आफ्नो रेडियो तथा भाषा सेवाहरूको भविष्य निर्धारण गर्न समुदायबाट प्रतिक्रियाको खोजीमा एसबीएस

आफ्नो स्थापनाको ५० वर्ष मनाउने तरखरमा लागिरहेको एसबीएसले हरेक पाँच वर्षमा हुने आफ्नो भाषा सेवाहरूको समीक्षा यात्रा सुरु गरेको छ।

SBS Language Services Review 2021

SBS has embarked on a review of its multilingual services as the broadcaster looks towards the celebration of its 50th birthday. Source: SBS

मुख्य बुँदाहरू: 

  • भाषा सेवाहरूको समीक्षा राष्ट्रिय जनगणनाको समानान्तर रूपमा हरेका पाँच-पाँच वर्षमा हुने गर्दछ,
  • छ हप्ते परामर्श अवधि अक्टोबर ५ तारिखबाट सुरु भएर नोभेम्बर १२ तारिखमा अन्त्य हुनेछ,
  • भाषा समीक्षाको नतिजा सन् २०२२ को अक्टोबरमा सार्वजनिक हुँदै नोभेम्बरसम्ममा लागू गरिनेछ।

 

गत अगस्ट महिनामा सम्पन्न राष्ट्रिय जनगणनाको नतिजामा टेकेर एसबीएसले आफ्ना भाषा कार्यक्रमहरूको रूपरेखा आगामी पाँच वर्षका लागि तय गर्ने भएको हो।

सन् १९७५ मा एसबीएस स्थापना हुँदा, अस्ट्रेलियाको राष्ट्रिय बहुभाषिक प्रसारण सेवाले जम्मा आठ भाषाहरूमा आफ्नो सेवा प्रदान गर्ने गर्थ्यो, जुन तत्कालीन समयका लागि पर्याप्त रहेको थियो।

एसबीएसका श्रव्य तथा भाषा सामग्री सम्बन्धी निर्देशक डेभिड हुआ सम्झिन् कि अस्ट्रेलियाली रेडियोमा पहिलो पटक आफ्नै भाषा बजेको सुनेर सडकमा मानिसहरू दङ्ग पर्दै नाचेका थिए।

उनी भन्छन्, “जब एक टर्कीबाट आएका ट्रक चालकले आफ्नो भाषा पहिलो पटक अस्ट्रेलियाली सञ्चार माध्यममा सुने, हर्ष विभोर हुँदै ती व्यक्ति ट्रकबाट बाहिर निस्केर नाचेका थिए।”

आफ्नो मुख्य उद्देश्य बहुसांस्कृतिक र बहुभाषिक अस्ट्रेलियाको आवश्यकताहरू परिपूर्ति गर्नु रहेको एसबीएसले सेवा सुरु गरेको ४६ वर्षमा ६० भन्दा बढी भाषाहरूमा विभिन्न प्रविधि मार्फत सेवा विस्तार गरिसकेको छ।

सेवालाई थप प्रभावकारी बनाउन एसबीएसले हरेक पाँच वर्षमा अस्ट्रेलियाली तथ्याङ्क विभागको आँकडाहरूमा आधारित रहेर आफ्नो भाषा कार्यक्रमहरूको समीक्षा गर्ने गरेको छ।

अर्को वर्षको जुन महिनामा सार्वजनिक हुने जनगणनाका बारेमा डेभिड हुआ भन्छन्, “त्यसको नतिजाले कुन-कुन भाषाहरूमा सेवा दिनुपर्छ भनेर हाम्रो निर्णयलाई दिशा बोध गराउनेछ, विशेष गरी समुदाय विकसित हुने क्रम जारी नै रहँदा।”

“एसबीएसले नयाँ विकसित परिस्थिति अनुसार सबैभन्दा आवश्यकता भएका समुदायहरूलाई सेवा दिनेछ।”

सोही उद्देश्य प्राप्तिका लागि एसबीएसले भाषा सेवाहरूको छनौट गर्दा के-कस्तो चयन मापदण्डहरूमा आधारित हुनुपर्छ भनेर जान्न, छ हप्ते परामर्श अवधि सुरु गरिएको उनी बताउँछन्।

Filipinos in Australia, Filipino, Tagalog News, Language Services Review
SBS Arabic24 is just one of the language services produced by SBS. Source: SBS

“हाम्रा श्रोता तथा पाठकहरू रेडियो सुन्न धेरै मन पराउँछन् वा पोडकास्ट सुन्छन् कि डिजिटल प्रविधि मार्फत उपलब्ध अन्य सेवामा चाख दिन्छन् भन्ने कुरालाई पनि हामी आधार बनाउँछौँ," हुआले भने।

“बहुसांस्कृतिक तथा बहुभाषिक अस्ट्रेलियालीहरूका निम्ति सक्दो सान्दर्भिक हुन पनि हामीले आफ्नो सेवाहरूको समीक्षा गर्नै पर्छ।”

फेडेरेसन अफ एथ्निक कम्युनिटिज अफ अस्ट्रेलिया वा छोटकरीमा फेक्का भनिने अस्ट्रेलियामा रहेका जातीय समुदायका परिषद्हरूको महासङ्घका प्रमुख कार्यकारी मोहम्मद अल-खफाजी, समीक्षाले नयाँ र बढ्दै गरेका तर जनसङ्ख्या कम भएका समुदायहरूको आवश्यकतामा ध्यान दिन जरुरी रहेको बताउँछन् ।

“अस्ट्रेलिया आउने नयाँ आप्रवासीहरूका लागि एसबीएसको ठुलो महत्त्व छ, विशेष गरी शरणार्थी अनि अगाडी आउँदै गरेका अन्य  समुदायहरूका लागि,” उनी भन्छन्।

“हामी एसबीएसले सेवा घटाएको भन्दा भाषाहरू थपेको हेर्न अवश्य चाहन्छौँ किनकि अस्ट्रेलियाको सांस्कृतिक विविधता बढी नै रहेको छ र हामी आसा गर्छौँ कि सरकारले सोही अनुपातमा एसबीएसलाई अनुदान अभिवृद्धि गरिदिने छ जसबाट एसबीएसले आफ्नो सेवा विस्तार गर्न सक्नेछ।”  

डेभिड हुआ सहमति जनाउँदै भन्छन् कि ठुलो जनसङ्ख्या हुनु सधैँ महत्त्वपूर्ण हुँदैन।

“यो समुदायको आवश्यकताहरूको बारेमा हो र म गौरवान्वित महसुस गर्छु कि एक सार्वजनिक सञ्चार माध्यमको हैसियतमा एसबीएसले अस्ट्रेलियामा केही हजारको सङ्ख्यामा भएका समुदायहरूलाई पनि उनीहरूकै भाषामा सामाग्रीहरू प्रस्तुत गर्छ।”

म्यानमारको चीन राज्य क्षेत्रमा बोलिने हाका चीन सन् २०१८ मा सुरु गरिएका सात नयाँ भाषाहरू मध्ये एक थियो जुनेला मङ्गोल, किरुण्डी, तिब्बती, कारेन, रोहिङ्ग्या र तेलेगु भाषाहरूलाई एसबीएसले सेवा दिन थालेको थियो।

Cung Khukzawn is a producer with SBS Haka Chin.
Cung Khukzawn, a producer with SBS Haka Chin, in an SBS Melbourne studio. Source: SBS/Gareth Boreham

एसबीएसको भाषा सामाग्रीका प्रमुख ड्याभिडे स्किपापीएत्रा भन्छन् कि यो सधैँ विकसित साझा फूलबारी हो।

“हाम्रो भाषा सेवाहरू र तिनको संयोजनले लगातार रूपमा परिवर्तन हुँदै गरेको विविधता पूर्ण अस्ट्रेलियन समाजलाई प्रतिबिम्बित गर्ने लक्ष्य लिएको छ र स्पष्ट रूपमा यसका लागि जनगणना मापदण्डको आधारशिला हो जसबाट हामी हाम्रा समुदायहरूलाई सबैभन्दा राम्रो सेवा दिने गरी आफ्नो स्रोतसाधनको परिचालन गर्न सक्छौँ," उनले भने।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

तर, कोभिड-१९ का कारण हाम्रो जीवनमा परेका अन्य प्रभाव झैँ, यो प्रक्रियामा पनि महामारीले भूमिका खेलेको देखिने छ।

सीमा बन्द भएका कारण अभूतपूर्व रूपमा आप्रवासन घटेको छ जुन जनगणनाको नतिजामा देखा पर्ने निश्चित प्राय: छ भन्दा अतिशयोक्ति नहोला र, यस कारण भाषा समीक्षा अन्य बेलाको भन्दा बढी चुनौतीपूर्ण पनि भएको छ।

अक्टोबर ५ तारिख मङ्गलवारदेखि सुरु परामर्श अवधि, नोभेम्बरको १२ तारिखसम्म चल्नेछ।

मस्यौदा छनौट मापदण्ड हेर्न र  आफ्नो प्रतिक्रिया दिन sbs.com.au/consultation जानुहोस्।


Share

3 min read

Published

Updated

By Gareth Boreham, Maya Jamieson




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now