नेपालका एटिएमबाट करोडौं चोरी गरेको आरोपमा ५ चिनिया नागरिकलाई काठमाडौँमा पक्राउ

चिनियाँ ह्याकरहरूले नेपालका ब्याङ्कका एटिएम बुथबाट रकम झिकेको प्रहरीले जनाएको छ।

Nepal Police say the Chinese nationals are accused of using fake cards to withdraw money from ATMs in Kathmandu.

Nepal Police say the Chinese nationals are accused of using fake cards to withdraw money from ATMs in Kathmandu. Source: Nepal Police Facebook

नक्कली भिषाकार्डको प्रयोग गरी काठमाडौँका बिभिन्न एटिएमबाट करोडौं रुपिया चोरी गरेको आरोपमा प्रहरी द्वारा ५ चिनिया नागरिकहरुलाई हिरासतमा लिएको नेपाल प्रहरीले बताएको छ।

काठमाण्डू स्थित दरबारमार्ग र ठमेल क्षेत्रका तीनवटा एटिएम बुथबाट ह्याकरहरूले शनिबार रकम निकालेको भेटिएको महानगरीय प्रहरी परिसर काठमाण्डूका प्रमुख एसएसफ उत्तमराज सुवेदीले बताए। “दरवारमार्ग र ठमेलका तीनवटा ब्याङ्कहरूको एटिएम बुथबाट रकम झिकिएको भेटिको छ,” सुवेदीले भने। “उनीहरूले हरेक पटक पैसा निकाल्दा २० हजार रुपैयाँ निकालेको देखिएको छ।”

प्रहरीको हालसम्मको अनुसन्धानले पैसा झिक्न तीनवटा ब्याङ्कका बुथ प्रयोग भएको र तर कार्ड भने अन्य थुप्रै ब्याङ्कहरूको पनि प्रयोग भएको देखाएको छ।

Nepal police display cash and fraudulent credit cards which they say were used by the accused Chinese nationals to allegedly steal money from Kathmandu ATMs
Nepal police display cash and fraudulent credit cards which they say were used by the accused Chinese nationals to allegedly steal money from Kathmandu ATMs. Source: Nepal Police Facebook

पक्राउ गरिएका ह्याकहरूबाट १ करोड २६ लाख रुपैयाँ र १३२ नक्कली एटिएम कार्डहरू बरामद गरिएको प्रहरीले जनाएको छ। तर यसरी झिकिएको रकमको पूर्ण विवरण भने सार्वजनिक भइसकेको छैन। ह्याकरहरुले व्यक्तिको भन्दा सिधै ब्याङ्क खातामा आक्रमण गरिएको भेटिएको नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ। उक्त घटनापछि राष्ट्र ब्याङ्कले इन्टर ब्याङ्क एटिएम सेवा बन्द गरेको छ। 

 “ह्याकरूले एटिएम मेसिनबाट पैसा निकालेका हुन् कुनै व्यक्तिको खाता निकालेका होइनन्,”राष्ट्र ब्याङ्कका प्रवक्ता लक्ष्मिप्रपन्न निरौलाले भने। “ग्राहकहरूले आ-आफ्नो खाता भएको ब्याङ्कबाट पैसा निकाल्न सकन्छन् त्यसमा केहि असुरक्षा छैन।”

प्रहरीका अनुसार ह्याकरूले ब्याङ्कहरूको भिसा सिस्टम ह्याक गरेर पैसा झिकेको देखिएको छ। हाल मुख्य रुपमा अन्तर ब्याङ्क कारोबार हुने ‘स्विफ्ट’सम्म ह्याकहरू छिरेको देखिएको बताइएको छ। उक्त घटनासंग सम्बन्धित पाँच चिनियाँ नागरिकलाई प्रहरीले आइतवार सार्वजनिक गरेको छ।

नेपालमा यस्तो घटना दुईवर्ष अघिको तिहारको समयमा पनि भएको थियो। त्यस समयमा ह्याकरूले सफ्टवेयर ह्याक गरेर कम्प्युटर प्रणालिभित्र छिरेर सर्भरबाट कारोबार गरेको देखिएको थियो।


2 min read

Published

By Pratichya Dulal



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now