GettyImages-2200803029 (ver2).png
GettyImages-2200803029 (ver2).png

‘Chillest 100 Countdown’: तपाईँलाई सबैभन्दा आनन्द दिने सङ्गीतलाई भोट दिनुहोस्

SBS Chill द्वारा प्रस्तुत 'The Chillest 100' अस्ट्रेलियाको सबैभन्दा रमाइलो सङ्गीतको काउन्टडाउन हो जसले विश्वभरका सबैभन्दा सहज गीतहरू र कलाकारहरूको उत्सव मनाउँछ। आफ्नो मन पर्ने गीतहरूको लागि भोट हाल्नुहोस्।

Published

तपाईँको नयाँ वर्षको स्वागत गर्न ‘The Chillest 100’, 2025 आएको छ।

SBS Chill सँगै सामेल हुनुहोस्।

हामी आगामी ज्यानुअरी १, २०२६; नयाँ वर्षको दिन तपाईँहरूले छान्नुभएका सबैभन्दा आरामदायी गीतहरूको काउन्टडाउन गर्नेछौँ।

आफ्ना मन पर्ने गीतहरूमा भोट गर्नुहोस् र SBS Chill अङ्कित सामानहरू जित्ने अवसरमा सामेल हुनुहोस्।

  • Chillest 100 भनेको के हो?
  • Chillest 100 कहिले हुन्छ?
  • Chillest 100 मा म कसरी संलग्न हुन सक्छु?
  • कसलाई भोट दिने भन्ने बारे प्रेरणा चाहिन्छ?
  • Chillest 100 कहाँ सुन्न सक्छु?
  • पछिल्लो Chillest 100 countdown कसले जित्यो?

Chillest 100 भनेको के हो?

Chillest 100 अस्ट्रेलियाको उत्कृष्ट आरामदायी सङ्गीतको काउन्टडाउन हो जसले विश्वभरका सबैभन्दा सहज गीतहरू र कलाकारहरूको उत्सव मनाउँछ र यसका लागि भोट तपाईँहरूले दिनुहुनेछ।

Chillest 100 मा विभिन्न शैलीका सङ्गीतहरू समावेश छन्ः जस्तै डाउनटेम्पो, इलेक्ट्रोनिक, चिलहप, र लोफी पुराना क्लासिक गीतदेखि आजका ताजा गीतहरूसम्म।

यसको एउटै मात्र नियम छ - सबै सङ्गीत आरामदायी हुनु पर्छ।

चिलेस्ट १०० कहिले हुन्छ?

SBS Chill नयाँ वर्षको दिन मध्याह्नदेखि Chillest 100 को काउन्टडाउन गर्नेछ।

Chillest 100 मा कसरी सहभागी हुन सकिन्छ?

तपाईँले आफ्ना मन पर्ने गीतहरू यो पृष्ठमा पठाउन सक्नुहुन्छ।

मतदान नोभेम्बर १७ देखि डिसेम्बर ८ सम्म खुला रहनेछ।

कसलाई भोट दिने भनेर सोचिरहनु भएको छ?

यसका लागि चौबिसै घण्टा SBS Chill स्ट्रिम हुने sbs.com.au/chill मा गएर सुन्नुहोस्।

वा SBS On Demand मा SBS Chill भनेर सर्च गर्नुहोस्।

एसबीएस अन डिमान्डमा SBS Chill सुन्दा माहौल र दिनको समयमा मेल खाने सुन्दर र शान्त दृश्यहरू समावेश हुन्छन्, जसले तपाईँको बस्ने कोठालाई शान्त बनाउँछ।

DAB+ (ड्याब प्लस) Digital Radio - Chill

यदि तपाईँको घर वा कारमा DAB+ उपलब्ध छ भने, ‘Chill’ लाई वर्ण क्रम अनुसार खोज्नुहोस्।

डिजिटल रेडियोले AM र FM रेडियो जस्तो फ्रिक्वेन्सी प्रयोग गर्दैन।

DAB+ डिजिटल रेडियो सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड, पर्थ, होबार्ट, डार्विन, क्यानबरा र गोल्ड कोस्टमा उपलब्ध छ।

TV: Channel 306 

SBS Chill एसबीएस चिल तपाईंको टिभीमा छ।

तपाईं हामीलाई च्यानल ३०६ मा पाउन सक्नुहुन्छ वा टिभी/मिडिया बक्सको इलेक्ट्रोनिक प्रोग्राम गाइडमा खोज्न सक्नुहुन्छ।

SBS Audio App -  IOS / Android

राम्रो सँग सुन्नका लागि SBS अडियो एप डाउनलोड गर्न सक्नुहुनेछ।

Smart Speakers - यदि तपाईं सँग स्मार्ट स्पिकर छ भने, “प्ले SBS Chill” भन्नुहोस्।

पछिल्लो Chillest 100 countdown कसले जित्यो?

फ्रेन्च इलेक्ट्रोनिक डुओ एयरले २०२५ मा आफ्नो ट्र्याक ‘La femme d’argent’ बाट अन्तिम Chillest 100 जितेको थियो।

२०२५ को काउन्टडाउनमा परेका हिट्स हेर्नुहोस् र सूचीमा रहेका पूर्ण संगीतहरूको सूचीमा हेर्नुहोस्ः

प्रतियोगिता बारे थप जान्न तथा प्रतियोगिताका शर्त तथा नियमहरूका लागि यहाँ जानुहोस्

For the competition details please read the Terms & Conditions.

*Must suit the SBS Chill platform and style of music. Ultimate decision comes down to the music programmers.

नोटः प्रतियोगितामा अस्ट्रेलिया बाहिरका श्रोताहरूले भाग लिन सक्नुहुनेछ तर पुरस्कारका लागि योग्य हुन तपाईँ अस्ट्रेलियाको बासिन्दा हुनुपर्नेछ।


Share
Tags

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now