SKIP TO MAIN CONTENT

क्रिस गेलको कीर्तिमानी शतक

हिजो बेलुकी इंगलैंडसँग भएको विश्व ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गतको खेलमा वेस्ट इन्डीजले आफ्नो ६ विकेट बाकी रहँदै विजयी भएको छ। ट्वेन्टी ट्वेन्टी क्रिकेटका लागि उपयुक्त मानिएका वेस्ट इन्डीजका क्रिस गेलले ४७ बल मै शतक बनाएर एउटा नया किर्तिमान बनाएका छन्। आफ्नो टोलीलाई जिताउने क्रममा गेल ले ११ वटा छक्का प्रहार गरेका थिए। यस अघि इंगलैंडले जो रुट को ४८ रन को सहयोगमा वेस्ट इन्डिजको लागि १८३ रनको लक्ष्य राखेको थियो।

Asghar Stanikzai
Asghar Stanikzai Source: Getty Images

1 min read

Published

Updated



Skip to article content

हिजोनै सम्पन्न भएको अर्को खेलमा पाकिस्तान ले बंगलादेश लाई ५५ रनले पराजित गरेको छ। पछिल्ला दिनहरुमा निक्कै बिस्वस्त देखिएको बंगलादेशलाई पराजित गर्न पाकिस्तानका शहिद अफ्रिदीले महत्वपुर्ण योगदान गरेका थिए - ४९ रन र २ विकेट का साथ।

आज को खेल भने उदयमान टोलि - अफगानिस्तान र बिगत केहि समय देखि राम्रो प्रदर्शन गर्न नसकेको -श्री लंकाको टोलि बीच हुँदै छ। प्रसिद्ध खेलाडीहरु - महेला जयवार्धने र कुमार संगाकाराको अवकाश पछि, श्रीलंकाको टोलिले खासै उल्लेखनिय विजय हासिल गर्न सफल भएको छैन। हालै सम्पन्न एशिया कपमा पनि यो टोलि निकै पछि रहेको थियो।

अफगानिस्तान आफैमा नया टोलि भएकोले उसलाई यस प्रतियोगितामा कुनै दबाब रहेको छैन। तर गत बर्सको विश्व कप मा एक खेल मा जीत हासिल गरेर सबैलाई आश्चर्य मा पारेको अफगानिस्तानले फेरि चमत्कार नदेखाउला भन्न सकिन्न।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now