पारिएका बालबालिकाहरुको खोजि र उनीहरुलाई त्यो फन्दाबाट निकाल्नुनै उनको मुख्य उद्देश्य हो। 

उनी भन्छन् "धेरै पटक हामी यस्ता भट्टी, वेश्यालय र विशेष गरि सस्तो र भद्दा बारहरुमा जाँदा अस्ट्रेलियालीहरुलाई भेटछौँ। अस्ट्रेलियाली नागरिकहरु प्राय: यस्ता स्थानहरुमा धेरै संख्यामा भेटिनेहरु मध्येका एक हुन्।"

किर्वन भन्छन्, जुन ठाउँमा बालबालिकाहरुलाई यौन व्यवसायमा लगाउन बेचिन्छ त्यस्तो स्थानमा आफ्नै देशका नागरिकहरुलाई देख्दा लाज लागेर आउँछ।

तर अब एसियामा गएर बालबालिकामाथि दुर्व्यबहार गर्ने अस्ट्रेलियालिहरुको संख्यामा कमी आउने देखिएको छ। 

अघिल्लो वर्ष, २०१७ मा सरकारले विश्वकै पहिलो विद्ययक ल्यायो जसले विदेश तथा व्यापार मामिला विभागलाई दर्ता भएका बाल यौन शोषकहरुको राहदानी रद्द गर्न सक्ने अधिकार दिएको छ। 

अस्ट्रेलिया भर्ने दर्ता भएका २० हजारको संख्यामा यस्ता बाल यौन अपराधिहरु रहेको बताइन्छ। 

संघिय सरकारले गरेको अनुमान अनुसार सन् २०१६ मा मात्र ८०० जनाले विदेश यात्रा गरेको देखिन्छ। जसमध्ये आधा मानिसहरु दक्षिण पुर्बी एसियामा रहेका बाल यौन व्यवसाय संचालन गर्ने त्यस्ता स्थानहरुमा गएका थिए। 

एसबीएसद्वारा तयार पारिएको विदेश तथा व्यापार मामिला विभागको तथ्याङ्क अनुसार राहदानी रद्द गर्ने कानुन डिसेम्बर २९ देखि लागू भए पश्चात मानिसहरुको यात्राका कागजातहरु रद्द गरिएका छन्। र, पछिल्ला दुई महिनामा नै आधि भन्दा बढी कागजात रद्द गरिएको पाइएको छ। 

विभागका अनुसार विदेश भ्रमण गर्नेहरुको संख्याको तुलनामा रद्द गरिएकाहरुको संख्या कम रहे पनि देश बाहिर जाने जो कोहीलाई सिमानामा रोकिने र उनीहरुले ५ वर्ष सम्मको कारावास सजायको भागिदार बन्नु पर्ने छ।

Child sex offenders travelling overseas
Source: SBS

भिक्टोरियाका सिनेटर डेरिन हिंच सरकारलाई यो कानुन ल्याउन लबीङ्ग गर्नेहरु मध्येका एक प्रमुख व्यक्ति हुन्। र उनी यसलाई बालबालिकाको बलात्कार गर्ने बिदाको रुपमा व्याख्या गर्छन। 

"मानिसहरुले २७ जना त हो नि, के ठुलो कुरा भयो र भन्न सक्छन, तर हामीलाई के थाहा छैन भने यसले सम्भवत एक सय, दुई सय विदेशका बालबालिकालाई जोगाएको हुनसक्छ।"

हिंच भन्छन उनि संसदको माथिल्लो सदनमा आफ्नो पदको प्रयोग गरेर रद्द भएका राहदानीका संख्याहरूमा नजर राख्दै यो कानुन कत्तिको योजना अनुरुप चलेको छ भनेर हेर्ने छन्।

कारागार सुधारबारे वकालत गर्नेहरु यो कानुनलाई निकै बृहत भएको बताउदै यसले पुन: कानुन उल्लङ्घन गर्ने सम्भावना नभएकाहरुलाई पनि समाहित गरेको बिचार व्यक्त गर्दछन। 

तर बाल संरक्षण अभियन्ता हेट्टी जोनस्टोन, जसकी आफ्नै छोरीमाथि पनि २ दशक अगाडी शोषण भएको थियो। उनि भन्छन यस्ता अपराधिहरुलाई सहुलियत दिएर जोखिम उठाउन सकिदैन। 

"उनीहरुको राहदानी जफत गर्नु हामि अस्ट्रेलियालिहरुका लागि अत्यन्त गर्वको कुरा हो। हामि चाहदैनौं कि अस्ट्रेलियालिहरु विदेश यात्रामा जाउँन र त्यहाँका निसाहाय बालबालिकाहरुमाथि शोषण गरुन"


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now