SKIP TO MAIN CONTENT

बाल यौन शोषणका ८०० भन्दा बढी आरोपमा १४ जनालाई पक्राउ

बाल यौन शोषणको अनलाइन संजाल तोड्ने अस्ट्रेलियाली प्रहरीको उक्त कारवाहीका कारण संयुक्त राज्यमा पनि तीन जनालाई हिरासतमा लिइएको बताइएको छ।

A supplied image of Australian Federal Police officers making an arrest as part of Operation Arkstone.
Source: AFP

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS



Skip to article content

अस्ट्रेलियाली प्रहरी द्वारा बाल यौन शोषण सम्बन्धि आठ सय भन्दा बढी आरोपहरुका साथ् देशका बिभिन्न स्थान बाट १४ जनालाई पक्राउ गरिएको छ। 

अस्ट्रेलियाली सङ्घीय प्रहरी (एएफपी) का अनुसार बाल यौन शोषणको लागि प्रयोग गरिएको भनिएको एक अनलाइन संजाल माथिको छानबीन ले न्यु साउथ वेल्स, क्वीन्सल्याण्ड र पश्चिम अस्ट्रेलियामा ४६ जना बालबालिका माथि कथित शोषणका घटनाहरु भएको देखाएको छ। 

हिरासतमा पर्ने हरुमा एक बाल स्याहार कर्मीका साथै एक फुटबल प्रशिक्षक पनि रहेका छन्।

आरोपितहरुले १६ महिने बाल बालिका देखि १५ वर्षे किशोरहरु माथि कथित शोषण गरेको प्रहरीको भनाइ छ।

साथै न्यु साउथ वेल्सको मध्य-उत्तरी तटीय क्षेत्रमा रहेको एक बाल स्याहार केन्द्रमा एल पूर्व कर्मचारीले १६ जना बालबालिका माथि पनि कथित दुर्व्यवहार गरेको आरोप प्रहरीको रहेको छ।

पक्राउ परेका १४ जनाले बाल यौन शोषणका सामाग्रीहरु बनाउनुका साथै अस्ट्रेलिया र अन्य राष्ट्रहरुमा पनि अनलाइन मार्फत वितरण गरेको पनि आज एक पत्रकार सम्मेलन मार्फत एएफपी द्वारा बताइएको थियो।

न्यु साउथ वेल्स प्रहरीसंगको सहकार्यमा भएको पछिल्लो कारवाही, गत फेब्रुवरी महिनामा एक ३० वर्षीय सेन्ट्रल कोस्ट पुरुषको हिरासत पछि सुरुभएको छानबीन पछि सम्भव भएको पनि संघीय प्रहरीको भनाइ छ। उक्त पुरुष माथि १० वर्ष भन्दा कम उमेरका पिडित माथि यौन दुर्व्यवहार गरेको लगायत ८९ भिन्न आरोप लागेको थियो।

Supplied image of seized items from Queensland search warrants
Supplied image of seized items from Queensland search warrants. Source: AAP

बाल यौन शोषण विरुद्धको उक्त छानबीनका क्रममा प्राप्त भएका सम्भावित अपराधका १४६ जानकारीहरु यूरोप, एसिया, संयुक्त राज्य, क्यानाडा र न्युजिल्याण्डका अधिकारीहरुलाई बुझाइएको पनि एएफपीको भनाइ छ।

क्वीन्सल्याण्ड र वेस्टर्न अस्ट्रेलियामा पनि केहीलाई हिरासतमा लिइएको छ।

बाल यौन शोषणको सम्बन्धमा सहायता वा जानकारी चाहनेहरुले ब्रेभहार्ट्स लाई १८०० २७२ ८३१ मा अथवा ब्लु क्नट लाई १३०० ६५७ ३८० मा सम्पर्क गर्न सक्नेछन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now