भ्रामक तस्बिरका बारेमा चीनले माफी मागेन, प्रवक्ता भन्छिन् “अस्ट्रेलियाले लाज मान्नु पर्दैन?”

चीनको विदेश मन्त्रालयबाट टुईटरमा जारी भएको भ्रामक र तथ्यरहित तस्बिरका बारेमा माफी माग्नु साटो चीनीया बिदेशमन्त्रालयका अर्की प्रवक्ताले अस्ट्रेलियाले आत्मालोचना गर्नु पर्ने र अपराधिहरुलाइ कारबाही गर्नु पर्ने पनि बताइन्।

Chinese Foreign Ministry spokesperson Hua Chunying.

Chinese Foreign Ministry spokesperson Hua Chunying. Source: SBS News


मुख्य बिषय

  • चीनले झुठो तस्विरका बारेमा माफी मागेन
  • अर्की प्रवत्ता भन्छीन अस्ट्रेलियाले लाज मान्नु पर्छ
  • चीन संग सम्बन्ध सुधार हुने अपेक्षामा अस्ट्रेलिया

चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाव लिजीयनले सामाजिक सञ्जालमा अस्ट्रेलियाली सेनाद्वारा अफगानिस्तानमा भएको युद्ध अपराधको नक्कली फोटो सार्वजनिक गरेपछि प्रधानमन्त्री मोरीसनले चीनले यस विषयमा माफी माग्नु पर्ने धारणा राखेका थिए ।

चीनीया  बिदेशमन्त्रालयका प्रवक्ताले सोमबार समाजीक सञ्जाल ट्विटरमा अस्ट्रेलियाली सेनाले एक बालकको हत्या गर्न लागेको कम्प्युटर ग्राफिक्स गरिएको झुठो तस्बिर सार्वजनिक गरी “यस्ता कार्यहरूको कडा निन्दा गछौ र उनीहरूमा यस प्रति उत्तरदायित्व हुनुपर्छ” लेखेका थिए ।

तस्बिर सार्वजनिक भएपछि प्रधानमन्त्री मोरीसनले ट्विटरलाई उक्त तस्बिर हटाउन आग्रह गरेपनि अहिले सम्म त्यसो भएको छैन। 

तर यस विषयमा चीनले भने माफी माग्ने कुनै सङ्केत देखाएका छैन । चिनिया विदेश मन्त्रालयकी अर्का प्रवक्ता हुवा चुनीङले  प्रेस ब्रिफिङका क्रममा अस्ट्रेलियाले “आत्म आलोचना” गर्नु पर्ने बताएकी छन् ।

Prime Minister Scott Morrison expressed his outrage after Chinese government spokesman Zhao Lijian shared the fake photo on Twitter.
Source: AAP

“अस्ट्रेलियाली पक्षले मेरो सहकर्मीले गरेको ट्विट कढा प्रतिक्रिया जनाइरहेको छ, के यसको मतलब उनीहरू निर्दोश  नागरिकको रक्तपात पूर्ण हत्यालाई न्यायसङ्गत ठान्दछन् र यस्ता अपराधमा अन्य व्यक्तिले यस्ता घटनामा गरेको निन्दा न्यायपूर्ण छैन ?” उनले प्रश्न गरिन् ।

उनले अस्ट्रेलियाले आत्मालोचना गर्नु पर्ने र अपराधिहरुलाइ कारबाही गर्नु पर्ने पनि बताइन् ।

“के आफ्ना सिपाहीले निर्दोष अफगान नागरिकको हत्या गरेकोमा अस्ट्रेलियाली सरकार लाज महसुस गर्नु पदैन ?” उनले भनिन् ।

गत महिना जारी भएको एक रिर्पोटमा अफगानिस्तानमा अस्ट्रेलियाली सेनाले युद्ध अपराधको विषय सार्वजनिक भएपछि चिनिया विदेश मन्त्रालयका प्रवक्ताको टुईटर अकाउन्ट मार्फत अस्ट्रेलियाली सेनाले एक बालकको घाटीमा चक्कु राखेको एक झुठो तस्बिर सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री स्कट मोरीसनले यस घटनामा आफ्नो मुलुकले अन्य कम राष्ट्रले मात्र अपनाउने व्यवहार अपनाएको भन्दै चिनिया झुटो पोस्टमा रहेको कुरूपतामा संलग्न नहुन आग्रह गरे ।

“यस मुद्दामा पारदर्शी र इमान्दार ढङले अपनाएको कदम मूलकका र बर्दी लगाउनेका लागि क्रेडिट हो ” उनले भने ।

यता कार्यवाहक अध्यागमन मन्त्री एलन टजले सोमबार बेलुकी अस्ट्रेलियामा  रहेका चिनिया समुदायका नेता एवम् चिनिया प्रवासीहरूसँग फोन वार्ता गरी उनीहरूलाई अस्ट्रेलियाको पूर्ण समर्थन रहेको बताएका छन् ।

उनले एक विज्ञप्ति जारी गदै चिनिया कम्युनिस्ट पार्टीको धारणा अस्ट्रेलियालाई आफ्नो घर बनाएका १२ लाख नागरिकले प्रतिबिम्बित नपार्ने बताएका छन् ।

ब्रिररेटनले गत महिना अफगानिस्तानमा अस्ट्रेलियाली सेनाले गरेको युद्ध अपराधका बारेमा रिपोट सार्वजनिक गरेपछि चीन र रसियाले अस्ट्रेलियालाई निशाना बनाइरहेका छन् ।

सम्बन्ध सुधारको आशा

बेइजिङले भ्रमपूर्ण तस्बिर सार्वजनिक गरेपछि पनि प्रधानमन्त्री मोरीसनले भने चीन र अस्ट्रेलियाका बिचमा सम्बन्धको सुधारको अपेक्षा राख्दै आएका छन् ।

“यो भयानक घटना पछि पनि बातचितको  पक्रियालाई नयाँ सिराबाट सुरु गर्न सकिन्छ” उनले भने ।

यता लेबरका विदेशी मामला हेर्ने सिनेटर पेनी वोङगले पनि चिनिया टुईटको निन्दा गरेका छन् ।

“यो भड्काउने खालको गहिरो आक्रमण हो,यो जिम्मेवार परी पक्क र अन्तर्राष्ट्रिय शक्तिको व्यवहार होइन। ” उनले भने ।


Share

3 min read

Published

Updated

By SBS News

Presented by Krishna Pokhrel, SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now